• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ऋग्वेदबारे ३५ कार्यपत्र प्रस्तुत पोखरामा


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • कास्की । नेपाललगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे पोखरामा मन्थन गरेका छन् ।

    Advertisement

    मुक्त फाउण्डेशनको आयोजनामा दुई दिनसम्म चलेको प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनमा वैदिक ज्ञान र आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरुबाट ३५ कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका प्राडा ऋषिराम रेग्मी, पूर्वीय तथा पाश्चत्य साहित्य र दर्शनका ज्ञाता प्रा डा कृष्णचन्द्र रेग्मी, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्रमुख मानवशास्त्री प्रा डा विनोद पोखरेललगायतले ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयामबारे विद्धत प्रवचन दिएको फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले जानकारी दिए ।

    उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, जापान, स्वीडेन, नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र रसियाका विज्ञहरुले ऋग्वेद, हिमाली समाज र संस्कृतिबारे प्रत्यक्ष तथा अनलाइन माध्यमबाट कार्यपत्र प्रस्तुत गरेको उनले बताए ।

    “सबैभन्दा पुरानो लिखित ग्रन्थ ऋग्वेदमा केन्द्रित भएर पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन पोखरामा सम्पन्न भएको छ”, फाउण्डेशनका अध्यक्ष त्रिपाठीले भने, “ऋग्वेदको अध्ययन गर्नु कुनै कर्मकाण्ड वा देवी देउताको पूजाअर्जनाभन्दा बढी समग्र प्रकृतिको अस्तित्वलाई स्वीकार गर्नु र मानव कल्याणको लागि त्यसको उचित उपयोग गर्नु हो भन्नेमा विद्धानहरुको बहस र मन्थन केन्द्रित रह्यो ।”

    ऋग्वेदको मूल ध्येय प्राकृतिक शक्तिको उपासना र मानवताको रक्षा हो भनी विज्ञहरुले आफ्नो कार्यपत्रको सारमा औँल्याएको अध्यक्ष त्रिपाठीले बताए । हिमालय क्षेत्रमा लेखिएको ऋग्वेद वैदिक सनातन धर्मग्रन्थ मात्र नभएर आधुनिक समाज विज्ञानका लागिसमेत महत्त्वपूर्ण ज्ञानको भण्डार रहेकामा सम्मेलनमा एकमत देखिएको उनले उल्लेख गरे ।

    वर्तमान विश्वमा बढिरहेको प्राकृतिक विनाश र मानव जातिबीचको द्वन्द्वलाई ऋग्वैदिक मान्यताको जगमा समाधान गर्न सकिनेमा विज्ञहरुबीच बहस भएको अध्यक्ष त्रिपाठीले बताए ।

    नेपालका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा ऋग्वेदको अध्ययन, अध्यापन र अनुसन्धानमासमेत आवश्यक सहकार्य र समन्वय गर्न सम्मेलनबाट टेवा पुगेको उनको भनाइ छ ।

    सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई सार्वजनिक रुपमा प्रकाशन गरिने र त्यसमाथि थप विवेचना हुँदै जाने फाउण्डेशनले जनाएको छ ।

    वेद र शास्त्रहरुमाथि पनि बौद्धिक बहस र छलफल हुन आवश्यक रहेको भन्दै ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सोही अवधारणामा टेकेर आयोजना गरिएको अध्यक्ष त्रिपाठीले बताए ।

    सम्मेलनमा नेपालको हिमाली सभ्यता, पर्यावरण र संस्कृतिबीचको अन्तर सम्बन्ध तथा यिनमा आधारित वैदिक ज्ञानमाथि मन्थन गरिएको उनको भनाइ छ ।

    फाउण्डेशनले गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभाग, त्रि-चन्द्र क्याम्पस, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायतका सङ्घसंस्थासँगको समन्वयमा सम्मेलन आयोजना गरेको हो ।

    सम्मेलनमा देशविदेशका विभिन्न विश्वविद्यालय प्राध्यापक तथा विद्यार्थी, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय संस्थामा आबद्ध झण्डै दुई सय व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    सो अवसरमा पञ्चासे क्षेत्रमा बस्दै आएका वैदिक साधक क्यानेडेली नागरिक ग्यारी मिलर, सङ्घर्षशील महिला गोमा पराजुली, सफल युवा व्यवसायी देवेन्द्र केसीलाई सम्मान गरिएको थियो ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer