• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

इलाममाथि अपराजित पोखराको सानदार जित: नेपाल सुपर लिग


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौं । सञ्जिव विष्टको निर्णायक गोलप्रेरित पोखरा थन्डर्सले स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अपराजित यात्रालाई कायम राखेको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा पोखरालाई जित दिलाउन सञ्जिवले गरेको गोल निर्णायक बन्यो । ४६औँ मिनेटमा सञ्जिव विष्टले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए ।

    आयुश घलानले लिएको कर्नरमा १८ यार्डभित्र इलामका ओमार थिओमले क्लियर गर्न नसकेको बललाई सञ्जिवले पहिलो टचमै पोस्टको दिशा दिए ।

    पहिलो हाफभर इलामको निरन्तर दबाब झेलेको पोखराले ४५ मध्यान्तरसम्म गतिलो आक्रमण बुन्न सकेको थिएन ।

    खेलको सुरुआतबाटै आक्रमण बुनेको इलामले छैटौँ मिनेटमा गोलको सुन्दर अवसर गुमायो । अमाथ ड्वले राइट साइडमा पाएको फ्रिकिक सोझै १८ यार्ड बक्समा प्रहार गरेका थिए । सो फ्रिकिक पोखराका रक्षकले क्लियर गर्न नसक्दा इलामका इब्राहिम जितेले नियन्त्रणमा राखेका थिए । जितेले पेनाल्टी बक्सको लेफ्ट साइटबाट गरेको क्रसमा ओमार थिओमको होडर बारमाथिबाट बाहिरिँदा पोखराको खतरा टरेको थिया ।

    ११औँ मिनेटमा एक समर्थक मैदान प्रवेश गरेपछि खेल एक मिनेट रोकिएको थियो । उनले मैदानमा इलामका फोडे कामारालाई नेपालको झन्डा ओडाएका थिए ।

    १२औँ मिनेटमा इलामले पुनः ‘हाफ चान्स’ सिर्जना गरेको थियो । राइट साइडबाट कामाराले गरेको क्रसलाई पेनाल्टी बक्सभि कसैले हेडर नभेट्टाउँदा इलामले मौकाको सदुपयोग गर्न सकेन ।

    इलामले निरन्तर दबाब बनाउँदा पोखराले भने सुरुआती १५ मिनेटसम्म कुनै डरलाग्दो आक्रमण बुन्न सकेको थिएन ।

    २०औँ मिनेटमा पोखराले पहिलो आक्रमण बनायो । पोखराका दीपेश आलेमगरले राइट साइडबाट गरेको क्रस पेनाल्टी बक्सभित्रका मोसेस त्वमले हेडर कनेक्ट गर्न नसक्दा इलामको खतरा सजिलै टरेको थियो ।

    २९औँ मिनेटमा इलामले पुनः गोलको सुन्दर अवसर खेर फाल्यो । अमाथ ड्वले मैदानको मध्यभागबाट एक्लै अघि बढाउँदै निकालेको ‘थ्रू’ बललाई पेनाल्टी बक्सभित्रबाट फोडे कामाराले ‘फस्र्ट टच’ प्रहार गरे पनि सेकेन्ड बार नजिकैबाट बाहिरियो ।

    पहिलो हाफको अन्तिम मिनेटमा इलामका ओमार थिओमले बक्सबाहिरबाट गरेको सशक्त सोझो प्रहार गुइलियम प्रिसोले सहजै बचाउँदै पोखराको खतरा टारेका थिए ।

    तर, पहिलो हाफको ठिक विपरीत दोस्रो हाफमा भने पोखरा सुरुआतदेखि नै आक्रमक बन्यो । दोस्रो हाफको पहिलो मिनेटमा नै मोसेस त्वमको प्रहार गोलाइनबाट घुमेर निस्किदा पोखराले अग्रता बनाउन सकेन । लेफ्ट साइडमा सञ्जिव विष्टको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर घुम्दा गोललाइनबाट बाहिरिएको थियो ।

    तर, त्यसको अर्को मिनेटमा सञ्जिव विष्टले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका आयुश घलानले लिएको कर्नरमा पेनाल्टी बक्सभित्र इलामका ओमार थिओमले क्लियर गर्न नसकेको बललाई सञ्जिवले पहिलो टचमै पोस्टको दिशा दिए ।

    ६७औँ मिनेटमा इलामले गोलको अर्को अवसर खेर फाल्यो । राइट साइडबाट अमाथ ड्वले गरेको फ्रिकिकमा ६ यार्ड बक्सबाट ‘अनमार्क’ रहेका विमल पाण्डेको हेडर दिशाहीन बन्दा इलामले अग्रताको राम्रो अवसर सदुपयोग गर्न सकेन ।

    ८०औँ मिनेटमा पोखराका कप्तान दीनेश राजवंशीको गम्भीर गल्तीको फाइदा उठाउन नसक्दा इलाम खेलमा फर्किन सकेन । पेनाल्टी बक्सबाहिर ‘एयर’ बल दीनेशले क्लियर गर्न नसक्दा इलामका फोडे कामाराले नियन्त्रणमा राख्दै बक्सको राइट साइडबाट एक रक्षक बिट गरी प्रहार गरे पनि पोखराका गोलकिपरले प्रिसोले त्यसलाई नियन्त्रणमा राखे ।

    प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । जितसँगै चार खेलबाट आठ अंक जोडेको पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा प्रतियोगितामा हालसम्म अपराजित छ । पोखरा दोस्रो स्थानको धनगढी एफसीभन्दा एक अंकले मात्र पछाडि छ । दोस्रो स्थानको धनगढीले भने तीन खेलबाट सात अंक जोडेको छ

    इलामको भने यो प्रतियोगिताको तेस्रो हार हो । चार खेलमध्ये एकमा जित निकालेको इलाम तीन अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer