• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

९० प्रतिशतले घट्यो म्युजिक भिडियो निर्माण: कारण ?


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोको निर्माण र रेकर्डिङमा ठूलो परिमाणमा गिरावट आएको छ । केही वर्षदेखि नै म्युजिक भिडियो निर्माणमा कमी आएको हो ।

    Advertisement

    यो वर्ष म्युजिक भिडियोको सिजन मानिने दसैँ र त्यसपछि पनि खासै धेरै काम नभएको निर्देशक निकेश खड्का बताउँछन् । “यो वर्ष म्युजिक भिडियोको धेरै काम हुने समय दसैँमा पनि गर्त वर्षहरूमा जस्तो धेरै भिडियो बनेनन्,” निकेश भन्छन्, “त्यो समयदेखि अहिलेसम्म नै अवस्था उस्तै छ । अरू समय जति भिडियो बन्थे, त्यति बनिरहेका छैनन् ।”

    म्युजिक भिडियो मात्र नभएर समग्रमा स्टुडियोमा गीत रेकर्डिङ नै निकै कम भएको उनले अनुभव गरेका छन् । “ठ्याक्कै तथ्यांक नै त छैन, तर मेरो विचारमा म्युजिक भिडियो निर्माणमा अनपेक्षित रूपमा कमी आएको छ । यसको कारण गीत रेकर्डिङमा कमी आउनु पनि एक हो,” उनी भन्छन्, “ठ्याक्कै यही कारणले कमी आयो भन्ने त छैन, तर आर्थिक मन्दी नै मुख्य कारण भएको सबैले बताउने गरेका छन् ।”

    प्रायः नेपाली गीत–संगीतमा विदेशमा रहेका नेपालीले लगानी गर्दै आएको निकेश बताउँछन् । तर, अहिले उनीहरूले लगानीका निम्ति पैसा नपठाएको उनको अनुभव छ ।

    गीत–संगीत र म्युजिक भिडियो निर्माणका निम्ति ठूलो रकम विदेशबाट आउँथ्यो । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, हङकङ, जापानलगायत देशबाट गीत र भिडियो निर्माण गर्न लगानी (पैसा) आउँथ्यो । तर, अहिले ती देशबाट लगानी आउन उल्लेख्य रूपमा कमी आएको निकेश बताउँछन् ।

    विदेशमा रहेका नेपाली जो गीत लेख्छन्, उनीहरूले नै प्रायः रेकर्डिङ र म्युजिक भिडियोका निम्ति लगानी गर्दै आएका छन् । तर, उनीहरूले नै लगानी कम गरेपछि म्युजिक भिडियो निर्माणमा अनपेक्षित रूपमा कमी आएको निकेशको अनुभव छ ।

    ठूलो परिमाणमा लगानी हुने गीतको आम्दानीको प्रत्यक्ष स्रोत केही वर्षयता युट्युबबाट आउने रेभिन्यु नै हो । तर, यसबाट लगानी उठ्ने सम्भावना करिब–करिब शून्यजस्तै रहेको बताउँदै निर्देशक निकेश भन्छन्, “अहिले गीतले युट्युबबाट लगानी उठाउने भनेको अपवाद मात्रै हो । त्यसैले घाटा हुने भएपछि लगानीकर्ताले रिस्क लिँदैनन् ।”

    लगातार घाटा र रिटर्न्स कतैबाट नहुँदा लगानी गर्न छोडेको हुन सक्ने उनको भनाइ छ । “एउटै व्यक्तिले चार/पाँचवटा भिडियोमा लगानी गर्दा पनि त्यसको लगानी उठ्न नसकेपछि लगानीकर्ता निराश भएको पाइन्छ,” निकेश भन्छन्, “नाम र दाम दुवै नभएपछि अपेक्षा पूरा नहुँदा लगानी गर्नेले हात झिक्न थालेको हुनसक्छ ।”

    म्युजिक भिडियो निर्देशक शान थापा कोरोना र आर्थिक मन्दीको समयमा भन्दा पनि अहिले निकै कम म्युजिक भिडियो बनाइएको बताउँछन् । शान महिनामा आठदेखि १० म्युजिक भिडियो निर्देशन गर्थे । अहिले त्यो संख्या तीनदेखि चार मात्र हुने गरको उनी बताउँछन् ।

    “मलाई त ९० प्रतिशतभन्दा कम भएजस्तो लाग्छ,” उनी भन्छन्, “दसैँतिहार सकिएपछिको समय म्युजिक भिडियोको सिजन हो । तर, अहिले सिजनमै काम छैन ।”

    सिजनमा म्युजिक भिडियो छायांकनका निम्ति अनामनगरबाट दैनिक ६० गाडीसम्म छुट्ने गरेकामा अहिले यो संख्या तीन/चारवटामा झरेको उनको भनाइ छ । दसैँअगाडिदेखि अनपेक्षित रूपमा खस्किएको बजार अहिलेसम्म लयमा नफर्किएको निर्देशक शान बताउँछन् ।

    म्युजिक भिडियो कम निर्माण गरिनुमा थुप्रै कारण रहेको उनको अनुभव छ । आर्थिक मन्दी र युट्युबको न्यून रिटर्न्स पनि एउटा कारण रहेको उनी बताउँछन् । विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेका कारण युट्युबमा विज्ञापनमा कमी आउँदा त्यसको प्रभाव नेपाली सांगीतिक क्षेत्रमा समेत परेको उनको निष्कर्ष छ ।

    “युट्युबका सामग्रीमा आउने विज्ञापन नै अहिले विश्वमा देखिएको आर्थिक मन्दीका कारण कमी आएको छ । युट्युबमा यसै पनि विज्ञापनमा कमी आएको छ, त्यसमा पनि ग्लोलब विज्ञापन रिजनल रूपमा बाँडिँदै आउँदा नेपालमा धेरै आइपुग्दैन,” शान भन्छन् ।

    युट्युबबाट हुने आम्दानी अहिले ६० देखि ७० प्रतिशत घटेको उनको दाबी छ । म्युजिक भिडियोमा लगानी गरेर युट्युबबाट पैसा उठाउँछु भन्ने अवस्था अहिले करिब शून्यजस्तै रहेको उनी बताउँछन् ।

    “युट्युबबाट राम्रो आम्दानी हुँदा औसतमा एक करोड भ्युज जाँदा तीनदेखि चार लाखसम्म आउँथ्यो । तर, अहिले एक करोड भ्युज जाँदा ५० हजार पनि रिटर्न्स आउँदैन,” शान भन्छन्, “भ्युज जाँदा पनि युट्युबबाट रिटर्न्स नहुने भएपछि लगानीकर्ताले लगानी नगरेका हुन् । आम्दानी नै नहुने भएपछि लगानीकर्ता आकर्षित हुने कुरा पनि भएन ।”

    टिकटक बन्द भएपछि युट्युब भिडियोमा लगानी हुन्छ कि भन्ने अपेक्षा धेरैको रहेको उनी बताउँछन् । टिकटक हुँदा त्यसमै गीतको अधिकांश क्लिप हेर्ने भएकाले अब युट्युबमा दर्शक सिधै जान्छन् कि भन्ने अनुमान रहेको उनको भनाइ छ । यद्यपि, राम्रा गीत टिकटकबाटै नोटिस पनि हुने गरेका थिए । टिकटकमा क्लिप्स लोकप्रिय भएपछि कतिपय दर्शक युट्युबको लिंक खोजेर पूरै गीत हेर्थे ।

    युट्युबजस्तै आम्दानी गर्न सकिने अरू थुप्रै भिडियो प्लेटफर्म रहेको तर त्यसबारे धेरैलाई जानकारी नै नरहेको शान बताउँछन् । “युट्युबजस्तै रिटर्न्स आउने अरू थुप्रै भिडियो प्लेटफर्म छन् । तर, त्यसबारे अहिले ५० प्रतिशत गायक/गायिका तथा भिडियो लगानीकर्तालाई थाहा छैन,” उनी भन्छन्, “अरू प्लेटफर्म पनि छन्, जसबाट आम्दानी गर्न सकिन्छ भन्ने जानकारी धेरैलाई भएपछि म्युजिक भिडियोमा लगानी पुनः बढ्न सक्छ ।”

    क्वालिटी म्युजिक नआउनु अथवा तुलनात्मक रूपमा कम आउनु पनि म्युजिक भिडियो थोरै बनाइनु र गीत नै न्यून रेकर्डिङ गरिनुको अर्को कारण भएको उनको निष्कर्ष छ । “मोबाइल वा साधारण क्यामेरा लिएर एकजना मेकअप आर्टिस्ट लिएर चारजनाले आफैँ खिचेको भिडियोमा अवश्य पनि क्वालिटी कम हुन्छ । त्यसरी खिचिएका भिडियो पनि त्यही युट्युबमा अपलोड हुने हो, दशौँ लाख रुपैयाँ खर्चिएर बनाइएका भिडियो पनि त्यही प्लेटफर्ममा राख्ने हो,” शान भन्छन्, “यसले क्वालिटी म्युजिक र भिडियो दुवैमा कम मिहिनेत गर्ने देखिइसकेको छ । यसले नकारात्मक असर सांगीतिक क्षेत्रमा पर्न थालिसकेको छ ।”

    एउटा गीतको म्युजिक भिडियो निर्माणमा कम्तीमा १८ देखि २० जनाको युनिट चाहिन्छ । लभ सङ र कोरस डान्स हुने गीत करिब ५०/५० प्रतिशतको संख्यामा निर्माण गरिन्थ्यो । “कोरस समेत राखिने गीतमा अरू २० देखि २५ जना युनिटमा थपिन्थे,” शान भन्छन्, “यसरी दैनिक करिब दुई हजारभन्दा धेरैले म्युजिक भिडियोमा मात्रै रोजगारी पाउँथे । अहिले प्राविधिकले काम पाउने अवस्था छैन ।”

    रेकर्डिङ स्टुडियो म्युजिक बैंक नेपालकी सञ्चालक समेत रहेकी गायिका राधिका हमाल पछिल्लो समय गीत–संगीतको रेकर्डिङ घटेको बताउँछिन् । आर्थिक मन्दीको असर सांगीतिक क्षेत्रमा पनि परेको उनको भनाइ छ । राधिका यसलाई स्वाभाविक भन्छिन् ।

    “अरू क्षेत्रमा जसरी आर्थिक मन्दीको असर परेको छ, त्यस्तै यो क्षेत्रमा पनि परेको छ । त्यसमा पनि मनोरञ्जन गाँस, बास र कपासपछि आउने कुरा भयो,” राधिका अगाडि थप्छिन्, “समग्र क्षेत्रमा प्रभाव परेजस्तै सांगीतिक क्षेत्रमा पनि परेको छ, यसर्थ यो स्वाभाविक पनि हो ।”

    पहिला घरजग्गा, विदेशलगायत विभिन्न क्षेत्रबाट रेकर्डिङमा लगानी गरिएको उनी स्मरण गर्छिन् । अहिले त्यताबाट लगानी कम भएको राधिका बताउँछिन् ।

    “अहिले काम छैन । अवस्था बिग्रियो भन्नुभन्दा पनि राम्रो–राम्रो सिर्जना गरेर लगानी तान्ने वातावरण सर्जक आफैँले बनाउनुपर्‍यो,” उनी भन्छिन्, “काम छैन भनेर भन्नुभन्दा पनि राम्रो सिर्जनाका लागि प्रयास गर्नुपर्छ । कहिले धेरै काम हुन्छ, कहिले कम हुन्छ, यो स्वाभाविक हो ।”

    स्टुडियोमा ठूलो लगानी गरेका सञ्चालकलाई रेकर्डिङ कम हुँदा समस्या भने भएको राधिका बताउँछिन् ।

     

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer