☰
शनिबार, कार्तिक १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अध्ययनका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीलाई झनै सकस !


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । तपाईं उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने योजना बनाइरहनु भएको छ ? विदेशी विद्यार्थीलाई सहज रूपमा भिसा दिँदै आएको अष्ट्रेलियाले पछिल्लो समय क्रमशः भिसासम्बन्धी नियम कठोर बनाउँदै लगेको छ । जसअनुसार विदेशी विद्यार्थीका लागि भिसा सम्बन्धी नियम थप कसिलो बनाइने भएको छ । यसको प्रत्यक्ष मारमा नेपाली विद्यार्थी पनि पर्ने भएका छन् ।

    Advertisement

    सोमबार त्यहाँको गृहमन्त्री क्लेर ओ’निलले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । आगामी दुई वर्षमा आप्रवासीको आगमन आधामा झार्न विदेशी विद्यार्थी र अल्पसीप भएका कामदारका लागि दिइने भिसा नियम कसिलो बनाउन लागिएको हो । त्यहाँको सरकार ‘टुटेको’ आप्रवासन प्रणालीमा व्यापक हेरफेर गर्ने प्रयासमा छ ।

    नयाँ नीति अन्तरगत विदेशी विद्यार्थीहरूले अङ्ग्रेजी भाषा परीक्षामा उच्च अंक ल्याउनु पर्नेछ । विद्यार्थीले अष्ट्रेलिया बसाई लम्ब्याउन दिने दोस्रो भिसा आवेदनको प्रक्रियामा पनि थप कडाई गरिनेछ । नयाँ रणनीतिले आप्रवासीहरूको संख्या पुनः सामान्य स्तरमा ल्याउने गृहमन्त्री ओ’निलले भनेका छन् । समस्या संख्यामा मात्रै नभएको पनि उनले बताए ।

    अष्ट्रेलियाको आप्रवासन प्रणाली भाँच्चिएको भन्दै गएको सप्ताहान्तमा प्रधानमन्त्री इन्थोनी अल्बानेजले आप्रवासीहरूको संख्यालाई घटाएर दिगो स्तरमा ल्याउनु पर्नेमा जोड दिएका थिए । सरकारले सुरु गरेको सुधारका पहलहरूले विदेशबाट आउने अष्ट्रेलिया बसाई सरेर आउने प्रवृत्तिमा दबाब सृजना गरिसकेको अनि यसले आप्रवासीको संख्या थप घटाउने अपेक्षा गरिएको ओ’निलको भनाई छ । सन् २०२२–२३ मा अष्ट्रेलियामा ५ लाख १० हजार विदेशीहरु गएका थिए । यो अहिलेसम्मकै धेरै हो । खासगरी विदेशी विद्यार्थीको आगमनमा भएको वृद्धिका कारण यो संख्या बढेको हो ।

    सन् २०२४–२५ मा यो संख्या साढे २ लाख हाराहारीमा झर्ने अपेक्षा गरिएको छ । सन् २०२५–२६ मा भने यो संख्या थप घटेर कोभिडपूर्वकै स्तरमा आउने अनुमान गरिएको छ । कोभिडको बेलामा सीमामा गरिएको कडाइबिच २ वर्षसम्म अष्ट्रेलियामा विदेशी विद्यार्थी र कामदारहरु जान पाएका थिएनन् । यसका कारण श्रम बजारमा देखिएको श्रमिक अभावको पूर्ति गर्न गएको वर्ष अष्ट्रेलियाले आप्रवासीको संख्या बढाएको थियो ।

    तर एक्कासि कीर्तिमानी संख्यामा आप्रवासीहरू आएपछि पहिला देखि दबाबमा रहेको घरभाडा बजारमा थप दबाब सृजना भयो भने घरबारबिहिनको संख्या बढेर सरकारको टाउको दुखाई बढ्दै गएपछि आप्रवासीको संख्यामा घटाउनतिर सरकार लागेको छ । दक्ष सिप भएका कामदार ल्याउन अन्य विकसित देशहरुबीच पनि चर्को प्रतिस्पर्धा चलिरहेकोले त्यस्ता कामदार भित्र्याउन अष्ट्रेलियाले विशेष खालको नयाँ भिसा ल्याउँदै छ ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer