• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

चक्रपथको डीपीआर त दश महिना सम्म सकिदैन अब काम सक्ने कहिले?


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार नहुँदा चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । दुई महिनाभित्र तयार पार्ने भन्दै गत ०७९ फागुनमा थालिएको डीपीआरको काम १० महिना पुग्दा पनि सकिएको छैन । चीन सरकारको अनुदान सहायतामा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो ।

    Advertisement

    यसअनुसार डीपीआर निर्माणको काम चीनले नै गरिरहेको छ । छिटोमा दुई र ढिलोमा ६ महिनाभित्र डीपीआर तयार पारिसक्ने नेपाल र चीन सरकारबीच मौखिक सहमति भएको थियो । अहिले डीपीआर बन्ने क्रममै रहेको सडक विभागले जनाएको छ ।

    गत फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले डिजाइनको जिम्मा लिएको थियो । त्यति बेलै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई महिनाभित्र डिजाइनको काम सकिने जनाएको थियो । तर अझै डिजाइन फाइनल हुन सकेको छैन । अहिले डिजाइनको काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘हामीले डिजाइन गरेको भए कति समयभित्र सकिन्छ, थाहा हुन्थ्यो । तर चीन आफैंले डिजाइन गरिरहेकाले यसबारे थप अपडेट आएको छैन,’ उनले भने, ‘६ महिनाभित्र डिजाइनको काम सकिन्छ भनिएको छ ।’

    डिजाइनमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षभित्र विस्तारको ठेक्का गरेर काम अघि बढाइने ढकालको भनाइ छ । विस्तृत डिजाइनको काम सकिनासाथ आवश्यक ठेक्का प्रक्रिया अघि बढ्छ । त्यसो त नेपाल सरकारलाई पूर्वतयारीको काम सक्नै चार वर्षभन्दा बढी लागेको थियो । अहिले कलंकीदेखि बसुन्धरासम्म सर्भिस लेनसहित नाली बनाउने काम भइरहेको छ ।

    विस्तार गर्न लागिएको खण्डमा दुर्घटनाको जोखिम बढी रहेकाले त्यसलाई कम गराउने गरी डिजाइन गर्न सुझाव दिँदा केही ढिलाइ भएको मन्त्रालय स्रोतले जनायो । फाइनल डिजाइन आएपछि कति लागत लाग्ने थाहा हुन्छ । अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब यसलाई ८ लेनमा विस्तार गर्न लागिएको हो । सडक विस्तारपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । महाराजगन्जको २ सय ४४ मिटर खण्डमा भने अझै समस्या छ । यसमा पछि काम गरिने भएकाले पछि नै समाधान गरिने मन्त्रालयले बताएको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न आग्रह गरेको थियो ।

    चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने भएको हो । बाँकी काम तेस्रो चरणको चक्रपथ विस्तारमा समेट्ने जनाइएको छ । अहिले सर्भिस लेन निर्माणका लागि बजेट नहुँदा काम प्रभावित बनेको जनाइएको छ । विस्तारको ठेक्का हुनुअघि सर्भिस लेन निर्माणको काम सक्ने भन्दै थालिएपछि बसुन्धरादेखि स्वयम्भूसम्म सडक अस्तव्यस्त छ । यो खण्डको दुवैतर्फ खनेर काम नसक्दा सडक साँघुरिएको र धूलो उडेर यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । कलंकीदेखि स्वयम्भूसम्म काम सकिए पनि स्वयम्भूदेखि बसुन्धरासम्म बजेट पर्याप्त नहुँदा काम नसकिएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाको भनाइ छ ।

    ‘कलंकीदेखि बसुन्धरासम्म ७ वटा प्याकेजमा ठेक्का गरेर काम गरिरहेका छौं । कलंकीदेखि स्वयम्भूसम्मको काम सकिइसकेको छ,’ उनले भने, ‘स्वयम्भूदेखि बसुन्धरासम्मको काम बजेट अभावमा पूरा गर्न नसकिएको हो ।’ योजना कार्यालयसँग भएको चार करोड रुपैयाँ भुक्तानी दिइसकेको उनको भनाइ छ । ‘सबै खण्डमा भएको कामको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ,’ उनले भने, ‘पैसा नआए काम गराउन सक्ने अवस्था छैन ।’ यसबारे मन्त्रालय र विभागमा जानकारी गराइसकिएको उनले बताए । स्वयम्भूदेखि बसुन्धरासम्म चार वटा प्याकेजमा ठेक्का भए पनि राम्रोसँग काम हुन सकेको छैन ।

    अहिले सबैतिरका आयोजनामा बजेटको समस्या रहेको सडक विभागका महानिर्देशक ढकालले बताए । ‘बजेटको समस्याबाट यो आयोजना पनि अछुतो छैन,’ उनले भने, ‘बजेट अभावले ठेक्का लगाएका अधिकांश आयोजनामा कसरी काम सक्ने भन्ने समस्या थपिएको छ ।’

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer