☰
शनिबार, कार्तिक १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सांसद कोइरीलाई पक्राउ गर्न माग गर्दै असई विककी पत्नी काठमाडौँमा


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौँमा आएका छन् । सशस्त्र प्रहरीका दिवङ्गत असई थमन विककी पत्नी शोभा बिक र भाउजू कमला बिक काठमाडौँ आएका हुन् ।

    Advertisement

    २०७२ भदौ २५ मा महोत्तरीमा उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असई थमन बिकलाई एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए । जलेश्वरको संसारीमाई मन्दिर नजिकै आक्रमणकारीले उनको हत्या गरेका हुन् । सो आन्दोलनको नेतृत्व महोत्तरीको गौशाला नगरपालिका–२ घर भएका लक्ष्मी महतोले गरेका थिए ।

    एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार छन् ।

    राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।

    अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरुमा पठाएको छ । तर, अहिलेसम्म कोइरी पक्राउ नपरेको भन्दै पीडित परिवारले उनलाई पक्राउ गर्न माग गरेका छन् । थमनकी भाउजू कमलाले रातोपाटीसँग भनिन्, ‘न्याय खोज्न काठमाडौँ आएका हौँ, न्याय नपाएसम्म फर्किँदैनौँ ।’

    थमनका परिवार नेपालगन्ज–२५ शान्तिनगरबाट काठमाडौँ आएर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरूसँग भेटघाट थालेका छन् । प्रधानमन्त्री, उप प्रधान एवं गृहमन्त्री र आईजीपीलाई भेटेर कोइरीलाई पक्राउ गर्न दबाब दिने कमलाले जानकारी दिइन् ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer