• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

असमन्वयकारी सरकारी निकाय , पीडामा नागरिक


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • काठमाण्डौ। जाजरकोटमा १ सय ५४ जनाको ज्यान लिने गरी भूकम्प गएको साढे एक महिना पुग्नै लाग्दा पनि नागरिकहरू त्रिपालमुनि बस्न बाध्य छन् । भूकम्प गएको लामो समयसम्म पुनर्निमाणमा ढिलाई हुँदा नागरिकहरू कष्टकर जीवन बिताइरहेका छन् ।

    Advertisement

    बिहीबार साँझ जाजरकोटकोटको जुनिचाँदे गाउँपालिका–२, को बोजाबारीकी अस्मिता नेपाली ३ महिने छोरीलाई काखमा च्यापेर ४ जनाको परिवारसँगै त्रिपालमुनि सुतिरहेका थिइन् । अस्मिताले जसोतसो सित छेक्न पाएको त्रिपालको साघुरो झुपडीमा आफ्ना सन्तानलाई न्यानो बनाउने कोशिस गरिरहेकी थिइन् । बेलुका ९ बजेको समयमा जुनिचाँदे गाउँपालिका–२, का वडाध्यक्ष रामबहादुर नेपालीले सो ठाउँको अवस्था बुझ्न गएको विशेषज्ञ डाक्टरसहितको टोलीलाई केही बालबालिका र जेष्ठ नागरिक सिकिस्त बिरामी परेकाले उपचार गरिदिन अनुरोध गरे ।

    वडाध्यक्ष नेपालीको आग्रहमा भूकम्पका कारण समस्यामा परेका नागरिकको स्वास्थ्य अवस्था बुझ्न तथा न्यानो कपडा वितरण गर्न पुगेका डा. दिलजान मन्सुरसहितको टोली स्वास्थ्य सामग्री लिएर अस्मिताको त्रिपालमा पुग्यो । सो टोलीले उठ्न अनुरोध गरेपछि अस्मिताले पाल उघारिन्, रोइरहेकी छोरीलाई दुध चुसाउँदै मनाउने प्रयासमा उनी देखिन्थिन् । ‘घाँटी घ्यारघ्यार गर्छ, ज्वरो आउछ, खोकि लागेको छ, श्वास छिटोछिटो फेर्छे, ४/५ दिन जति भयो राम्ररी सुत्नै पाएकी छैन, अर्को बच्चा पनि त्यस्तै छ,’ उनले भनिन् ।

    डा. मन्सुरले सोधेको प्रश्नमा जवाफ दिँदै अस्मिताले भनिन्, ‘मलाई पनि सन्चो छैन, चिसोले टाउको, छाती, हातखुट्टा दुख्छन्, ज्वरो आउछ ।’

    भूकम्प गएको दोस्रो रातबाट पालमा सरेको अस्मिताको परिवार भूकम्पले चर्काएको घरभित्र त्रासले न जानसक्ने अवस्थामा छ, न सुरक्षित न्यानो अवास निर्माण गरेर बालबच्चा जोगाउने सामर्थ्य उनीसँग छ । भारतमा मजदुरी गर्ने उनका श्रीमान् फेरि भूकम्प आएर आफ्नो परिवारलाई केही भइहाल्ने पो हो कि भन्ने त्रासले घरमै बेरोजगार बसेका छन् । साँझ बिहानको छाक टार्नुभन्दा पनि चिसोबाट बालबच्चा कसरी जोगाउने भन्ने चिन्ताले सताउने गरेको अस्मिताका श्रीमानले दुखेसो पोखे ।

    सरकार तथा विभिन्न दातृ निकायले राहतस्वरुप वितरण गरेको खाद्यान्न, लत्ताकपडा, पाललगायतका राहत सामग्रीहरूमा आफूले त्रिपालशिवाय अन्य भने केही नपाएको अस्मिताले गुनासो गरिन् ।

    अस्मिता जस्तै भूकम्प गएको भोलिपल्टबाट ६६ वर्षीय मोसो नेपाली पनि कष्टकर पाल मुनिको बासमा छन् । लामो समयदेखि दमको बिरामी रहेका नेपाली चिसोले थलिएका छन् । अघिपछि यताउता हिँड्डुल गर्ने नेपाली पालको बासमा सरेपछि भने थला परेका छन् ।

    चिसोले गर्दा उनको शरीर पूरै सुन्निएको छ । यति मात्रै होइन श्वासप्रश्वासमा आएको समस्याका कारण उनी राम्रोसँग बोल्ने अवस्थामा समेत छैनन् । एउटा पालले बनेको टहराभित्र नेपालीसहित उनकी श्रीमती, छोरा बुहारी र नाति नतिनाको परिवार कोचाकोच गरेर बस्न बाध्य छन् ।

    नेपालीको स्वास्थ्य अवस्था बुझेका डा. मन्सुरले दम र खोकीको औषधिसहित न्यानो कपडा दिएर चिसोबाट बच्न सुझाव दिए । पालको छेवैमा नेपाली आफैँले दुःख गरेर बनाएको घर छ । तर, भूकम्पको त्रासले उनको परिवारले अझै पनि घरभित्र जाने साहस जुटाउन सकेको छैन ।

    यस्तै, अघिल्लो भाग भत्किएको घरको पश्चिमतर्फ सुन्तलाको बोटमुनि ६ जनाको परिवारसहित कमला नेपालीको परिवार बस्छ । कमला हप्ता दिनदेखि चिसोले थलिएकी छन् । ‘रातको समयमा चिसो हुँदा घरभित्र जाउँ जस्तो लाग्छ तर, घर फेरि भत्कने हो कि भन्ने डर लागेर जानै मन लाग्दैन, बाहिर चिसो छ, हामीले जसोतसो सहेकै छौँ, छोराछोरीलाई समस्या छ,’ कमलाले शिलापत्रसँग भनिन् ।

    उल्लेखित तीन पात्र १७ कात्तिकको मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण समस्यामा परेका विपन्न नागरिकका प्रतिनिधि हुन् । उक्त घातक पराकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका हजारौँ नागरिक त्रिपालको बासमा छन् । मानवीय क्षतिका हिसाबले जुनिचाँदे गाउँपालिकामा ठूलो क्षति नभए पनि अधिकांश भौतिक संरचनाहरू सुरक्षाका दृष्टिकोणले बस्नलाएक छैनन् ।

    अर्कोतर्फ नागरिकहरू पुनः भूकम्प आउने त्रासले घरभित्र जान डराइरहेका छन् । सरकार तथा विभिन्न दातृ निकायले राहत तथा अस्थायी आवास निर्माणको कार्य भूकम्पले बढी प्रभाव पारेको क्षेत्रमा केन्द्रित गराउँदा यहाँका विपन्न वर्गका बालबालिका, सुत्केरी, गर्भवती तथा एकल महिला, अपङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरू ठूलो मारमा परेका छन् ।

    आधारभूत स्वास्थ्य चौकी बोजाबारीले उपलब्ध गराएको तथ्यांकअनुसार भूकम्पका कारण हालसम्म २९ जना सुत्केरी र २१ जना गर्भवती पालमुनि बस्न बाध्य छन् । ६ सय घरधुरी रहेको वडा नम्बर २ मा ४ सयभन्दा बढी घरहरू बस्नलाएक छैनन् ।

    उसो त यो क्षेत्र हिँउ पर्ने क्षेत्र पनि हो । गाउँको माथिल्लो भागमा हिँउ पर्न सुरु भइसकेको छ । जसका कारण आगामी दिनमा चिसोका कारणले बिरामीहरूको संख्या बढ्दै जाने डा. मन्सुर बताउँछन् । झण्डै एक दशकअघि जाजरकोटमा फैलिएको हैजा महामारीका बारेमा सुक्ष्म अध्ययन गरेका मन्सुरले भूकम्प प्रभावित नागरिकलाई स्वच्छ खानेपानी र तत्काललाई अन्य सामग्रीभन्दा पनि चिसोबाट जोगिनका लागि न्यानो कपडाको आवश्यकता रहेका बताए ।

    आफूले जाँच गरेका अधिकांश बालबालिका, सुत्केरी तथा गर्भवती महिला र जेष्ठ नागरिकहरूमा चिसोका कारण छातीमा समस्या, निमोनिया, रुघाखोकी, ज्वरो, हातखुट्टा सुन्निनेलगायतका समस्याहरू देखा परेको उनको भनाइ छ । दीर्घरोगी र बालबालिकालाई तत्काल चिसोबाट जोगाउन नसकिएको खाण्डमा समस्या विकराल हुनसक्ने उनले बताए । डा मन्सुरले आफ्नो व्यक्तिगत खर्चमा १ सय ७० जना विपन्न समुदायका नागरिकहरूलाई फाइबरको डस्ना उपलब्ध गराएका थिए ।

    सरकारले प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएको छ । विभिन्न राजनीतिक दलका स्वयमसेवकहरू पनि अस्थायी आवास निर्माणमा खटिएका छन् । तर, यहाँका नागरिकले कहिले सित छेक्ने छानो पाउने हुन् भन्नेमा पालिका आफैँ नाजवाफ बनेर बसेको छ ।

    आफूहरूका लागि दाताले पठाएको राहतमा समेत जनप्रतिनिहरूले राजनीतिक पूर्वाग्रह राखेर वितरण गर्ने गरेको स्थानीय दिपक नाथको आरोप छ । राहत वितरणमा पालिका अध्यक्ष र उपाध्यक्षको राजनीतिक टसलका कारण आफूहरू राहतबाट वञ्चित हुनुपरेको उनले बताए ।

    अन्तर सरकारी निकायमै छैन समन्वय

    सरकारले मंसिरभित्रै भूकम्पपीडितलाई अस्थायी आवासमा सार्न गरेको घोषणा झञ्झटिलो प्रक्रियाले घोषणा मै सीमित हुने देखिएको छ । अस्थायी आवास निर्माणका लागि सरकारले अनुदान कार्यविधि संशोधन गरेर सहज बनाएको भनिए पनि स्थानीय तहले बैंक खाता खोल्नुपर्ने, प्रहरी मुचुल्का गर्नुपर्ने जस्ता झन्झिटिलो प्रक्रियाले पीडितले पहिलो किस्ताबापतको रकमसमेत प्राप्त गर्न सकेका छैनन् ।

    अस्थायी आवास निर्माणका लागि सरकारले जाजरकोटमा रकम पठाएको पनि महिना दिन पुग्न थालिसकेको छ । स्थानीय तहरूसँग समन्वय गरेर अनुदान रकम कार्यविधिअनुसार सम्बन्धित पालिकाको खातामा पठाइने बताउँदै आएको जिल्ला विपद् व्यवस्थापन समिति तिनै स्थानीय तहलाई दोष लगाएर बसेको छ ।

    अस्थायी आवास निर्माण कार्यविधिअनुसार सबै स्थानीय तहले लाभग्राहीको विवरण नपठाउँदा रकम पठाउन नसकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा बताउँछन् ।

    यस्तै, जुनिचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा त्रिपाल, कम्बललगायतका सामग्रीहरू वितरण गरिएको भए पनि पर्याप्त भने नरहेको बताए । भूकम्प प्रभावित नागरिकलाई चिसोबाट जोगाउन तत्काल अस्थायी आवास निर्माणबापतको रकम उपलब्ध गराउन समितिमा विवरण पठाइएको उल्लेख गर्दै रकम आउन साथ प्रक्रिया अगाडि बढाउने अध्यक्ष शाही बताउँछन् । तर, त्यो अनुदान रकम आउने चाहिँ कहिले हो उनैलाई थाहा छैन ।

    पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले पालिकाभर तत्काललाई पाँच सयभन्दा बढी अस्थायी आवास निर्माण गर्नुपर्ने भए पनि हालसम्म पालिकाको खातामा पैसा नआएको बताए । पटक–पटक अस्थायी आवस लाभग्राहीको विवरण पठाउँदा पनि हालसम्म आवस निर्माणका लागि कुनै रकम नआएको उनले बताए ।

    सीडीओ कार्यालयका प्रशासकीय अधिकृत शर्मा, पालिका अध्यक्ष शाही र पालिकाका निमित्त प्रशासकीय अधिकृत शाही तीनै जनाको फरक-फरक अभिव्यक्तिले अन्तरसरकारी निकायमै समन्वयको अभाव रहेको प्रस्ट देखिन्छ । यति मात्रै होइन जाजरकोटमा हालसम्म सहयोगी दाता, विभिन्न दलका स्वयंसेवकबाट कुन ठाउँमा कति र कस्ता खालका अस्थायी आवासहरू निर्माण भएका छन्, भन्ने तथ्यांक न पालिकासँग छ न त जिल्ला प्रशासन कार्यालयसँग नै छ

    तथ्यांक संकलनमा गरिएको लापरबाहीले सरकारबाट प्राप्त हुने अस्थायी आवास निर्माण बापतको रकम तिनै दाता र दलले बनाइदिएका टहरा देखाएर विचौलियाले राज्यको रकम दुरुपयोग गर्ने सम्भावना पनि उत्तिकै छ । राज्यको प्रत्यक्ष उपस्थिति अनुभूत गराउने निकायकै अपारदर्शी क्रियाकलपले विचल्लीमा विपन्न वर्गका नागरिक नै पर्ने सरोकारवालाहरू बताउँछन् ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer