• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

तानातानमा च्यातिएको कागज, जुन खाँणविरुद्ध बलियो प्रमाण बन्यो


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोली २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मैजुवहालस्थित घर पुग्यो ।

    Advertisement

    चार महिनाअघिसम्म गृह मन्त्रालयको कमाण्ड सम्हालिरहेका खाँणको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गर्न कार्यालय प्रमुख केसीसहितको टोली त्यहाँ पुगेको थियो ।

    अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार, घरमा उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीसहितका व्यक्तिहरु थिए । सोफामा दुई वटा चिर्कटा थिए, अधिकृतहरुको नजर त्यसमा परिहाल्यो ।

    पहिलो चिर्कटोमा ‘मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुनै कुराकानी भएकै छैन’ भन्ने लेखेर ‘बक्स बनाउँदै हाईलाइट’ गरिएको थियो । अधिकृतहरुका अनुसार, हिरासतमा रहेका आरोपीको बयान सच्याएर यस्तो बनाउन कागजमा भनिएको थियो ।

    त्यसको तलपट्टी ‘एक हप्ता म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याइ बयान हुनुपर्छ’ भनिएको थियो । ‘पार्टी भित्र र विशेषतः आफ्नै गुटका नेताहरु मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका रहेछन् ।’

    दोस्रो चिर्कटोमा ‘दुलाल (आरोपी केशव दुलाल) को पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्‍यो, नभए मन्त्रीज्यूको समेतको मुद्दा जान सक्छ, अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन’ भनिएको थियो ।

    अनुसन्धान अधिकृतहरुका अनुसार, तेस्रो चिर्कटो लिन भने प्रहरीलाई सकस भएको थियो । अधिकृतहरुका अनुसार, स्वकीय सचिव नरेन्द्र केसीलाई सम्बोधन गरिएको कागज त्यसबेला बालकृष्ण खाँणसँग थियो । त्यो प्रहरीले तान्दा उनले दिन मानेनन् ।

    त्यसक्रममा खाँण र अनुसन्धान अधिकृतहरुबीच कागज तानातान हुँदा कागज च्यातियो । यद्यपि, च्यातिएको कागजलाई प्रहरीले संकलन गरेर खाँणविरुद्धको प्रमाणका रुपमा जिल्ला अदालत, काठमाडौंमा पेश गरेको पाइएको छ ।

    अदालतमा पेश मिसिलमा समावेश कागजमा खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई सम्बोधन गर्दै लेखिएको छ, ‘ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपी व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रुप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ ।’

    कागजमा लेखिएको विषयवस्तु र हात पार्ने बेला भएको घम्साघम्सीबाट अधिकृतहरुले अनुमान थियो, ‘यो पाना शरणार्थी प्रकरणमा महत्वपूर्ण प्रमाण बन्नसक्छ ।’ पछि गरिएको अनुसन्धानका क्रममा तिनवटै चिर्कटो जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले लेखेर खाँणलाई पठाएको खुल्यो ।

    तिनवटै चिर्कटो ‘सीपयुक्त जनता समृद्ध नेपाल’ लेखिएको सीटीईभीटीको डायरीमा लेखिएको छ । पानाको अन्तिममा सीटीईभीटीको वेवसाइट पनि उल्लेख छ ।

    अनुसन्धान अधिकृतहरुका अनुसार, खाँणलाई पक्राउ गर्दा तीन वटा कागज बरामद भएपछि प्रहरीले हिरासतमा पनि खनतलासी गरेको थियो । त्यसक्रममा पाण्डेको साथबाट प्रहरीले डायरी र पेन समेत बरामद गरेको थियो ।

    तर, उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको यी कागजलाई हेर्ने मामलामा राय बाझिएको छ । खाँणलाई पुर्पक्षमा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतले १५ मंसिरमा आदेश सुनाउँदा न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्ट्याउनुपर्ने राय लेख्दै ३० लाख रुपैयाँ धरौटी माग्ने निष्कर्ष दिए ।

    पाण्डेले रायमा ती कागजहरुमा ‘बालकृष्ण खाँणको नाम उल्लेख नभएको’ तर्कसहित छाड्नुपर्ने राय दिएका थिए । तर, न्यायाधीश खरेलले भने तिनै कागजातसहित टेकनारायण पाण्डे र केशव दुलालबीच भएको मोबाइल म्यासेज, आङटावा शेर्पाको घटनाविवरण कागज र पाण्डेले २७ वैशाख २०८० मा दिएको बयानलाई समेत आधार मान्दै खाँणलाई छाड्न नमिल्ने राय लेखेका छन् ।

    न्यायाधीश पाण्डेले खाँणलाई छाड्ने राय दिँदा पूर्वसांसद् आङटावा शेर्पाको घटना विवरण कागज हेर्दा उनी पहिले सरकारी साक्षीका रुपमा प्रस्तुत भएको तर, तुरुन्तै पछि प्रतिवादी कायम गरिएकोमा अदालतमा इन्कारी बयान दिएको भनेका छन् ।

    ‘… अनुसन्धान अधिकारी एवं अदालतसमक्ष बयान गर्दा घटना विवरण कागजलाई यातना दिई गराइएको भनी अस्वीकार गरी आफू कसूरमा इन्कार रही बयान गरेको पाइयो’, रायमा भनिएको छ ।

    तर, अनुसन्धान अधिकृतहरुका अनुसार, बयानमा खाँणको नाम उल्लेख नहोस् भनेर व्यवस्थापनका लागि त्यसबेला आङटावा परिचालित भएका थिए । आङटावाले बयानमा पनि मुद्दाका प्रतिवादीहरुसँग हिरासतमा गएर भेटघाट गरेको स्वीकारेका छन् ।

    प्रकरणका मुख्य आरोपी सानु भण्डारी र केशव दुलाललाई पूर्वसांसद् आङ्टावा शेर्पासहितका व्यक्तिहरुले कारागारमा भेटिरहेका थिए । पछि उनले पनि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेपछि बरामद उनको डायरीबाट समेत प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारेको थियो । मिसिलमा संलग्न आङटावाको डायरीको कागजमा, मुख्य आरोपी सानु भण्डारीका भाइ राजुसँगको सम्झौता उल्लेख छ ।

    प्रहरी अधिकृतहरुको दाबी अनुसार, भण्डारीले बयानमा पूर्वगृहमन्त्री खाँणको नाम लिएपछि व्यवस्थापनका लागि स्वकीय सचिव नरेन्द्र केसीमार्फत उनका भाइ राजुसँग छलफल गराइएको थियो । त्यसक्रममा तत्काललाई एक करोड रुपैयाँ फिर्ता दिने सहमति अनुसार आङटावामार्फत राजुलाई पैसा दिइएको अधिकृतहरु बताउँछन् ।

    तर, शेर्पाले सानुसँग ७० लाख रुपैयाँ छुट्टै कारोबार रहेको भन्दै ३० लाख रुपैयाँ मात्र फिर्ता दिएर कागज गरेको पाइएको अधिकृतहरु बताउँछन् । एउटा डायरीको पानामा गरिएको लेनदेनको सम्झौतामा उनीहरुले साक्षीका रुपमा कृष्ण पौडेललाई पनि राखेका छन् ।

    सानु भण्डारीका भाइ राजुले सरकारी वकिलसँगको रोहवरमा प्रहरीलाई दिएको बयानमा पनि शेर्पाले आफूलाई फोन गरेर पूर्वगृहमन्त्री खाँणको स्वकीय सचिव नरेन्द्र केसीसँग भेट गराउँछु भनेको बताएका छन् ।

    ‘बरन्डा क्याफे एण्ड रेस्टुरेन्ट नाम गरेको बहिराबहिरीहरुले सञ्चालन गरेको काठमाडौं चुच्चेपाटीमा रहेको रेष्टुरेन्टमा भेट गर्न बोलाएका थिए’, उनले भनेका छन्, ‘पछि मलाई नरेन्द्र केसीले फोन गरेर घरमै बोलाएका थिए । होटलमा भेट हुँदा शेर्पाले दाइ सानु भण्डारी प्रतिवादी भएको मुद्दाको सम्बन्धमा केही कुरा मिलाउनुपर्नेछ, त्यही कारण केसीसँग भेट गराउन लागेको भनेका थिए ।’

    तर, न्यायाधीश जनक पाण्डेले छाड्न राय दिँदा खाँणले ठगी गरेको वा उनीहरुबाट नाम लिएको भनेर पीडितहरुले कागज नगरेको तर्क गरेका छन् ।

    जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्दा केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डबीच भएको म्यासेज कुराकानीलाई समेत आधार मानेपनि त्यसमा उल्लेखित ‘गिफ्ट’ भनेको रकम हो र खाँणले त्यो लिएका हुन् भन्ने विषयमा दुलालले इन्कारी बयान लिएकाले पनि धरौटीमा छाड्नुपर्ने उनको तर्क थियो ।

    ‘यसरी बालकृष्ण खाँणविरुद्ध किटानी जाहेरी नपरेको, इन्कारी बयान, सह–प्रतिवादीहरुले कसूरमा संलग्न भनेर पोल नगरेको…’ लगायतका तर्कसहित न्यायाधीश पाण्डेले उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए ।

    तर, न्यायाधीश प्रकाश खरेलले तिनै मोबाइल म्यासेज, सचिव पाण्डेले लेखेको कागजका पाना, आङटावा शेर्पाको घटनाविवरण कागज र पाण्डेको बयानलाई आधार बनाउँदै अर्का न्यायाधीश पाण्डेको धरौटीमा छाड्ने आदेशसँग सहमत हुन नसकेको राय दिएका छन् ।

    अन्यको आदेशको हकमा पाण्डेसँग सहमत भए पनि खाँणको हकमा उनले फरक राय राखेपछि यो मुद्दा फेरि तेस्रो न्यायाधीशकहाँ पेश हुँदैछ । मुद्दाको सुनुवाइ २८ मंसिरमा हुनेछ । त्यतिबेला तेस्रो न्यायाधीशबाट खाँणविरुद्धको प्रमाणबारे छिनोफानो हुनेछ ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer