• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

अब केही दिनमै चिनीको अभाव समाधान हुने


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौँ। बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरि चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।

    Advertisement

    खुद्रा व्यापार सङ्घका उपाध्यक्ष ध्रुवप्रसाद अधिकारी अहिले बजारमा चिनीको अभाव चुलिएको बताउनुहुन्छ । ग्राहकहरू अहिले चिनी खरिदका लागि पसल पुग्दा रित्तो हात फर्कनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले बजारमा चिनीको अभाव चुलिएको छ । ग्राहकहरू पसलमा चिनी खरिदको लागि पुग्दा रित्तो हात फर्कनुपर्ने अवस्था छ ।” उहाँका अनुसार अहिले व्यापारीहरूले समेत कतै चिनी किन्न पाएका छैनन् । पछिल्लो पाँच दिन यता चिनीका ग्राहकहरू रित्तो हात फर्कनुपरेको उहाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “खुद्रा व्यापारीहरूले समेत चिनी खरिद गर्न पाएका छैनन् । साल्ट ट्रेडिङ् कर्पोरेसन र खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि बजारमा चिनी पठाएका छैनन् । चिनीको अभाव चुलिएको छ ।”

    केही दिनमै चिनी उपलब्ध हुन्छ

    पछिल्लो पाँच दिन यता देखिएको चिनीको अभाव केही दिनमै समाधान हुने उद्योग वाणिज्य तथा संरक्षण विभागले जनाएको छ । विभागका प्रवक्ता आनन्दराज पोखरेलका अनुसार सूचना प्रवाहको कमजोरीका कारण मात्र बजारमा चिनीको अभाव भएको हो । उहाँले भन्नुभयो, “बजारमा समन्वयको अभावका कारण चिनीको अभाव भएको हो । केही दिनमा नै यो समस्या समाधान हुन्छ । ”

    उहाँका अनुसार अहिले दैनिक पाँच–छ ट्रक चिनी आयात भइरहेकाले खुद्रा व्यापारीले डिलरहरूसँग सम्पर्क गरेर लिन सकिनेछ । अहिले उखुको क्रसिङ् सिजन सुरु भएकाले चिनीको अभाव लामो समय नजाने उहाँको भनाइ छ । अहिले छ उद्योगले चिनी उत्पादन सुरु गरिसकेकाले चिनीको अभाव केही दिनमा नै हट्ने उहाँ बताउनुहुन्छ ।

    प्रवक्ता पोखरेलले भन्नुभयो, “अहिले छ उद्योगले चिनी उत्पादन सुरु गरिसकेका छन् । बजारमा पनि दैनिक पाँच–छ ट्रक चिनी आइरहेको छ । त्यसैले चिनीको अभाव केही दिनमै समाधान हुनेछ ।”

    यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार अहिले बजारमा देखिएको चिनीको अभाव दुई–तीन दिनमा समाधान हुनेछ । उपत्यका बाहिरका जिल्लाहरूमा चिनीको आपूर्तिमा कुनै समस्या नरहेको र उपत्यकाभित्र मात्र चिनी नआएकाले यो समस्या केही दिनमा नै समाधान हुने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “उपत्यका बाहिरका जिल्लाहरूमा चिनीको अभाव छैन । पश्चिममा छ उद्योगले चिनी उत्पादन गरेर बजारमा पठाइसकेका छन् । उपत्यकामा मात्र केही समस्या हो यो चाँडै समाधान हुन्छ ।” पूर्वी नेपालका चिनी उद्योगहरूले पनि चिनी उत्पादन थालेकाले चिनीको अभाव लामो समय नहुने उहाँ बताउनुहुन्छ ।

    चिनी उत्पादन बढ्ने आङ्कलन

    यस वर्ष चिनी उत्पादन बढ्ने आङ्कलन गरिएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति संरक्षण विभागका प्रवक्ता पोखरेलका अनुसार यस वर्ष चिनीको उत्पादन बढेर दुई लाख ३० हजार टन पुग्ने आङ्कलन गरिएको छ । गतबर्ष नेपालमा चिनीको उत्पादन एक लाख ७५ हजार टन हाराहारीमा रहेको थियो ।

    यस वर्ष समयमै उखु लगाएको र मौसमको अनुकूलनले उखु उत्पादन राम्रो रहेका कारण चिनीको उत्पादन बढ्ने उहाँले बताउनुभयो ।

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer