• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

बढ्दो गाडीको कारोबार सँगै घट्न थाले महिनौं रोकिएका गाडी


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । विगतका वर्षमा जस्तै माग आउने अनुमानमा गएको दुई वर्ष पनि बिक्रेता कम्पनीहरूले विदेशबाट गाडी मगाए।

    Advertisement

    तर, माग नभएपछि गाडी भन्सार यार्डमा नै महिनौं शुल्क तिरेर राख्न बाध्य भए। गाडी बिक्रेता कम्पनीहरूले खरिदकर्ताले बुकिङ गराएपछि मात्रै भन्सार यार्डबाट गाडी छुटाउने गर्छन्।

    पछिल्ला महिनामा यार्डमा भएको गाडीको पास र नयाँ गाडीका आगमनले भन्सार अधिकारीहरू उत्साहित भएका छन्। गाडीको आयातले तुलनात्मक रूपमा बढी राजस्व उठ्ने गर्छ। यससँग सम्बन्धित पार्टपूर्जा तथा विद्युतको कारोबार पनि बढाउने गर्छ।

    भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा गाडी र त्यसका पार्टपूर्जा आयातमात्रै २३ प्रतिशतले वृद्धि भएको छ।

    गत आर्थिक वर्षको पहिलो चार महिनामा १९ अर्ब ३६ करोड रूपैयाँको यस्ता सामान आयात भएको थियो। चालु आर्थिक वर्षको चार महिनामा भने २३ अर्ब ८१ करोड रूपैयाँको आयात भएको छ।

    गाडी बिक्रेताहरूले पनि यो वर्ष बिक्री बढेको प्रतिक्रिया दिएका छन्। चाडपर्वका समयमा माग बढेको र अहिले त्यो समयमा अर्डर गरेका गाडीहरू बिक्री वितरण भएको उनीहरूले बताएका छन्।

    विशेष गरी खरिदकर्ताहरू विद्युतीय गाडीमा आकर्षित भएको देखिएको छ। टाटाको नयाँ विद्युतीय गाडी टियागोमा आकर्षण बढेको टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ। कम्पनीका अनुसार टियागो गाडीमा मात्रै ८०० वटा बिक्री भइसकेका छन्। केही गाडी अझै अर्डरमा रहेको छ।

    त्यस्तै, विद्युतीय गाडी बिवाइडीको बिक्री पनि बढी रहेको बिवाइडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्।

    ‘चाडपर्वको समयमा माग बढेको थियो, डिसेम्बर लागेपछि माग केही न्यून भए पनि समग्रमा राम्रो छ,’ उनले भनिन्, ‘एक हिसाबले अटो बजारको मार्केट नै विद्युतीय गाडीको कारण धानिएको छ।’

    उनले विद्युतीय गाडीको बढ्दो आकर्षण र माग कायम गर्नको लागि नीतिगत स्थायित्व आवश्यक रहेको बताइन्।

    अन्य गाडीहरूको कारोबार पनि बढ्दै गएको देखिएको छ। भन्सार पास हुने गाडीहरूको संख्या बढेको भन्सार अधिकारीहरूले बताएका छन्। चालु वर्षको मंसिर १८ गतेसम्म वीरगञ्ज भन्सार यार्डमा ५९७ वटा गाडी आएका छन् भने ५४१ वटा गाडी त्यहाँबाट बाहिरिएको छ।

    यसले बजारमा माग बढ्दै गएको संकेत गरेको भन्सार प्रमुख डिलाराम पन्थीले बताए।

    गत आर्थिक वर्षको अन्तिमसम्म वीरगञ्ज भन्सार यार्डमा २१ सय गाडी थन्क्याइएको थियो। २०२० देखि ल्याएका गाडी समेत खरिदकर्ता नभेटिँदा पास हुन सकेका थिएनन्।

    चालु वर्षमा भने यार्डमा १५ सय ५० वटा गाडी बाँकी रहेका छन्। यार्डमा भएका पुराना करिब ६ सय गाडी पास भएका छन् भने नयाँ थप ६ सय गाडी पास भएको वीरगञ्ज भन्सारको तथ्यांक छ।

    खासगरी लामो समय यार्डमा थन्किएका पेट्रोलियम गाडी पास हुँदा सरकारलाई राजस्वमा समेत टेवा पुगेको छ।

    पेट्रोलियम गाडीमा सरकारले २५० प्रतिशतसम्म राजस्व उठाएँदै आएको छ। ‘लामो समयदेखि यार्डमा रहेका पेट्रोलियम गाडी क्रमशः पास भएका छन्, नयाँ गाडी भने विद्युतीय आएका छ,’ पन्थीले भने।

    पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको आयात बढी देखिएको छ। अहिले पनि ठूला कन्टेनर तथा ट्रिपहरूको पास हुन नसक्नुले निर्माणका क्रियाकलाप अझै बढ्न नसकेको संकेत गरेको छ।

    वीरगञ्जबाट मात्रै नभई भैरहवा भन्सार नाकाबाट पनि गाडीको आयात बढेको देखिएको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार भैरहवा भन्सार कार्यालयमा अहिले ९०० गाडी रहेका छन्।

    गत आर्थिक वर्षको अन्तिमसम्म यो यार्डमा करिब १४ सय गाडी रहेका थिए। उनले विद्युतीय गाडीको आयात क्रमशः बढ्दै गए पनि पेट्रोलियम गाडी पास हुन नसकेको बताए।

    भन्सार विभागको तथ्यांकअनुसार कात्तिकमा मात्र ६ सय ५२ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्।

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer