काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ ।
Advertisement
विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो ।
शनिबार राति साढे ११ बजे सुन बरामद गरिएको उनले जानकारी दिए ।




