• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बिहान आठ बजेदेखि नै ओपिडी सेवा दिदै टीकापुर अस्पताल


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • कैलाली । टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    Advertisement

    कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । विहानैदेखि ओपिडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताए । “आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिए”, उनले भने, “विहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकेँ ।”

    अस्पतालले बिहानको समयमा ओपिडी सेवा सञ्चालन गर्दा आफूहरुलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताए । त्यसैगरी लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आएकी सीता देवकोटाले पनि ओपिडी सेवा विहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताए । “यसअघि आउँदा दिनभरी पालो कुर्दै बस्नु परेको थियो, विहानैदेखि ओपिडी सुरु भएपछि यसपाली दिनभर बस्नु परेन, उपचार पनि समयमै भयो”, उनले भने ।

    अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताए । नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस् भन्ने उद्देश्यले ओपिडी सेवा विहानैदेखि सुरु गरिएको उनले बताए ।

    “सेवाग्राहीहरुले विहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनुपर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो”, उनले भने, “सेवाग्राहीको भिडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपिडी सेवा विहानैदेखि सुरु गरिएको हो ।”

    अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ । हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन् ।

    अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । “डायलासिस सेवा सञ्चालनका लागि उपकरण आइसकेको छ । अब त्यसको जडान र जनशक्ति व्यवस्थापनको कुरा मात्रै बाँकी छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले भने, “सम्भवत केही महिनामै डायलासिस सेवा सञ्चालन हुन्छ ।” (रासस)

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer