काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नागरिकको जनस्वास्थ्यमा लापरबाही भइरहेको बताएका छन् ।
Advertisement
अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री भइरहेको महानगरमा गुनासो आइरहेको उनले बताएका छन् ।
“…हामीले मंसिर २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ,” बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “माथि उल्लेख भए अनुसारको समयभित्र काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको कानुनअनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिनेछ ।”




