• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

चिनी उद्योगले थाले उत्पादन, बजारमा आपूर्ति सहज विस्वास


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । स्वदेशी उद्योगले उत्पादन थाले पनि बजारमा सहजरुपमा चिनीको सहज आपूर्ति भएको छैन । सरकारले दसैँ र तिहारदेखि नै बजारमा चिनीको सहज आपूर्ति हुने दाबी गरे पनि मध्य मङ्सिरमा समेत त्यसो हुन सकेको छैन ।

    Advertisement

    यतिबेला स्वदेशी उद्योगले समेत चिनीको उत्पादन थालिसकेका छन् । तर, पनि बजारमा चिनीको सहज आपूर्ति हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै स्विकार्छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार ६ वटा उद्योगले चिनी उत्पादन सुरु गरिसकेका छन् ।

    यसबाहेक पूर्वका उद्योगसमेत चिनी उत्पादन सुरु गर्ने चरणमा छन् । यति हुँदाहुँदै पनि बजारमा चिनीको सहज आपूर्ति हुन नसकेको ठाकुरको भनाइ छ ।

    उनका अनुसार स्वदेशी उद्योगले उत्पादन थालेपछि भारतबाट आयातसमेत नगर्ने योजना छ । यसबाहेक, पश्चिम नेपालमा रहेका उद्योगबाट थालिएको उत्पादनबाट त्यसक्षेत्रमा सहज आपूर्ति सुरु भएको छ । यसबाट पश्चिम नेपालमा चिनीको अभाव सकिएको र सहज आपूर्ति भइरहेको मन्त्रालयको भनाइ छ ।

    साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले पश्चिम नेपालबाट चिनी ल्याएर बजारमा आपूर्ति गरिरहेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अहिले बजारमा कर्पोरेशनबाट केही सहज आपूर्ति भइरहेको छ । तर, यसबाट बजारको सम्पूर्ण माग पूर्ति भइरहेको भने छैन ।’

    कर्पोरेशनले हाल पश्चिम नेपालबाट दैनिक ८/१० गाडी चिनी ल्याएर बजारमा वितरण गरिरहेको छ । झाका अनुसार अबको हप्ता दिनभित्रमा भने सबैतिर उत्पादन सुरु हुने भएकाले बजारको अभाव पूर्ति हुन्छ । ‘अहिले पश्चिम नेपालका उद्योगले मात्रै उत्पादन गरिरहेका छन्,’ उनले थपे, ‘अब अन्यत्रका उद्योगले समेत उत्पादन थालिरहेका छन् ।’

    खासगरी, भारत सरकारले आन्तरिक मूल्य नियन्त्रण र बजारको अभाव पूर्ति गर्ने भन्दै चिनीको निर्यातमा परिमाणात्मक बन्देज लगाएको छ । यसकारण, भारतीय बजारबाट नेपालले चिनी ल्याउन सकिरहेको छैन । यसअघि भारत सरकारले अक्टोबर ३१ सम्मलाई निर्यात बन्देज लगाएकामा पुनः निरन्तरता दिएको छ ।

    नेपालमा प्रतिवर्ष करिब ३ लाख टन चिनी खपत हुने सरकारी तथ्याङ्क छ । उद्योग मन्त्रालयका अनुसार यसमध्ये ७० प्रतिशत चिनी औद्योगिक प्रयोजनका लागि खपत हुन्छ । बाँकी ३० प्रतिशत चिनीमात्रै घरायसी प्रयोजनमा खपत हुने गरेको छ ।

    घट्दै उखु उत्पादन

    पछिल्लो ४ आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपालमा चिनीको खपत बढ्दो अवस्थामा र उखुको उत्पादन घट्दो अवस्थामा छ । आर्थिक वर्ष २०७६/७७ मा २१० लाख क्विन्टल उखु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा घटेर १५० लाख क्विन्टल मात्रै उखु उत्पादन भएको छ । यो ४ वर्षको अवधिमा ५० लाख टनको गिरावट हो ।

    तर, यस अवधिमा चिनीको खपत भने निरन्तर उकालो अवस्थामा छ । यसअघि नेपालमा २ लाख ७० हजार टन चिनी खपत हुने गरेकोमा पछिल्लो तथ्याङ्कअनुसार ३ लाख टन पुगेको छ । अघिल्ला वर्षहरुमा नेपालमा उत्पादित चिनीले ६२ प्रतिशत माग धान्थ्यो । जुन, पछिल्ला वर्षहरुमा निरन्तर घट्दो अवस्थामा छ ।

    यस्तै, उद्योग संख्यासमेत १४ बाट घटेर ८ मा आइपुगेको छ ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer