नेपालको उत्तर पूर्वी भागमा रहेको ताप्लेजुङ जिल्ला क्षेत्रफलका हिसाबले तेस्रो ठूलो जिल्ला हो । यसको क्षेत्रफल ३,६४६ बर्ग कि.मि. रहेको छ भने समुद्री सतह देखि ७७७ मिटर देखि ८,५८६ मिटर उचाईमा रहेको छ । यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजार हो । भौगोलिक रुपमा यो जिल्ला २७°२०’५९.९९” उत्तरी अक्षांस र८७°३९’५९.९९” पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लाको जनसंख्या १२०,३५९ रहेको छ भने जनघनत्व ३३.०१ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लामाएकवटा नगरपालिका र आठवटा गाउँपालिका गरी जम्मा नौ वटा स्थानीय तह रहेका छन्। यस जिल्लामा बोलिने मुख्य भाषामा लिम्बु र नेपाली पर्दछन भने मुख्य जताकतिहरुमा लिम्बु, भोटे लेप्चा,बाहुन क्षेत्री पर्दछन ।यस जिल्लाको पूर्व भारतको सिक्किम प्रान्त, पश्चिम संखुवासभा, उत्तर चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिण तेह्रथुमजिल्ला र पाँचथर जिल्ला रहेका छन्। कञ्चनजङ्घा हिमनदी, कुम्भकर्ण हिमनदी, तमोर हिमनदी, यलुङ हिमनदी यस जिल्लाका प्रमुख हिमनदी हुन भने मुख्य हिमनदीहरुमा तमोर र कावेरी पर्दछन। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कंचनजंघा हिमाल र प्रशिद्ध पाथिभरा मन्दिर यसै जिल्लामा पर्दछन्। जलवायुका हिसावले यस जिलामा नेपालमा पाइने सबै पाँचवटै जलवायुहरु उष्ण मौषमी जलवायु, अर्धोष्ण सङशीतोष्ण जलवायु, ठण्डा समशीतोष्णजलवायु लेकाली जलवायु तथा हिमाली जलवायु पाइन्छन भने वनस्पतिहरुमा उष्ण सदावहार वन, अर्धोष्ण पतझड वन, कोणधारी वन, लेकाली वनस्पति तथा हिमाली तुन्द्रा वनस्पति पाइन्छन ।

(देश चिनाउने अभियान अन्तर्गत कान्तिपथको यो प्रयास तपाईलाई कस्तो लाग्छ, पढेर प्रतिक्रिया दिनुहोला)




