• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कारागारमा थुनुवाको रहस्यमय मृत्यु: कुटपिटपछि मृत्यु भएको आफन्तको आशङ्का


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • मोरङ । पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको बिहीबार बेलुका झन्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवारले रहस्यमय मृत्यु भएको भन्दै छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न माग राखेका छन् । भुजेलको शव पोस्टमार्टम हुन अझै सकेको छैन ।

    Advertisement

    भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतककी भान्जी एलिना भुजेललाई खबर गएको थियो ।

    ‘मामालाई भेट्न मङ्सिर १६ गते कारागारमा आएको थिएँ । त्यस दिन मामाको जन्मदिन पनि थियो । त्यसैले म कारागार आएको थिएँ । त्यस बेला मामा राम्रोसँग बोल्नुभएको थियो । घरबाट बनाएर ल्याएको मासु खानुभयो । घरायसी विषयमा पनि कुराकानी भयो । त्यसयता पनि फोनमा कुराकानी भइरहेको थियो । एक्कासि बिहीबार मामा बितेको खबर आउँदा मलाई पत्याउन पनि मुस्किल भयो,’ उनले भनिन्, ‘मामा बिरामी भएर हस्पिटल ल्याएको खबर भएन । एक्कासि मृत्यु भएको खबर मात्र आयो ।’

    मृतकका परिवारले शव गृहमा राखिएको शव पनि हेर्न नदिएकोले भुजेलको मृत्यु शङ्कास्पद गएको गुनासो गरेका छन् ।

    ‘श्रीमानको मृत्यु भएको खबर सुनेपछि हस्पिटल आएका थियौँ । हस्पिटलमा पोस्माटर्मको लागि शव राखिएको रहेछ । हामीलाई शव हेर्न पनि दिइन । कतै श्रीमानलाई कारागारभित्र कुटपिटको कारणले पो मृत्यु भएको हो कि हाम्रो शङ्का छ,’ भुजेलकी श्रीमती रामकुमारी भुजेलले भनिन्, ‘शव हेर्न पनि नदिनु ? ढिलो गरी परिवारलाई खबर दिनु, केही दिन अगाडि मज्जासँग कुराकानी भएको श्रीमान्को एक्कासि कसरी मृत्यु भयो ? घटना रहस्यमय छ । घटनाको छानबिन गरिनुपर्दछ,’ उनले भनिन्, ‘न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्दछ ।’

    जिल्ला प्रशासन कार्यालय मोरङले छानबिन समिति गठन गरेपछि मात्र पोस्टमार्टम गर्नुपर्ने मृतक परिवारको माग छ । ‘अहिलेसम्म शव बुझेका छैनौँ । हेर्न पनि दिएका छैनन् । कि त बेडमा हुनुपर्थ्यो, कि त बेडभन्दा तल हुनुपर्थ्यो । किन मुर्दा घाटमा लगियो भनेर हामी भोली निवेदन दिने भन्ने सल्लाह गरेका छौँ,’ भान्जी एलिनाले भनिन् ।

    कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पुरयाएको थियो । कोशीको आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर, आफन्तलाई उक्त कुराको जानकारी पनि दिइएन । त्यही कारण उनको कोशी अस्पतालमै मृत्यु भयो । उनका आफन्तका अनुसार मृत्यु हुनभन्दा अगाडि भुजेल बेलाबेलामा पिसाब लाग्यो भन्दै शौचालय जाने गरेका थिए ।

    मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरूले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ । यस्तै कैद भुक्तान गरी निस्किएकाहरुले दिएको जानकारी अनुसार मोरङ कारागारमा १० दिन (१, ११ र २१ गते) भित्र कारागार भित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदी बन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरूले यातना दिने गर्छन् ।

    यातना दिएका कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरू पनि छन् । आफन्तले भने पटक पटक पिसाब लाग्यो भन्नु र पेट दुख्या भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् ।

    मगर गत कार्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि मगर कार्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए ।

    मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेले मगरको उपचारको क्रममा मृत्यु भएको बताए । ‘साह्रै पेट दुख्ने र बान्ता गरेपछि हामीले तत्काल हस्पिटल लिएर गएका थियौँ । उपचारको क्रममा मगरको मृत्यु भएको हो,’ उनले भने, ‘एक पटक मृतकका भान्जीलाई शव देखाएको पनि हो ।

    परिवारका सदस्य आए प्रहरीको रोहबरमा देखाउन सकिन्छ । त्यसको लागि मोरङ प्रहरीसँग समन्वय गरिनेछ ।’ कारागारबाट कुनै पनि लापरबाही नभएको उनको भनाइ छ । मोरङ कारागारमा शुक्रवारसम्म ९४७ पुरुष र ९५ महिला गरी १ हजार ४२ जना कैदी बन्दी रहेका छन् ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer