• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

पत्रकारका लागि गाजा चिहान बन्यो, ४०० बढि जेलमा, ९४ भन्दा बढिको ज्यान गुम्यो


  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
  • काठमाडौं । हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यस वर्ष मारिएका पत्रकारको संख्या उल्लेख्य रहेको प्रतिवेदन सार्वजनिक भएको छ।

    Advertisement

    पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को पछिल्लो प्रतिवेदनमा पत्रकारहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ।

    डिसेम्बर-८ मा आइएफजे ले आफ्नो प्रतिवेदन जारी गरेको छ। जसमा सन् २०२३ मा विश्वभर ९४ जना पत्रकारले ज्यान गुमाएका छन्। आईएफजेले आफ्नो वार्षिक प्रतिवेदनमा यो वर्ष विश्वभर ४०० भन्दा बढी पत्रकार जेल परेको पनि जनाएको छ।

    आइएफजेका अध्यक्ष डोमिनिक पाराडेलीले भने, ‘पत्रकारहरूको सुरक्षाका लागि नयाँ विश्वव्यापी मापदण्ड र अझ प्रभावकारी अन्तर्राष्ट्रिय उपायहरूको आवश्यकता अहिले बढेर गएको छ।’

    पत्रकारका लागि गाजा बन्यो चिहान

    आइएफजेका अनुसार इजरायल–हमास युद्धमा यो वर्ष ६८ पत्रकारले ज्यान गुमाएका छन्। अक्टोबर ७ बाट सुरु भएको यो युद्धमा दैनिक एकभन्दा बढी पत्रकारको मृत्यु भयरहेको छ। यो वर्षभरि हुने मृत्युको ७२ प्रतिशत हो।

    इजरायली सेनाले हमासविरुद्धको कारबाही जारी राखेको गाजा पट्टीमा मारिएका अधिकांश प्यालेस्टिनी पत्रकार थिए।

    संगठनले भन्यो, ‘आईएफजेले सन् १९९० देखि कारबाहीमा मारिएका पत्रकारहरूको रेकर्ड राख्दै आएको छ र कुनै युद्धमा यति धेरै पत्रकार मारिएको कहिल्यै देखेको छैन।’

    अफ्रिका सबैभन्दा सुरक्षित छ

    सन् २०२३ मा उत्तर र दक्षिण अमेरिकामा पत्रकारको हत्यामा कमी आएको प्रतिवेदनले जनाएको छ। गत वर्ष त्यहाँ २९ जना सञ्चारकर्मीले ज्यान गुमाएका थिए, तर यस वर्ष अहिलेसम्म सात पुगेको छ।

    अमेरिकामा एक, मेक्सिकोमा तीन र पाराग्वे, ग्वाटेमाला र कोलम्बियामा एक–एक पत्रकारले ज्यान गुमाएका छन्। यी पत्रकारहरूले सशस्त्र संगठन वा सरकारी कोषमा ठगीजस्ता मुद्दाहरूको अनुसन्धान गरिरहेका थिए।

    अफ्रिका पत्रकारहरूका लागि सबैभन्दा सुरक्षित महादेश साबित भएको छ। तर आइएफजेले क्यामरुन र लेसोथोमा तीन पत्रकारको हत्याको विशेष उल्लेख गर्दै अहिलेसम्म यी घटनाहरूको अनुसन्धान नभएको बताएको छ।

    हाल यस वर्ष पक्राउ परेका ३९३ पत्रकार जेलमा छन्। तीमध्ये अधिकांश चीन र हङकङमा छन्, जहाँ ८० पत्रकार पक्राउ परेका छन्। म्यानमारमा ५४, टर्कीमा ४१, रुस र क्रिमियामा ४०, बेलारुसमा ३५ र इजिप्टमा २३ जना पत्रकार पक्राउ परेका छन्।

     

    शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer