• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल सिग्देलको जन्ममितिमा भेटिएन कैफियत, रथीमा बढुवा सुनिश्चित


  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाली सेनाको रथीमा बढुवा सिफारिस भएका वरिष्ठ उपरथी अशोकराज सिग्देल ९ महिनापछि नेपालको ४५ औँ प्रधानसेनापति बन्ने निश्चितजस्तै भएको छ। उपरथी सिग्देलका बारेमा कुनै कैफियत नरहेको र केही बेनामे उजुरीउपर नेपाली सेनाले छानबिन गरेर उनको फाइल रक्षा मन्त्रालयमा पठाएको सैन्य स्रोतले जानकारी दियो।

    Advertisement

    यसअघी जङ्गी अड्डाले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । गत आइतबार सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरिएको सेनाका एक जना उच्च अधिकृतले सन्चारमाध्यमलाई बताए ।

    जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि सिफारिस गर्ने कानुनी व्यवस्था छ । सिफारिस पछि मन्त्रिपरिषद्ले बढुवा, नियुक्तिको निर्णय गर्नुपर्छ ।

    सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन भएको थियो। एसएलसीको प्रमाणपत्र र नागरिकतामा भएको जन्ममितिमा कुनै विवाद नदेखिएपछि सिग्देलको नाम सिफारिस भएको हो। रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकारसमक्ष बढुवा सिफारिस गर्ने प्रावधान छ।

    रथी सीताराम खड्काले सिग्देलको फाइल अध्ययन गरेर प्रधानसेनापति प्रभुराम शर्मामार्फत मन्त्रालय पठाएका छन्। खड्का पुस ३ सेवा निवृत्त हुन लागेका छन्। ‘कैफियत भए घर जान लागेका सेनाको उपप्रमुखले किन त्यस्तो कार्य गर्थे र?,’ सेनाका एक अधिकारीले भने, ‘हामीले उपलब्ध प्रमाण हेरेर छानबिन गर्ने हो। बाहिर के आएको छ र कस्तो हावा चलेको छ भनेर बस्ने होइन।’

    मन्त्रिपरिषद्ले पारित गरेपछी सिग्देल आगामी साउन २४ गतेबाट कायममुकायम प्रधानसेनापति बन्नेछन् ।

    खड्का बुधबारदेखि बिदामा बस्न लागेका छन्। अब प्रधानसेनापतिमुनिको दुवै रथी खाली हुनेछ । त्यसैले पनि मन्त्रिपरिषद्ले जतिसक्दो छिटो रथीमा बढुवा गर्नेछ। यसअघि बढुवामा सिफारिस हुने क्रममा रहेका उपरथी ताराध्वज पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरकफरक मिति देखिएपछि विवादमा तानिएका थिए। यसबारे नेपाली सेनाले छानबिन प्रक्रिया थालेपछि पाण्डे राजीनामा दिएर बाहिरिए। पाण्डेको राजीनामापछि सिग्देल रोलक्रममा माथि आएका हुन्।

    ‘सिग्देलको प्रमाणपत्र र नागरिकता गलत थियो भएमा सेनाले सिफारिस गर्छ होला र? के सेनामा एकजना त्यस्तो रहँदैमा सबैको किर्ते हुन्छ भन्ने छ र? सेनाभित्रको संयन्त्रले दिएको खण्डमा वर्तमान उपरथीले आफ्नो प्रमाणपत्र पत्रकार सम्मेलन गरेर नै बाहिर ल्याउन सक्ने क्षमता राख्नछन्,’ सिग्देल निकटका एक अधिकृतले भने।

    सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकृतका रूपमा सिग्देलको पहिचान छ । कसैको दौरा नसमाइकन यहाँसम्म पुगेका व्यक्तिले उमेर सच्याएर अनेक तिकडम गर्नै नपर्ने ती अधिकृत बताउँछन्।

    उपरथी सिग्देललाई पनि विवादमा तान्ने काम सेनाभित्रकै एक समूहले गरिरहेको दाबी जंगीअड्डा स्रोतको छ । जनसम्पर्क र दलका नेताहरूसँग खासै सम्पर्क नगर्ने व्यक्ति भएको कारण पनि सिग्देललाई सेनाभित्रका केही समूहले मन नपराउने सैन्य अधिकारी बताउँछन् ।

    तनहुँमा जन्मेका सिग्देलको स्थायी घर भैरहवा हो । नेपाली सेनाका वरिष्ठ उपरथी सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन् । उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हाइयर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए ।

    जानकारहरुका अनुसार अब्बल अधिकृतका रूपमा पहिचान बनाएका सिग्देलको कार्यकालमा नेपाली सेनाको छवि अझै उचो हुनेछ ।

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer