• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

झ्यापुराम बा: चितवनका गाउँमा शिक्षा र विकास


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • चितवन। हुन त चितवनका गाउँहरू अझै पनि दुर्गम छन्। यहाँ न गतिलो सडक पुगेको छ न त विद्युत्, खानेपानी, सञ्चारको राम्रो पहुँच छ। शिक्षा र स्वास्थ्यको हालत झनै खराब छ।

    Advertisement

    प्रायःले चितवनलाई समथर भू-भाग ठान्छन्। चितवनकै पहुँचवाला र विकासे कार्यालय पनि सकेसम्म आफ्नो कार्यक्षेत्र पहाडलाई बनाउन चाहँदैनन्। जबकी चितवनमा ठूलो क्षेत्र पहाडी भूभाग पर्छ। महाभारत श्रृंखला भनिने पहाडमा चेपाङ समुदाय कहिलेदेखि बस्न थाले एकिन छैन। तर चेपाङ समुदाय चितवनका आदिवासी हुन् भन्ने प्रमाण विभिन्न इतिहासका पुस्तकहरूमा भेट्न सकिन्छ।

    पूर्व–पश्चिम राजमार्गको भण्डारा बजारदेखि करिब ७ किलोमिटर कालोपत्रे र ढलान सडक अनि करिब तीन घण्टा कच्ची सडक र आधा घण्टाजति पैदल यात्रा गरेपछि महाभारत पर्वतको चुचुरोमा पुगिन्छ। त्यहाँ छ ‘स्यामराङ’ गाउँ। साविकको लोथर गाविसमा पर्ने यो ठाउँ चितवन र धादिङ जिल्लाको सीमानामा छ। पहिले नुवाकोट अनि धादिङ जिल्लामा पर्ने यो क्षेत्र २०३५ सालतिरबाट मात्रै चितवन जिल्लामा परेको थियो।

    स्यामराङ गाउँ प्रवेश गर्ने वितिक्कै देखिने एउटा आधारभूत विद्यालयमा बालबालिका पढिरहेका भेटिए। नजिकै रहेको घरमा बरण्डाको खाटमा कुच्रुक्क बसेर टोलाइरहेका थिए ८७ वर्षीय झ्यापुराम चेपाङ।

    स्यामराङमा रहेको दुङ्बाङ्ग आधारभूत विद्यालयको स्थापना झ्यापुरामले नै गरेका हुन्। २०२६ सालमा यो विद्यालय स्थापना हुँदा चितवन, धादिङ क्षेत्रमा निकै कम विद्यालय थिए। उनले काठमाडौं पुगेर प्रशासक, मन्त्रीको निवासमा महिनौंसम्म धर्ना कसेर यहाँ विद्यालय स्थापना गरेका हुन्। यो विद्यालयमा अहिले ११० जना बालबालिका अध्ययन गर्छन्। झ्यापुरामले यसबाहेक लोथर गाविसमा थप चारवटा विद्यालय स्थापना गर्न नेतृत्व गरेका थिए।

    उनकै प्रयासमा लोथर गाविसमा पहिलो पटक स्वास्थ्य चौकी स्थापना भएको थियो।

    २०१७ सालदेखि नै राजनीतिमा चासो राख्न थालेका झ्यापुराम चेपाङ समुदायको अगुवा थिए। २०३१ सालमा राजा वीरेन्द्र शाहको राज्याभिषेकमा उनले शुभ राज्याभिषेक पदक नै पाएका थिए। त्यसपछि भएको भेटमा राजाले उनलाई चेपाङ समुदायको लागि राम्रो काम गरेको भन्दै पुरस्कार भनेर ३ हजार रूपैयाँ दिएका थिए।

    झ्यापुराम चेपाङ एक पटक उप–प्रधानपञ्च, ४ पटक प्रधानपञ्च र ३ कार्याकाल जिल्ला पञ्चायत/जिल्ला विकास समिति सदस्य भए। बहुदली प्रणाली सुरु भएपछि उनी नेपाली कांग्रेसमा लागे। २०४९ सालमा उनी निर्विरोध जिल्ला विकास समितिको सदस्य बनेका थिए।

    चेपाङ समुदायमा खोरिया फाँडेर अन्न फलाउने लहर चलिरहँदा उनले गाउँ–गाउँमा वृक्षारोपणको अभियान चलाए। सल्लाका रूखहरू जोगाएर गाउँलाई पहिरोबाट बचाउन प्रेरित गरे। खानेपानी, सिँचाईका लागि कुलो, हिँड्नका लागि गोरेटो निर्माणलाई प्राथमिकतामा राखेर काम गरे।

    चेपाङ समुदाय उनलाई ‘झ्यापुराम बा’ भन्छन्। उनको न्वारनमा राखिएको नाम जंगे हो। ठूलो हुँदा पनि उनले कपाल पालेका थिए। बाक्लो र लामो कपाल भएकाले हजुरआमा उनलाई झ्याप्पु भनेर बोलाउँथिन्। बिस्तारै सबैले उनलाई झ्यापु नै भनेर चिन्न थाले। उनले नागरिकता बनाउँदा नाम झ्यापुराम प्रजा राखेका थिए। चेपाङ समुदायले आफ्नो नाम प्रजा लेखेपनि सम्बोधनमा चेपाङ भन्ने चलन छ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले झ्यापुराम चेपाङले जिल्लाको पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य र विकासको सुरूआत गरेको बताए।

    ‘उहाँले चेपाङ समुदायको हितका लागि धेरै काम गर्नुभएको छ। चितवनको पहाडी क्षेत्रमा विकासको सुरूआत उहाँकै अगुवाइमा भएको छ,’ अधिकारीले भने, ‘उहाँ जस्ता अग्रजलाई सम्मान गरेर ग्रामीण क्षेत्रको विकासमा हामीले काम गर्नुपर्नेछ।’

    राप्ती नगरपालिकाका मेयर शमशेर लामाले झ्यापुराम चेपाङले देखेका सपना पुरा गर्न नगरपालिकाले काम गर्ने बताए।

    ‘पहाडी क्षेत्रको शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, सडक सञ्जाल बिस्तार, चेपाङलगायतका समुदायको जीवनस्तर सुधारमा नगरपालिकाले प्रयास गरिरहेको छ। यसलाई थप प्रभावकारी ढंगबाट अघि बढाउन नगरपालिकाले काम गर्नेछ,’ लामाले भने।

    जिल्ला समन्वय समिति र राप्ती नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूले झ्यापुराम चेपाङलाई उनकै घरमा पुगेर सम्मान गरेका थिए। साथै दुई कार्यालयले उनलाई राहत सामग्रीहरू पनि प्रदान गरे।

    तत्कालीन राजासँग पटक–पटक भेटको अवसर पाएका झ्यापुरामलाई गाउँ छाडेर सहरमा सुखको जिन्दगी बिताउने अवसर थियो। राजाले नै उनलाई यो प्रस्ताव गरेका थिए। तर झ्यापुराम गाउँ छाड्न तयार भएनन्।

    ‘मलाई गाउँमै खुसी छ। गाउँको विकास गर्न भनेर राजनीतिमा लागें। धेरै पदहरूमा बसेर काम पनि गरें। बाँकी जीवन पनि गाउँलेकै लागि काम गरेर बिताउँछु भनेर बसें,’ उनले भने, ‘सुख, सुविधा भोग गरौं भनेको भए राजाले जहाँ भन्यो त्यही राखिदिन्छु भनेका थिए।’

    गाउँमा आधा वर्ष अनिकाल लागेर जनता भोकै बस्नुपर्ने जान्दा जन्दै आफूले गाउँ छाड्न मिल्दैन भनेर उनी रोकिएका थिए।

    राजाले दिएको पुरस्कारको रकमले उनले गाउँमै खेतीयोग्य जमिन जोडे। त्यो जमिनको उब्जनी पर्याप्त हुन्थ्यो। आफ्नो परिवारलाई पुग्ने राखेर बाँकी आवश्यक परेकालाई बाँडिदिन्थे।

    केही वर्ष अघिसम्म पनि झ्यापुराम लौरो टेकेर गाउँका सबै कार्यक्रम, गतिविधिहरूमा सहभागी हुन्थे। सहरबाट आएका प्रशासक, नेताहरूसँग गाउँका समस्या उठाउँथे। योजना र बजेट ल्याउन पहल गर्थे। अहिले झ्यापुराम गलेका छन्। बसेको ठाउँबाट उठ्न सक्दैनन्। तै पनि उनको बोली टाठो छ। आफूले विगतमा गरेका कामहरू सबै बेलीबिस्तार लगाएर भन्न सक्छन्।

    उनको साथमा सधैं रामायणको पुस्तक हुन्छ। स्वास्थ्यले साथ दिएको बेलामा रामायण पढ्छन्। गाउँका अन्यलाई नैतिकताको पाठ सिकाउँछन्।

    स्थानीय अगुवा लक्ष्मण चेपाङले झ्यापुराम चेपाङले सिकाएका कुरालाई पच्छ्याउँदै अघि बढेको बताए। पूर्व वडा सदस्य चेपाङ अहिले पनि कुनै सामाजिक काम गर्नुपर्दा झ्यापुरामलाई सोध्ने गरेको बताउँछन्।

    ‘उहाँले बृक्षारोपण गरेर हराभरा बनाइदिएकाले अहिले गाउँमा पहिरोको जोखिम छैन। उहाँले बनाइदिएको विद्यालयमा हाम्रा छोरा, नातीहरु पढिरहेका छन्। उहाँको अगुवाईमा स्वास्थ्य चौकी बन्नुअघि यहाँका जनताले प्राथमिक उपचार पनि पाउने थिएनन्,’ उनले भने, ‘उहाँले सुरूआत गर्नुभएको थियो। अहिले हामी त्यसलाई पच्छाइरहेका छौं।’

    साविकको लोथर गाविस अहिले राप्ती नगरपालिकाको दुईवटा वडा बनेको छ। दुबै वडामा चेपाङ समुदायका वडाध्यक्ष छन्। झ्यापुरामको घर रहेको स्यामराङ वडा नम्बर १३ मा पर्छ। यहाँका वडाध्यक्ष अशोक प्रजा अहिले गाउँ–गाउँमा सडकको सञ्जाल पुर्‍याउन प्रयास गर्दैछन्।

    सडक सञ्जालले स्यामराङ गाउँलाई छुन अब करिब एक किलोमिटर बाँकी छ। अन्य विकट गाउँहरूमा पनि सडकको सञ्जाल पुर्‍याएर गाउँलाई सहरसँग जोड्ने अभियानमा अशोक छन्।

    ‘डाँडाहरूमा टेलिकमको टावर राखेर सञ्चारको पहुँचलाई बिस्तार गर्दैछौं। केही दिनमा नयाँ स्वास्थ्य चौकी सञ्चालनमा आउँदैछ। विद्यालयहरुको गुणस्तर वृद्धि, छात्रवास निर्माण गर्नेलगायतका कामहरु हुँदैछन्,’ उनले भने, ‘झ्यापुराम बाले गाउँका लागि धेरै काम गर्नुभयो। अबको अभिभारा युवाहरूको काँधमा छ। हामी उहाँसँग सुझाव पनि लिँदै काम गरिरहेका छौं।’

    चेपाङ समुदायका बालबालिकाहरुको शिक्षाका लागि लामो समयदेखि काम गरिरहेका अभियान्ता केपी किरण शर्माले झ्यापुराम चेपाङ जतिको प्रभावशाली नयाँ नेता पाउन नसक्दा चेपाङ समुदायको बाहुल्यता रहेको महाभारत पहाडको क्षेत्रमा विकासले गति लिन नसकेको बताए।

    ‘उहाँ चप्पल पनि नलगाई लौरो टेकेर विकासको लागि दौडिनुहुन्थ्यो। उहाँको कुरा सुनेपछि जिल्लाका नेता, विकासे कार्यालयका कर्मचारीहरू पनि प्रभावित हुन्थे,’ शर्मा भन्छन्, ‘राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रत्यक्ष भेट गरेर गाउँका समस्या राख्नसक्ने ओझिलो छवी थियो उहाँको।’

    शर्माले नगरपालिका, जिससलगायतका सरकारी निकायको ध्यान ग्रामीण क्षेत्रको विकासमा पुगेमात्रै झ्यापुरामले देखेका सपनाहरू पुरा हुने बताए।
    झ्यापुराम चेपाङका दुई श्रीमती जानकीमाया र दमिना थिए। उनीहरूको निधन भइसकेको छ। जेठी श्रीमतीतर्फका छोरा उदयले उनको संरक्षण गरिरहेका छन्।

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer