• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

खैलाबैला एनसेलको


  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
  • काठमाण्डौ। अन्ततः सरकारले एनसेल खरिदविक्रीको अध्ययन गर्न ‘उच्चस्तरीय समिति’ बनायो । निजी क्षेत्रको बहुराष्ट्रिय टेलिफोन कम्पनी एनसेलको ८० प्रतिशत सेयर किनबेच भएको समाचार बाहिरिएपछि नेपालमा खैलाबैला भएको थियो ।

    Advertisement

    प्रधानमन्त्री स्वयंले यसको छानबिन गर्ने जानकारी सार्वजनिकरूपमा दिएका थिए । संसदीय समितिहरू विशेषगरी प्रतिनिधि सभाको अर्थ समिति र सार्वजनिक लेखा समितिमा पनि यस प्रकरणमा छलफल निर्णय गरिए ।

    संसदीय समितिभित्र र बाहिर पनि सांसद तथा राजनीतिक दलका नेताहरू एनसेलविरुद्ध निकै मुखर देखिए । लाग्थ्यो, एनसेलको यसरी भएको सेयर खरिदविक्री सांसदहरूका लागि पटक्कै अपेक्षित थिएन ।

    एनसेलको सेयर खरिदविक्रीमा कानुनअनुसार राज्यले पाउनुपर्ने करबाहेक अरू नेपालको चासोको विषय होइन । तर, एनसेलले कर छल्ने प्रपञ्च गरेको देखिएकामा भने सांसदहरूले चासो लिनु उचित र स्वाभाविक पनि हो ।

    यस्तै, आजियाटाका प्रमुख कार्यकारी अधिकृतको ‘नेपालमा काम गर्ने वातावरण नभएको’ भन्ने टिप्पणीप्रति पनि सांसदहरूले आक्रोश प्रकट गरेका छन् । आजियाटा एनसेलको स्वामित्व बेचेर नेपालबाट बाहिरिन लागेको कम्पनी हो ।

    आजियाटामाथि मूलतः सांसदहरूले कर छल्नैका लागि अपारदर्शी कारोबार गरेको र आफ्नो कमजोरी लुकाउन नेपालमा लगानीको वातावरण नभएको आक्षेप लगाएको आरोप लगाएका छन् । यी दुवै विषय उठाउनु जरुरी पनि थियो ।

    एनसेल करको मामिलामा पहिलेदेखि नै विवादमा परेको कम्पनी भएकाले पनि अहिलेको कारोबारमा बढी सन्देह गरिएको हुनुपर्छ । तैपनि, यस प्रकरणमा नेपालभित्र उत्पन्न भए गरिएको तरङ्ग भने अस्वाभाविक देखियो ।

    एनसेलको स्वामित हस्तान्तरणपूर्व नेपालको कानुनअनुसार सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ । परन्तु, अहिलेसम्म खरिदविक्रीको स्वीकृति मागिएको निवेदन दर्ता नभएको जानकारी तालुक अड्डा नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ ।

    यसैले नेपालका लागि आधिकारिकरूपमा स्वामित्व हस्तान्तरण प्रक्रिया सुरु भएकै छैन । स्वीकृति माग्नुपर्ने कम्पनीले जानकारी दिएर पुग्दैन । कानुनतः प्रक्रियागतरूपमा स्वीकृति नै माग्नु आवश्यक हुन्छ ।

    अहिले सरकार र संसदीय समितिहरूले देखाएको ‘अतिसक्रियता’ भने अपेक्षाकृत अस्वाभाविक देखिएको छ ।आजियाटाका कर्मचारीको आक्षेपले भन्दा यस्तै अस्वाभाविक राजनीतिक सक्रियताले देशमा लगानी गर्ने वातावरण नभएको सन्देश जान्छ ।

    देशमा लगानीका लागि उपयुक्त वातावरण नभएको गुनासो स्वदेशी उद्यमीहरूले नै गर्दैआएको तथ्य यहाँ स्मरणीय छ । स्वदेशी लगानीकर्ता नै हतोत्साही भएका अवस्थामा विदेशी लगानी आउने अपेक्षा कसरी गर्न सकिन्छ ?

    यसैले एनसेलको खरिदविक्रीलाई अब छानबिन र कारबाही गर्नुपर्ने देखिए सोसमेत गर्न सरकारी समितको जिम्मामा छाडेर सांसदहरू लगानीको वातावरणका विषयमा केन्द्रित हुनु उचित हुनेछ । लगानीलाई केले रोकेको हो भन्ने थाहा त होस् ! सरकारमाथि निगरानी त सधैँ गरी नै जो रहनुपर्छ ।

    मन्त्री, प्रधानमन्त्री सबै वैदेशिक लगानी भित्र्याउन सबै सहयोग दिन सरकार तयार भन्छन् । तर, त्यसमा लगानीकर्ता विश्वस्त देखिँएनन् । संसदीय समितिहरूले त किन यस्तो भइरहेको छ भन्ने पो अध्ययन गर्नुपर्ने ।

    स्वदेशी लगानीकर्ताहरू मूलतः देशको असन्तुलित श्रम सम्बन्ध र प्रशासनिक झन्झट तथा भ्रष्ट प्रवृत्तिलाई दोष दिन्छन् । विदेशी लगानीकर्ता आकर्षित नहुनुका कारणहरू यीबाहेक अरू के के हुनसक्छन् भनेर संसदीय समितले अध्ययन गर्ने हो कि ?

    प्रशासनिक झन्झट र तगारा हटाई लगानीको वातावरण बनाउन के गर्नुपर्छ भनेर अध्ययन गरेर पनि संसदीय समितिहरूले सरकारलाई निर्देशन दिनसक्छन् । सांसदहरूले साँच्चै कामै लाग्ने काम गरे हुन्न ?

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer