• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

अलैंचीको मूल्य प्रतिमन ७४ हजार माथी, किसान मख्ख


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • पाँचथर । अलैंचीको मूल्य प्रतिमन (४० किलो) ७५ हजार रुपैयाँ हाराहारी पुगेको छ । पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सिजनको सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघले जनाएको छ ।

    Advertisement

    विशेषतः कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य आइतबार पाँचथरको फिदिममा प्रतिमन ७३ हजार र झापा बिर्तामोडमा ७४ हजार रुपैयाँमा किनबेच भयो ।

    बिर्तामोडमा उत्कृष्ट अलैंची प्रतिमन ७४ हजार, मध्यम ७३ हजार र सामान्य गुणस्तरको अलैंची ७२ हजार रुपैयाँमा किनबेच भइरहेको फिदिमका व्यवसायी खेम अधिकारीले जनाए । फिदिममा उत्कृष्ट अलैंची ७३ हजार, मध्यम ७२ हजार र सामान्य गुणस्तरका अलैंची ७१ हजार रुपैयाँमा किनबेच भइरहेको उनको भनाइ छ ।

    यस वर्ष सिजनको सुरुमा अलैंची प्रतिमन ५० हजार रुपैयाँ हाराहारीमा खरिदबिक्री भएको थियो । अहिले अलैंचीको मध्यम सिजन चलिरहेको छ । अलैंचीको उत्पादन भदौ दोस्रो सातादेखि सुरु हुन्छ । भदौदेखि कात्तिकसम्म बगानबाट निकालिने अलैंची प्रायः किसानले माघभित्रै बेचिसक्छन् । विगतका वर्षमा फागुनदेखि मात्रै मूल्य बढ्दा किसानले भाउ नपाउने समस्या रहेको फालेलुङ–८ का किसान मधुराज कुरुम्बाङले बताए ।

    अलैंची व्यवसायी भने यस्ता नगदे बालीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने टिप्पणी गर्छन् । ‘भारत र बंगलादेशसहितका बजारमा माग बढे मूल्य बढ्ने र माग घटे मूल्य पनि घट्ने हुन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अलैंची व्यवसायी दीपक नेपालले भने, ‘पछिल्लो समय भारत सिक्किम र भुटानमा पर्याप्त मात्रामा ठूलो दाना भएका अलैंची उत्पादन हुन थालेकाले सिजनमा नेपाली अलैंचीले भाउ पाउँदैन ।’

    अलैंची पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । ठूलो दाना, राम्ररी सुकेको र धूवाँ नलगाई सुकाएको अलैंचीलाई ‘क’ श्रेणीको मापदण्डमा राखिएको पनि उनले बताए । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादित अलैंची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अरू अन्न नफल्ने नहुने भिरालो खोल्सा र पाखा भित्तामा पनि उत्पादन हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर बोलाइने फिदिम–३ का किसान धनबहादुर राईको भनाइ छ ।

    अलैंची जस्तै अदुवा र अम्रिसो जस्ता नगदे बालीको न्यूनतम समर्थन मूल्य नतोकिँदा किसानलाई मर्का पर्ने गरेको किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल बताउँछन् । विशेषगरी पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र संखुवासभाका किसानको प्रमुख आयस्रोत नै अलैंची हो । नेपालमा ७ हजार टन अलैंची उत्पादन हुने गरेको कृषि विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७९/८० मा झापाको काँकडभिट्टा नाकाबाट मात्रै २ लाख बोरा अलैंची भारत निर्यात भएको थियो ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer