• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

धराप काठेपुलमाथि जोखिमपूर्ण यात्रा गर्न बाध्य जुम्लाबासी


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • जुम्ला। जुम्ला विमानस्थल, उर्थु, लासीबजार, तल्फी, पेरे, गडीगाउँ, चोत्रगाउँ हुँदै डोल्पा जोड्ने सडक पातारासी गाउँपालिकाको लाइफलाइन नै हो। गाउँमा सडक पुग्दा स्थानीय उत्साहित थिए, घण्टौँ पैदल यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो पनी। तर, पातारासी गाउँपालिका– ४ लुमगाउँस्थित मोटरेबल काठेपुल भत्केपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

    Advertisement

    मालबाहक तथा यात्रुबाहक सवारीसाधन जुम्ला विमानस्थलदेखि पातारासी गाउँपालिकाको गडीगाउँको चुकेनीसम्म पुग्ने गरेका थिए। तर, लुमगाउँस्थित काठेपुल भत्केपछि विगत एक महिनादेखि स्थानीयलाई विकास निर्माणका सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको स्थानीय राजु रावतले बताए।

    गाउँबस्तीमा सडक पुग्दा पातारासी– ३ छुम गाउँका कालीबहादुर महतारा उत्साहित थिए– पातारासीका हरेक गाउँबस्ती सडक सञ्जालसँग जोडियो। तर, लुमगाउँस्थित जवा नदीमाथि लामो समयदेखि पक्की पुल नबन्दा उनको उत्साह विस्तारै मर्दै छ। ‘तत्काल काम चलाउको लागि काठेपुल निर्माण भएको छ। त्यो काठेपुल पनि वेला वेला भत्किने गरेकाले समस्या हुँदै आएको छ,’ उनले भने, ‘विगत एक महिनादेखि लुमगाउँदेखि माथि छुम, तल्फी परेगाउँसम्म सवारीसाधन आउन सकेका छैनन्।’

    दीर्घकालीन समस्या समाधानका लागि पक्की पुल नै आवश्यक पर्ने भए पनि आफूहरूको माग राज्यका कुनै तहले सुनुवाइ नगरेको उनको गुनासो छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य वस्तु ल्याउन र उत्पादित कृषिजन्य वस्तु लैजान सहज भएको थियो।

    अहिले जुम्ला सदरमुकाम खलंगादेखि दुईवटा बस र चारवटा जिप सञ्चालनमा छन्। सवारीसाधनको आवागमनसँगै यहाँका नागरिकले घण्टौँसम्म पैदल यात्रा गरेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता हटेको थियो। तर, काठेपुल वेला-वेला भत्किरहने गरेकाले समस्याको दीर्घकालीन समाधान भएको छैन।

    ‘गाउँमा सडक पुग्नु मात्र ठूलो कुरा होइन। सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो,’ कालीबहादुरले भने। सडक बनेपछि व्यापारी गाउँमै स्थानीय उत्पादन खरिद गर्न पुग्ने गरेका थिए।

    लुमगाउँस्थित बागजाल सामुदायिक वन समितिका अध्यक्ष कर्ण रावतका अनुसार पुल धेरै जीर्ण भइसकेको छ। मर्मत गरेर मात्रै हुने अवस्था छैन। पुल पूरै फेर्नुपर्ने स्थिति देखिएको छ। उनले भने, ‘१५ लाख जति बजेट व्यवस्थापन गरी नयाँ काठेपुल बनाउनुपर्ने हो, तर हरेक वर्ष टालटुल (मर्मत) गरेर बजेट सक्ने काम भएको छ।’ अघिल्ला वर्षहरूमा पुल बनाउन रकम हिनामिना भएपछि अहिले पुल बनाउने विषयमा समेत विवाद छ।

    पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार तत्काल काठेपुल निर्माण तथा मर्मत गर्नका लागि पाँच लाख बजेट विनियोजन भएको छ। ‘बजेट विनियोजन गर्दा पनि लुम गाउँवासीले पुल बनाउन काठ नदिने र विवाद गर्न खोजेपछि समस्या भएको हो। यसलाई सहजीकरण गरी पुल निर्माण गर्न पहल गरिएको छ,’ उनले भनिन्।

    पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाका अनुसार लुमगाउँस्थित जवा नदीमाथि पक्की पुल बनाउनका लागि साढे सात करोडको डिपिआर बनेको छ। ‘चालू आर्थिक वर्षमा एक करोड ८० लाख बजेट आएको छ। त्यो बजेट अपुग हुन्छ,’ उनले भने, ‘बजेटको स्रोत सुनिश्चितताका लागि कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पुगेको छ। तर, अहिलेसम्म बजेट सुनिश्चित भएको छैन।’

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer