• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

के अब बजारले गति लिएको हो ?


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौं । लामो समयपछि धितोपत्र बजार मापक नेप्से परिसूचक आइतबार १११.२० अंक बढेर १९६३.९८ विन्दुमा बन्द भयो । आज बजारमा तीनपटक सकारात्मक सर्किट लागेको थियो ।

    Advertisement

    कारोबार सुरु भएको पहिलो पाँच मिनेटमै बजार ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । दोस्रोपटक बजार खुलेको दुई मिनेटमै ५ प्रतिशतले वृद्धि भएर ४० मिनेट र तेस्रोपटक बजार खुलेको २ मिनेटमा ६ प्रतिशतले बढेर कारोबार दिनभरिका लागि बन्द भएको थियो ।

    नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको समीक्षामार्फत ५० लाखभन्दा बढी सेयर धितोकर्जाको जोखिम भार १२५ प्रतिशत कायम गर्ने जानकारी दिएको थियो । राष्ट्र बैंकले योबाहेक सेयर बजारमा खासै केही परिवर्तन गरेको छैन ।

    तर, समीक्षापछिको पहिलो कारोबार दिन नै लगानीकर्तामा उत्साह छाएको देखिन्छ । लगानीकर्ता किशोरकुमार श्रेष्ठ राष्ट्र बैंकले समीक्षामार्फत केही लचकता देखाउँदा त्यसको प्रभाव आज देखिएको बताउँछन् । त्यसका साथै बैंकहरूको ब्याजदर घट्ने क्रममा भएकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको श्रेष्ठ बताउँछन् ।

    “सरकार र गभर्नरको टियुनिङ नमिल्दा सेयर लगानीकर्तालाई चेपुवामा पारिएको थियो । तर, अहिले केही सकारात्मक संकेत देखाएकाले बजारमा केही हदसम्म सकारात्मक आउने देखिन्छ,” उनले भने, “भोलिको कारोबार दिनभरि नै हुन पायो भने बजार कति सकारात्मक छ भन्ने देखिन्छ । बजार अब २२ सयको विन्दु पार गर्ने देखिन्छ ।”

    त्यस्तै, अर्का लगानीकर्ता पनि बजार सकारात्मक दिशातिर लाग्न सक्ने बताउँछन् । राष्ट्र बैंकको नीतिकै कारण बजार सकारात्मक र नकारात्मक हुने गरेकाले लगानीकर्ताको धैर्यतालाई सहयोग गर्ने खालको नीति राष्ट्र बैंकले अपनाएको पनि ती लगानीकर्ता बताउँछन् ।

    तर, बजार निर्माताहरू बजारको बढाइबाट सन्तुष्ट देखिँदैनन् । “बजार बढ्नु त सकरात्मक कुरा हो । तर, यो धेरै टिक्दैन,” एक कर्मचारीले भने, “हामीले भन्न त मिल्दैन । तर, बजार टिक्छ जस्तो लाग्दैन ।”

    कसरी लाग्छ सर्किट ब्रेक ?

    सर्किट ब्रेकको व्यवस्था २०६४ सालपछि गरिएको हो । यसअघि भने बजार जति पनि बढ्न सक्ने व्यवस्था थियो । तर, २०६४ पछि पहिलो घण्टा ११ बजेदेखि १२ बजेभित्र बजार ४ प्रतिशत वृद्धि भयो वा घट्यो भने २० मिनेटका लागि बजार बन्द हुन्छ ।

    त्यस्तै, दोस्रो घण्टा १२ बजेदेखि १ बजेभित्र बजार थप एक प्रतिशत विन्दु (कुल ५ प्रतिशत) बढ्यो वा घट्यो भने बजार ४० मिनेटका लागि बन्द हुन्छ ।

    त्यस्तै, १ बजेपछिको करोबरामा थप एक प्रतिशत विन्दु (कुल ६ प्रतिशत) बजार बढेमा वा घटेमा दिनभरका लागि नै बजार बन्द हुन्छ ।

    किन बढ्यो सेयर बजार ?

    आज बजारमा तीनपटक सकारात्मक सर्किट लागेपछि बजार १२ बजेर ९ मिनेट जाँदा नै दिनभरिका लागि बन्द भयो । ११ बजेर ५ मिनेट जाँदा ४ प्रतिशत वृद्धि भएको बजार ११ बजेर २५ मिनेटसम्म बन्द भयो । ११ बजेर २५ मिनेटमा खुलेको बजार ११ बजेर २७ मिनेट जाँदा थप एक प्रतिशत विन्दुले बजार बढेर ४० मिनेट बन्द भएको थियो ।

    त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार १२ बजेर ९ मिनेट जाँदा नै थप एक प्रतिशत विन्दु (कुल ६ प्रतिशत) ले वृद्धि भएर दिनभरका लागि नै बजार बन्द भएको थियो ।

    आइतबार कुल तीनपटक सर्किट ब्रेक लागेपछि ९ मिनेट मात्र सेयर कारोबार भयो । ९ मिनेटमा ४८ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भयो ।

    आज बजार बढ्नुमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा र ब्याजदरलाई लिइएको छ । आज दुईवटा बैंकले पुसको ब्याजदर सार्वजनिक गरेकाले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

    बजार घटेको समयमा आम लगानीकर्ताले ध्यान दिँदैनन् । तर, बजार बढ्न थालेपछि लगानीकर्ता र कारोबार सक्रिय हुन्छ । त्यसले गर्दा पनि बजार बढ्न थाले पनि केही समयसम्म टिकिरहने बजारका जानकार बताउँछन् ।

    बजार घटेको समयमा सेयर बजारको नाम नै कसैले सुन्न नचाहाने परम्परा नै बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरी अधिकारीले बताए । तर, बढेको समयमा घटेकोभन्दा बढीले नै चासो देखाउने गरेको उनी बताउँछन् ।

    बजार बढ्दा जताततै सकारात्मक मात्र सञ्चार हुने हुँदा पनि त्यसको प्रभाव आम लगानीकर्ता र कारोबारीमा पर्ने गरेको विज्ञहरू बताउँछन् ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer