• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार २५, २०८३
☰
बिहिबार, असार २५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खानेपानीको चिन्ताले बढाएको मन्त्रीको लोभलाग्दो सक्रियता


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौं । अधिकांस मन्त्रीहरु बिदेश भ्रमणमा निस्किएका बेला नेपाल सरकारका खानेपानी मन्त्रीको देशभित्रकै दौडधुप लोभलाग्दो देखिएको छ । उहां कहिले शिवपुरीको जलाधारमा क्षेत्रमा भेटिनु हुन्छ त कहिले मेलम्चीको मुहानमा । तिन रात मेलम्चीको मुहानमा नै बास बस्नु भएका मन्त्रीको काठमाडौं पुग्ने बित्तिकै सक्रियता ह्वात्तै बढेको छ ।

    Advertisement

    आज वुधवारका दिन खानेपानी मन्त्रालयको सभाहलमा माननीय खानेपानी मन्त्री श्री महिन्द्र राय यादवज्यूको अध्यक्षतामा काठमाडौं उपत्यकाभित्रका तीनै जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदज्यूहरू, काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहका प्रमूखज्यूहरू एवम् प्रतिनिधिज्यूहरू, हेलम्वु गाउँपालिकाका अध्यक्षज्यू, उपभोक्ता समितिका प्रतिनिधिज्यूहरू तथा सम्बन्धित सरोकारवालाहरू समेतको समुउपस्थितिमा काठमाडौं उपत्यका भित्रका खानेपानी तथा सरसफाइ क्षेत्रको सम्पत्तिको दिगो व्यवस्थापन र संचालन तथा प्रभावकारी नियमनको व्यवस्था गर्ने, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वित्तिय र प्राविधिक क्षमतामा सुधार गरी खानेपानी सेवा वितरणमा गुणस्तर वृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचना तथा मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानको लागि Short, Medium and Long term Solution सम्बन्धी Project Scope निर्धारण तथा इन्टेक स्थानान्तरण सम्बन्धमा पृष्ठपोषण संकलन गर्ने उद्देश्यका लागि छलफल कार्यक्रम भएको थियो ।

    सचिवालय सदस्य टंक धमलाका अनुसार, आजको बैठकमा मूख्यतः सुख्खायाम शुरू भईसकेको अवस्थाले गर्दा काठमाडौं उपत्याकाभित्र खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा तत्काल मेलम्चीको पानी पथान्तरण गर्ने प्रकृया अगाडि बढाउनुपर्ने भन्ने सुझाव प्राप्त भएको थियो । यस्तै स्थानीय तहहरूमा अवस्थित पानीका श्रोतहरूको पहिचान, प्रयोग, संरक्षण तथा पूनर्भरण सम्बन्धमा पनि राम्रा सुझावहरू आएका छन्, उहांले भन्नुभयो ।

    काठमाडौं उपत्यकाभित्र खानेपानी व्यवस्थापनमा संलग्न निकायहरूको पूनर्संरचना सम्बन्धमा अझ व्यापक छलफल गरी निर्णय गर्नुपर्ने धारणा उपस्थित माननीयज्यूहरू तथा नगरप्रमूखज्यूहरूबाट आएकोमा, आगामी दिनमा प्राप्त पृष्ठपोषण तथा सुझाव अनुसार, खानेपानी मन्त्रालयले योजना तयार गरी आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाएको थियो ।

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer