• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रित्तिदै विश्वविद्यालय, पहिला सिट पाउन मारामार हुने इन्जिनियरिङमा अहिले सिटभन्दा न्यून भर्ना


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाण्डौ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका इन्जिनियरिङ अध्ययन संस्थानमा पढाइ हुने इन्जिनियरिङका विभिन्न विधामा सिट संख्याभन्दा न्यून विद्यार्थी भर्ना भएका छन्। संस्थानको दोस्रो चरणको भर्ना लिस्टमा समेत सिट भरिन सकेको देखिन्न।

    Advertisement

    संस्थानका पाँच आंगिक कलेज र १० सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी अभाव भएको हो। कलेजहरूले इन्जिनियरिङतर्फ विद्यार्थी पाउनै छाडेको सञ्चालकहरूले बताउने गरेका छन्।

    मुलुकमै उत्कृष्ट मानिएको र विद्यार्थीको विश्वास जितेको त्रिभुव विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थाका विभिन्न विषयमा यतिखेर कलेजहरूले विद्यार्थी पाउनै सकेका छैनन्।

    पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक कलेजहरूमा समेत सिटभन्दा न्यून विद्यार्थी भर्ना भएपछि सरोकारवालाहरूले सरकारको गलत नीतिलाई दोष दिएका छन्।

    निजी कलेज सञ्चालकहरूले भने विद्यार्थीलाई विभिन्न छुट र छात्रावृत्तिको व्यवस्था उपलब्ध गराउँदा समेत स्वदेशमा विद्यार्थी पढ्नै नचाहेको देखिएको ललितपुरस्थित जनकपुर इन्जिनियरिङ कलेजका संस्थापक सागर श्रेष्ठको भनाइ छ।

    पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको वेबसाइटबाट प्राप्त भर्ना सिटको तथ्यांकअनुसार पुल्चोक क्याम्पस ललितपुरमा सिभिल, एरोस्पेस, केमिकल, आर्किटेक्चर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्पर्फर्मेसन, मेकानिकल, इलेक्ट्रिकल, कमप्युटर र सिभिल इन्जिनियरिङ विषयका लागि कुल सिट संख्या ६२४ रहेकोमा दोस्रो पटकसम्मको सूचना प्रकाशित गरी भर्नाको माग गर्दा समेत ११६ सिट खाली छन्।

    यसैगरी आंगिक कलेजहरू थापाथली क्याम्पस काठमाडौंमा कुल सिट संख्या ४३२ मध्ये २३४ खाली नै छ भने पश्मिाञ्चल क्याम्पस पोखरामा ४३२ सिट रहेकोमा १८४ सिटमा विद्यार्थी भर्ना भएका छैनन्।

    पूर्वाञ्चल क्याम्पस धरानमा इन्जिनियरिङका विभिन्न विषयमा ५२८ सिट रहेकोमा २१५ सिटमा विद्यार्थी नै आएनन् भने अर्को आंगिक कलेज चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा कुल सिट संख्या २४ छ। यस कलेजले आर्किटेक्चर विषय मात्र पठनपाठन गराउँदै आएको छ। तर अझै सात विद्यार्थी अपुग छ।

    चालु शैक्षिक सत्रमा थोरै विद्यार्थी मात्र भर्नाका लागि आएको संस्थापक श्रेष्ठ बताउँछन्। उनका अनुसार आंगिक कलेजभन्दा दयनीय अवस्थामा सम्बन्धन प्राप्त कलेजहरूको भर्ना स्थिति रहेको छ।

    जनकपुर इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स कमिनिकेसन एन्ड इन्पर्फर्मेसन, कमप्युटर ई र सिभिल गरी कुल १९२ सिट रहेकोमा हालसम्म कुल पाँच विद्यार्थी मात्र भर्नाका लागि आएको संस्थापक श्रेष्ठले बताए।

    उनले नेपालका कलेजमा विद्यार्थी भर्ना नहुनुमा सरकार दोषी रहेको आरोप लगाए। नेपालमा विश्वकै अब्बल इन्जिनियरिङ कोर्स भएको र आर्थिक हिसाबले सर्वसुलभ भए पनि सरकारको गलत नीतिका कारण विद्यार्थीमा आकर्षण कम भएको बताए।

    ‘कक्षा १२ को परीक्षा जेठमा भयो। साउनमा नतिजा आयो। परीक्षा दिएको ६ महिनासम्म पनि विश्वविद्यालयले भर्ना नखुलाएपछि विद्यार्थीहरूमा तनाव हुन्छ,’ संस्थापक श्रेष्ठले सरकारको गल्ती औल्याउदै भने, ‘यति मात्र होइन, इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि विवाद पनि भर्नाकै वरिपरि आयो। यसले गर्दा विद्यार्थीमा नेपालमा भर्ना हुने कि नहुने, पढाइ हुने कि नहुने भन्ने भयो। परीक्षा र नतिजाबारेको अन्योलले पनि उनीहरूमा मानसिक तनाव गरायो। जसले गर्दा विद्यार्थी धेरैले विषय परिवर्तन गरे भने कतिपय बिदेसिए। यसरी सरकारको गलत नीतिकै कारण नेपालका इन्जिनियरिङ कलेजहरू रित्तिँदै गए।’

    अर्को निजी कलेज सगरमाथा इन्जिनियरिङ कलेजका संस्थापक रमेश श्रेष्ठले पनि आफ्नो कलेजमा सिभिल, कमप्युटर र इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इनफर्मेसन गरी कुल १४४ सिटमध्ये ६७ सिट खाली रहेको जानकारी दिए।

    उनले माघ २ गतेदेखि कक्षा सञ्चालन हुने त्रिविले तय गरे पनि त्यसको एक सातासम्म पनि भर्ना गर्ने समय रहेको जनाए। उनका अनुसार इलेक्ट्रोनिकमा कहिल्यै पनि विद्यार्थी सिट पूरा नहुने प्रवृत्ति कायम छ। ‘२०६६, ६७ सालदेखि नै इलेक्ट्रोनिकमा विद्यार्थी घट्ने क्रम चल्यो। किनभने नेपालमा भएको युटिएल हरायो भने टेलिकम र एनसेलले कर्मचारी माग गर्न छाडे,’ उनले यथार्थता राख्दै भने, ‘नेपालमा इलेक्ट्रोनिक र कम्युनिकेसनसँग सम्बन्धित उद्योगहरू पनि छैनन्। यसले गर्दा यो विषय अध्ययन गरेपछि अवसर भएन र विद्यार्थी आकर्षण घट्दै गयो।’

    उनका अनुसार हाल सभिलभन्दा कम्प्युटर इन्जिनियरिङको आकर्षण बढेको छ। तर समयमा पठनपाठन, परीक्षा, भर्ना शैक्षिक क्यालेन्डरअनुसार नभएका कारण विद्यार्थी बिदेसिन थालेका हुन्। ‘नेपालको इन्जिनियरिङ अध्ययन विश्वस्तरमै अब्बल र सर्वसुलभ मानिन्छ,’ संस्थापक रमेश श्रेष्ठाले नागरिकसँग भने, ‘स्नातक गरेर स्नतकोत्तर गर्न विदेश जानुभन्दा बरु कक्षा १२ पास गरेरै स्नातक चार वर्ष अध्ययन गर्न बिदेसिँदा धेरै अवसर पाउने भएको र स्वदेशमा अवसरको कमीका कारण पनि विद्यार्थीले नेपालमा पढ्ने रुचि कम देखाए। सरकारले समयमै ध्यान नदिए अब नेपालमा विद्यार्थी पाउनै मुस्किल पर्छ।’

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरेको जनाए। उनले अब विश्वविद्यालयहरूले आआफ्नो शैक्षिक क्यालेन्डरअनुसार पठनपाठनको व्यवस्थापन गरे मात्रै स्वदेशमा विद्यार्थीको आकर्षण बढ्ने बताए।

    ‘विश्वविद्यलयको भर्ना प्रक्रिया ढिला हुनासाथ विद्यार्थीहरूमा मानसिक तनाव हुन्छ। चाहेको विषय अध्ययन गर्न पाउँदैनन्। यसकारण पनि विकल्पको खोजीमा विद्यार्थी बिदेसिन बाध्य बन्छन्,’ अध्यक्ष शर्माले भने, ‘स्वदेशमा विद्यार्थी घट्ने र विश्वविद्यालय तथा कलेजहरूको संख्या वृद्धि हुन थाल्यो। अर्कोतिर अवसर पनि छैन। यसकारण पनि विद्यार्थी बिदेसिन थालेका हुन्। हाल सरकारको एनओसी नीतिमा पनि केही परिमार्जन गर्नुपर्ने आवश्यकता देखियो।’

    इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन एवं प्रवेश परीक्षा तथा भर्ना बोर्ड समिति अध्यक्ष सुशीलबहादुर बज्राचार्यले यसपटक इन्जिनियरिङतर्फ भर्नाको मुखमै शुल्क बृद्धि विवाद चर्काएर संस्थानलाई एकथरीले डुबाउन खोजेकाले विद्यार्थीको रुचि कम भएको औंल्याए।

    ‘भदौ २५ मा हुने प्रवेश परीक्षा कात्तिकमा भएर डेढ महिना ढिला भएकै हो,’ सहायक डिन बज्राचार्यले नागरिकसँग भने, ‘फाराम भर्ने १० हजार थिए। जसमध्ये ८ हजारले परीक्षा दिए। सिट संख्याको १.५ गुणा बढी विद्यार्थी पास भएकै हुन्।’

    उनले अझै औंल्याए, ‘आइओईलाई बदनाम गरेर नेपाली विद्यार्थी विदेश पठाउने सेटिङमा केही तत्त्व लागिपरेका छन्। यसको मारमा हाम्रा शैक्षिक संस्थानहरू पर्दैै गएका छन्।’

    उनले आइओईको पढाइ अब्बल र सस्तो भए पनि विद्यार्थीलाई आइओईको विरोधमा भड्काउने चलखेल भइरहेको दाबी गरे। चालु शैक्षिक सत्रमा संस्थानका पाँच आंगिक कलेज र १० सम्बन्धन प्राप्त गरी कुल १५ कलेजका लागि ४ हजार ३४४ सिट निर्धारण गरिएकोमा हालसम्म २ हजार ५९२ सिटमा विद्यार्थी आएनन्।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer