• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

सरकारले गर्दै एन्टिबायोटिकको प्रयोगमा कडाई , बिना सिफारिस बिक्री गरे कारबाही


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय एन्टिबोयोटिकको दुरुपयोग विश्वव्यापीरूपमा जनस्वास्थ्य समस्याका रूपमा देखिरहेको छ । नेपालमा एन्टिबोयोटिकको दुरुपयोग न्यूनीकरणका लागि सरकारले प्रयोगमा कडाइ गरेको छ ।

    Advertisement

    औषधी व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक (समूह ‘क’ र ‘ख’) का औषधी बिक्री वितरण गरे कारबाही हुने चेतावनी नै दिएको छ । औषधी पसल (फार्मेसी)हरूको अनुगमनका क्रममा चिकित्सकको सिफारिसबिनै एन्टिबायोटिक बिक्री भइरहेको पाइएपछि विभागले कडाइ गरेको हो । विभागले फार्मेसी सञ्चालकलाई आगामी दिनमा चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न भनेको छ ।

    विभागले सर्वसाधारणलाई पनि चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न आग्रह गरेको छ ।

    जथाभाबी एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमतामा असर पर्छ । कतिपय अवस्थामा औषधीले काम नगरेको पनि विभिन्न अध्ययनले देखाएका छन् ।

    औषधी ऐन, २०३५ को दफा १७ मा समूह ‘क’ र ‘ख’ का एन्टिबायोटिक औषधीलाई चिकित्सको सिफारिसबिना बिक्री वितरण गर्न नहुने भनी वर्गीकृत गरिएको छ ।

    बिरामीलाई दिनेमध्ये एक तिहाइ एन्टिबायोटिक औषधी सिफारिस गर्छन् चिकित्सक

    चिकित्सकले बिरामीलाई दिनेमध्ये एक तिहाइ एन्टिबायोटिक औषधी सिफारिस गर्ने गरेको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भर्खरै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो तथ्यांक देखिएको हो ।

    चिकित्सकले सिफारिस गरेका औषधीमध्ये ३८ प्रतिशत अर्थात् एक तिहाइ औषधी एन्टिबायोटिक हुने गरेको अध्ययन प्रतिवेदनमा देखिएको छ । त्यस्तै, ८५ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिबायोटिक औषधी सिफारिस गर्दा जेनेरिक नाम उल्लेख नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

    यसलाई परिषद्ले एन्टिबायोटिक औषधीको जथाभाबी सिफारिसको रूपमा व्याख्या गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एन्टिबायोटिकलाई पहिलो नम्बरमा एक्सेस, दोस्रोमा वाच र तेस्रो रिजर्भ गरी तीनवटा समूहमा वर्गीकरण गरेको छ ।

    डब्लूएचओको मापदण्डमा एन्टिबायोटिक औषधीको समग्र प्रयोगमा ६० प्रतिशत एक्सेस ग्रुपको हुनपर्छ । तर, नेपालमा भने एक्सेस ग्रुपको प्रयोग ३० प्रतिशत, वाच ग्रुपको औषधीको प्रयोग ७० प्रतिशतभन्दा बढी र रिजर्भ ग्रुपको औषधीको प्रयोग एक प्रतिशतभन्दा कम देखिएको परिषद्का सदस्या सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

    अध्ययनमा डाक्टर, स्वास्थ्यकर्मी, बिरामी, भेटेरिनियन, पोल्ट्री फार्ममा आबद्ध कृषकहरू गरी ९ हजार ७२ जनालाई सहभागी गराइएको थियो ।

    एन्टिबायोटिक औषधीको नकारात्मक असर न्यूनीकरण गर्न औषधी व्यवस्था विभागले यसको प्रयोगमा कडाइ गरेको हो । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका प्रतिजैविक औषधी र समिश्रणहरूलाई रोक लगाइएको छ ।

    नेपाली उद्योगले अब ती औषधीहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्न समेत नपाउने विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए ।

    १०३ प्रकारका औषधी दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्स नदिने विभागको नीति छ ।

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer