• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

साढे तीन बर्षमा सक्ने भनी सहमति भएको काम साढे चार बर्ष सम्म पनि अलपत्र


  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
  • नवलपुर। साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको छैन ।

    Advertisement

    चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।

    हालसम्म खण्ड ‘क’ मा भौतिक प्रगति ४२.०५ प्रतिशत (एकतर्फी १६.६ किलोमिटर कालोपत्रे) र पश्चिम खण्डमा ३८.५ प्रतिशत (एकतर्फी १९.५ किलोमिटर कालोपत्रे) प्रगति भएको आयोजनाले जनाएको छ । खण्ड ‘क’ मा मङ्सिर महिनाभरिमा १० किलोमिटर बाटो कालोपत्रे गर्ने योजना रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाले बताउनुभयो ।

    बाटो विस्तारको कामले सोचेअनुसार गति लिन नसकेपछि दुई पटकसम्म म्याद थपिएको छ । पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । पछिल्लो पटक भदौ ११ गतेदेखि लागू हुनेगरी ३३० दिनको म्याद थप भएको छ । जुन म्याद २०८१ को साउनमा सकिन्छ ।

    कामको प्रगति हेर्दा थपिएको अवधिमा पनि सडक निर्माणको काम नसकिने भएको छ । अनि निर्माण कम्पनी र सडक आयोजनाबिच थपिएको म्याद कहिलेसम्म हो र कहिलेसम्म काम सक्ने भन्नेमा पनि एकमत छैन ।

    निर्माण कम्पनीले सरकारले दिएको समयमा काम नसक्ने स्पष्ट बताइसकेको छ र थपिने समयलाई समेत आधार मानेर भावी कार्ययोजना तयार गरेको छ । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले सन् २०२५ को मार्च महिनासम्म ९५ प्रतिशत काम सक्नेगरी कार्ययोजना बनाएको हो ।

    १९ महिने कार्ययोजना

    निर्माण कम्पनीलाई सरकारले दिएको समय आगामी साउनसम्म हो । तर त्यो अवधिलाई निर्माण कम्पनीले अस्वीकार गरेको छ र १९ महिने कार्ययोजना तयार गरेको छ । प्रोजेक्ट म्यानेजर झाले दिएको जानकारीअनुसार गत सेप्टेम्बर महिनामा १.१ प्रतिशत काम सक्नु पर्नेमा १.०८ प्रतिशत, अक्टोबरमा १.५ प्रतिशत काम गर्नुपर्नेमा ०.५ प्रतिशत र नोभेम्बरमा २.५ प्रतिशत मात्र काम सकिएको छ ।

    त्यसैगरी डिसेम्बरमा ३ प्रतिशत, जनवरीमा ४.३, फेब्रुअरी ४.५, मार्चमा ४.७, अप्रिलमा ४.७, मेमा ४.७, जुनमा ३, जुलाइमा ०.४, अगस्टमा ०.४ प्रतिशत, सेप्टेम्बरमा १.१, अक्टोबरमा २, नोभेम्बरमा ३.१, डिसेम्बरमा ३.४, सन् २०२५ को जनवरीमा ३.४, फ्रेबुरीमा ३.४, मार्चमा ३.४ गरी ९५ प्रतिशत बाटोको काम सक्ने योजना तयार गरिएको छ ।

    काम सकिएको पाँच वर्षसम्म बाटो मर्मतको काम स्वयं निर्माण कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीले बाँकी ५ प्रतिशत निर्माणको कामलाई समेत त्यही मर्मत सम्भार गर्नुपर्ने अवधिमा राखेको छ । त्यसैले ९५ प्रतिशत काम सक्नुलाई कम्पनीले सम्झौता अवधिभित्रको शतप्रतिशत ठानेको छ । यसले गर्दा काम पूर्ण हुन स्वयं कम्पनीले मागेको समयभित्र पनि नसकिने देखिएको छ ।

    ‘समय हिसाब गरेर काम गर्नुस्’

    सरकारले भने पछिल्लो पटक थपेको समय ३ सय ३० दिनभन्दा दायाँबायाँ नगर्न निर्माण कम्पनीलाई चुनौती दिइरहेको छ । नारायणघाट–बुटवल सडकको पूर्वी खण्डका प्रमुख आशिष् थापाले ठेकोदार कम्पनीलाई थपिएको म्याद २०८१ साउनसम्म मात्रै भएकाले त्यो म्यादभित्र सबै काम सक्नुको विकल्प नरहेको बताउनुभयो ।

    ‘सम्झौताले बाँधेको छ, त्यसैले २०८१ साउनभन्दा बाहिरको योजना बनाउने छुट निर्माण कम्पनीलाई छैन, थापाले भन्नुभयो, ‘हामीले पटक पटकका छलफलमा समयमै काम सक्नुपर्छ भनेर भनेका छौँ । कुन समयमा कुन स्रोत साधन बढाएर सक्ने हो, सक्नु पर्छ, अन्य कुनै पनि बहाना स्वीकार्य हुँदैन ।’

    बर्खाको दुई महिना बढीमा ०.४ प्रतिशत काम हुने योजना सुनेपछि आयोजना प्रमुख आक्रोशित हुनुभएको छ । ‘अहिलेसम्म ४२ प्रतिशत काम सकिएकाले सम्झौता सकिन अव ७ महिना बाँकी छ । यो ७ महिनामा मासिक कम्तीमा ७ प्रतिशतका दरले काम सक्नुपर्छ, आयोजना प्रमुख थापाले भन्नुभयो, ‘कम्पनीले बनाएको योजनाअनुसारको कामले निर्माण सम्पन्न हुँदैन । तपाईँलाई दिएको बाँकी समयलाई हिसाब गरेर काम गर्नुस्, आदिजस्ता समस्या देखाएर उम्कने छुट छैन ।’

    विगतमा पोल सार्ने, रुख कटान, खानेपानी, गिटी बालुवालगायतका समस्या भए पनि अहिले ती सबै समस्या समाधान भएको उहाँको भनाइ छ । ‘आन्तरिक क्षमता बढाउनुस्, भएका स्रोतसाधन परिचालन गर्नुस्, सूक्ष्म अध्ययन गर्नुस्, भएका कमजोरी हटाउनुस्, व्यवस्थापकीय क्षमता बढाउनुस्’ कम्पनीलाई निर्देशन दिँदै थापाले भन्नुभयो ।

    म्याद नथपी हुँदैन: कम्पनी

    बर्खाको दुई महिना अवधिलाई गणना नगर्ने हो भने काम गर्ने समय ६ महिना बाँकी छ । तर यो ६ महिनामा काम नसकिने निर्माण कम्पनीको भनाइ छ । कम्तीमा पनि सन २०२५ मार्चसम्म म्याद थप्नुपर्ने निर्माण कम्पनीको आग्रह छ । ‘हामीले दोस्रो पटक म्याद थप्दा नै सरकारसँग २४ महिनाको समय मागेका थियों, तर सरकारले समय दिएन, सरकारले दिएको समयमा काम सकिन्न, त्यसका पर्याप्त आधार हामीसँग छन्, प्रोजेक्ट म्यानेजर राकेश झाले भन्नुभयो, ‘सन २०२५ को मार्चसम्म ९५ प्रतिशत काम सकिन्छ, बाँकी पाँच प्रतिशत मर्मतसम्भार अवधिमा गर्छौँ ।’

    के हो समस्या

    चिनियाँ ठेकेदार योहाङ जेनखुनका अनुसार कामलाई द्रुत गति दिन कुनै पनि समस्या छैन । स्थानीय निकाय र प्रशासनबाट धेरै सहयोग भएको छ । उहाँका अनुसार अहिलेको मुख्य समस्या भनेको आफूहरूलाई चाहिएको बेला बिजुली कटौती हुनु हो । ‘धेरै समय बिजुली कटौती गर्नुपर्ने हुन्छ । त्यसका लागि विद्युत कार्यालयबाट जुन अनुमति प्राप्त भएको छ, त्यसमा स्थानीयबाट बेलाबेला समस्या आउनेगरेको छ’ योहाङले भन्नुभयो ।

    रकम भुक्तान भएन

    चिनियाँ कम्पनीले आफूलाई चाहिएको बेला बिजुली कटौती गर्न पाउनुपर्ने बाहेक अरू समस्या नरहेको बताए पनि भविष्यमा आउन सक्ने मुख्य समस्या भनेको क्रसर व्यवसायीको रकम भुक्तानी हो ।

    नवलपुरका प्रमुख जिल्ला अधिकार कल्पना श्रेष्ठका अनुसार क्रसर व्यवसायीहरू आफूकहाँ चिनियाँ निर्माण कम्पनीबाट पटक पटक रकम भुक्तानी दिलाइ दिन आग्रह गर्दै आइरहेको बताउनुभयो ।

    प्रजिअ श्रेष्ठले भन्नुभयो, ‘क्रसर व्यवसायीको ठुलो रकम भुक्तानी भएको छैन, पैसा नपाए हामी काम रोक्न सक्छौंं भनेर गुनासो आइरहेको छ । भोलि यही कारण काम नरोकियोस् । भुक्तानी छिटो गर्नुस् ।’

    क्रसर व्यवसायी महासङ्घका अनुसार ठेकेदार कम्पनीले झण्डै २० करोड रुपियाँ भुक्तानी दिन बाँकी छ । महासङ्घका अध्यक्ष भोजेन्द्र रायमाझीले ट्रिपर, ट्र्याक्टर, ढुङ्गा, गिट्टी, बालुवाको २० करोड भुक्तानी नपाएको बताउनुभयो ।

    सरकारले २०७५ सालमा एसियन डेभलेपमेन्ट बैङ्क (एडिबी) सँग ऋण लिएर नारायणघाट–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि काम अघि सारेको थियो । १६ अर्ब ९९ करोड लागत रहेको आयोजनाको भेरिएसनसहित यसको लागत अहिले १७.०२ अर्ब पुगेको छ ।

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer