• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

भुस्याहा कुकुर व्यवस्थापन गर्दै सैनामैना नगरपालिका


  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
  •  

    Advertisement

    मंसिर । गत आर्थिक बर्षमा रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा स्वाथ्य चौकी बाट १ हजार १ सय ९३ जनाले रेबिज विरुद्धको खोप लगाए । चालु आर्थिक बर्षको असार यता कार्तिक सम्म थप १ सय २५ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । कुकुरले टोकेपछि रेबिज लाग्ने भएको कारण खोप लगाउनेको संस्था डेढ बर्षमा १ हजार ३ सय १८ भन्दा बढि छ । यो तथ्यांक अधिकांस सैनामैना नगरपालिका क्षेत्र बसोबास गर्ने मानिसहरूले खोप लगाएको तथ्यांक हो । जसमा केही शुद्धोधन गाउँपालिका रूपन्देही, कपिलवस्तुको बाणगंगा र बुटवल उपमहानरपालिका भित्रका पनि रहेका छन् ।

    स्वाथ्य चौकी पर्रोहाको तथ्यांकलाई आधार मान्ने हो भने सैनामैना क्षेत्रमा दैनिक ३ जना भन्दा बढिलाई कुकुरले टोक्ने गरेको पाइएको छ । सैनामैना नगरपालिका अनुसार दैनिक ३ जना भन्दा बढिलाई टोक्ने गरेको पाइएको छ । यसरी दैनिक ३ जना भन्दा बढि लाई कुकुरले टोकेको कारण रेबिज विरुद्धको खोप लगाउनुपर्ने बाध्यातालाई अन्त्य गर्नको लागि नगरपालिकाले भुस्याहा कुकुर र घरपालुवा कुकुरको संख्या घटाउनको लागि अभियान सुरुवात गरेको छ ।

    संघीय सरकार अन्तर्गतको केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौको सहकार्यमा नगर भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर र घरपालुवा कुकुर बन्ध्याकरण शिविर गरी कुकुर नियन्त्रणको लागि अभियान सुरुवात गरेको हो ।
    सैनामैना नगरपालिका नगर प्रमुख नगरप्रमुख फणीन्द्र प्रसाद शर्माका अनुसार टोल टोलमा पशु एम्बुलेन्स मार्फत कुकुर संकलन गरेर भुस्याहा र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

    शिविरको शुक्रबार शुभारम्भ गरिएको छ । पहिलो चरणमा ४ दिन मा ५ सय भन्दा बढि सामुदायीक र घरपालुवा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको नगर प्रमुख शर्माले जानकारी दिए । जसको लागि टोल टोलमा टोल विकास संस्था मार्फत सामुदायीक कुकुर पहिचानको लागि योजनाबद्ध रूपमा काम सुरुवात गरिएको छ ।

    शिविरमा आउने घरपालुवा कुकुर लाई रेबिज विरुद्धको खोप समेत लाईने छ । विहान ८ः ३० बजे देखि साँझा ५ः ३० बजे सम्मको समय निर्धारण गरी कुकुर बन्ध्याकरणको कार्यक्रम राखीएको हो । जस अनुसार शुक्रबार सैनामैना नरपालिका वडा नम्बर १, २, ४ नम्बरका वडाको पुरानो गाउँ, रिङरोड, मुख्य राजमार्ग क्षेत्रबाट भुस्याहा कुकुर संकलन गरी ल्याएर बन्ध्याकरण गरिएको छ ।
    यस्तै २३ गते शनिवारको दिन वडा नम्बर ३, ५ र ६ नम्बरका पुरानो गाउँ, रिङ रोड र मुख्य राजमार्ग र चौक चौक बाट कुकुर संकलन गरि शिविर सञ्चालन गरिएको स्थान साविक पर्रोहा गाविस कार्यालय हाल वडा नम्बर ४ को वडा कार्यालयमा ल्याएर बन्ध्याकरण तथा खोप लगाइएने कार्यक्रम छ ।

    यस्तै आईतबार वडा नम्बर ७, ८ र ९ नम्बर वडा, सोमबार १० र ११ नम्बर वडा का विभिन्न क्षेत्रबाट भुस्याहा र घरपालुवा कुकुर संकलन गरी बन्याकरण गरिने भएको हो । सैनामैना नगरपालिकाको आ.व २०८० /०८९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु बिकास शाखा र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौको सयुक्त आयोजन शिविर आयोजना गरिएको सैनामैना नगरपालिका पशु शाखा प्रमुख पशु विकास अधिकृत ईन्द्र बहादुर खड्काले जानकारी दिए ।

    नगरपालिका उप प्रमुख बीना रानाले सामुदायीक कुकुरको कारण दुर्घटना जोखिम समेत बढ्दै गएको उनीहरूको स्वाथ्य अधिकार समेत बञ्चीत भएको बताउँदै यसको लागि नगरपालिकाले महत्व दिएर यो शिविर आयोजना गरिएको बताईन । सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सामुदायिक कुकुर व्यवस्थापनको लागि नगरपालिकाले मात्रै काम गरेर भन्दा पनि सबैको साथ र सहयोग बाट नियन्त्रण संभव भएको बताए ।

    शिवर मार्फत पहिलो चरणमा बन्ध्याकरण कुकुरबाट थप सन्तान नजन्मिने तर घरपालुवा मानिसहरूले पनि यत्तीकै छाडा रूपमा कुकुर छाडीदिँदा थप समस्या आउन सक्ने भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट कुकुर नियन्त्रणको लागि भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए । लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्सय विकास निर्देशनालयका पशु चिकित्सक तथा पशु पशु स्वास्थ व्यवसायी परिषद् सदस्य लोकराज भुषाल ले सामुदायिक कुकुर व्यवस्थापन जरुरी रहेको भन्दै यसको लागि केन्द्रीय रिफरल पशु चिकित्सालय को सहयोगमा शिविर आयोजना गरिएको बताए । उनले पशु अधिकारको लागि पनि शिविर आवश्यक रहेको बताए ।

    मानिसबाट पशुमा सर्ने रोगहरू जुनोटिक रोग को जोखिम समेत बढ्दै गएको समयमा जोखिम न्युनीकरणको लागि खोप कार्यक्रम र बन्ध्याकरण शिविर आवश्यक रहेको बताए । शिविरमा केन्द्रीय रिफरल पशु चिकित्सालय का पशु चिकित्सक, सर्जन सहितको प्राविधिक टोली सैनामैना आएको छ । पशु एम्बुलेन्स सहितको समुहले पालिका विभिन्न स्थानबाट संकलन गरिएका सामुदायीक र घरपालुवा कुकुरको बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालन गर्ने छ ।

    शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer