काठमाण्डौ। केन्द्रीय बैंकले ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिदिएको छ । योसँगै उत्साहित बजारमा पहिलो कारोबार दिन नै ७४ अंकको माथिको वृद्धि आएको छ ।
Advertisement
आइतबार बजार खुलेको ५ मिनटमा नै नेप्से सूचक ७४.२० अंकले बढेर १९ सय २६.९८ अंकमा पुगेको छ । तर, कारोबारमा तीव्रता आएसँगै सो लोड नेप्सेको वेबसाइटले धान्न सकेको छैन । जसका कारण साइट नै ब्लक (स्थिर) बन्न पुगेको छ ।




