• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

लापरबाही गर्दै प्राधिकरण सिकार हुदै नागरिक


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • बझाङ। गत शनिबार बिहान खेतमा पानी लगाउन गएको बेला केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भयो । शनिबार बिहान चौडामबगरनजिक पर्ने धामीराटी सिंचाई कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको घटनास्थल मै ज्यान गएको हो ।

    Advertisement

    १० बजेतिर गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका भण्डारी अबेर सााझसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा चौडामबगरको कान्द्वाल भीरमा रात आठ बजेतिर मृत फेला परेका थिए । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेश चौधरीले विद्युतको हाइटेन्सन तार टाउकोले छुन सक्ने ठाउँमा रहेको र निहुरिएर उठ्ने क्रममा तारमा छोइएर करेन्ट लागेको हुन सक्ने बताए ।

    केदारस्युँ गाउँपालिकामा करेन्ट लागेर स्थानीयले ज्यान गुमाएको यो पहिलो घटना भने होइन । यस अघि २०७८ साल साउनमा वडा‍-१ कै ४८ वर्षिया उजलीदेवी बोहराको पनि राष्ट्रिय प्रशारण लाइन मै करेन्ट लागेर मृत्यु भएको थियो । घाँस काटन जानेक्रममा केदारस्युँको गाज्रा भन्ने बाटोमा हिंडिरहेको बेला विद्युतको पोलमा छोइदा करेन्ट लागेर उनको पनि घटनास्थलमै ज्यान गएको थियो ।

    लापरबाहीपूर्वक विद्युतको तार छोडिएका कारण यहाँ करेन्ट लागेर घाइते भएका घटनाहरु पनि दोहोरिरहेका छन् । गएको कार्तिक महिनामा मात्रै यही वडाकी २२ वर्षिया महिन्द्रा साँउद भण्डारी पनि करेन्ट लागेर घाइते भएकी थिएन् । डालेघाँस काट्न रुख चढेका बेला सिमलको रुखमा छोइएको विद्युतको तारको झड्का लागेर उनी जयपृथ्वी राजमार्गमा खसेकी थिएन । उनको अहिले पनि उपचार भइरहेको छ ।

    २०७७ साल चैत महिनामा केदारस्युँ गाउँपालिका –१, कापडी गाउँकी १३ वर्षिया कौसल्या भण्डारी पनि करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । गोठालो गएकोले विद्युतको तार खुट्टाले छोइँदा उनलाई झड्का लागेको थियो । लामो समय उपचार गरेपछि उनी अहिले हिँडडुल गर्न सक्ने भएको उनको परिवारले जानकारी दिएको छ ।

    विद्युत प्राधिकरणले लापरवाहीपूर्वक तार छोडेका कारण पटकपटक दुर्घटना भइरहेको भएपनि सुरक्षाका उपाय अबलम्बन नगरेको स्थानीयले आरोप लगाएका छन् । ‘केदारस्युँको- १ मा मात्रै दर्जनौं ठाउँमा लापरबाहीपूर्वक तार छोडिएको छ । ढलेका पोल पनि उठाइएका छैनन् । बेताल माध्यमिक विद्यालयका शिक्षक दीर्घ भण्डारीले भने ‘करेन्ट लागेर मान्छेहरु मर्न थाले । घाइते हुन थाले व्यवस्थित गरिदिनुहोस भन्दा प्राधिकरणले सुन्दैन ।’ उनले शनिबार भएको घटनामा प्रहरीले घटनास्थलको नाप गर्दा विद्युतको तार जमिनबाट ५ फिट ९ इन्च मात्रै उचाईंमा रहेको पाइएको र सीधा उभिँदा मृतकको तालुमा करेन्ट लागेको हुनसक्ने बताए ।

    केदारस्युँ गाउँपालिका-१, का स्थानीयका अनुसार नारुगौंडा र तुसारी झार भन्ने ठाउँमा विद्युतको पोल बांङगो भएर तार लत्रिएको छ महिना भैसक्दा पनि व्यवस्थित गरिएको छैन । यही वडाको चौडाम गाउँको तोलेनी, बिलैबगर, जुडे ओडार र नाथ बस्तीनजिक तारको उचाई जमिनबाट छ फिट भन्दा कम रहेको र यहाँ पनि दुर्घटनाको सम्भावना छ । सोही वडाको पथुडा, नुवाँपनाला, चौडाम बगर र सिमल रुख भन्ने ठाउँमा विद्युतको तारले हरियो रुखलाई छोएको हुनाले दुर्घटनाको जोखिम रहेको छ ।

    वडा कार्यालयले यहाँको समस्याको बारेमा लिखित र मौखिक रुपमा जानकारी दिएको भएपनि विद्युत प्राधिकरणले वास्ता नगर्दा पटकपटक दुर्घटना भइरहेको वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर भण्डारीले बताए । ‘यो-यो ठाउँमा समस्या छ भनेर हामीले प्राधिकरणलाई पटक-पटक भन्दै आएका छौं । मौखिक रुपमा भन्दा नमानेपछि तीन महिना अगाडि त पत्रै काटेर पनि अनुरोध गर्यौं’,भण्डारीले भने, ‘हाम्रो अनुरोधलाई उहाँहरुले वास्तै गर्नु भएन । आज यस्तो घटना भयो ।’

    प्राधिकरणको लापरबाहीले गर्दा वडाभरी नै विद्युतीय धराप विच्छ्याए जस्तो भएको र कुन बेला दुर्घटना हुने हो भन्ने डरले स्थानीय त्रसित भएको उनले बताए ।

    यता नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्का भने विद्युतको तार जमिन नजिक रहेको कुरा कतैबाट जानकारी नआएको कारण दुर्घटना भएको बताए ।

    ‘यो पाँच वर्ष पहिला निर्माण भएको लाइन हो । ठाउँ ठाउँमा बिग्रिएको छ । जोखिम रहेको ठाउँमा हामीले आफैं पत्ता लगाएर पनि तारलाई व्यस्थित गर्ने गरेका छौं,’ उनले भने, ‘शनिबार घटना भएको ठाउँमा हामीलाई कसैले जानकारी पनि गराएन । भिरमा भएकोले हाम्रो पनि नजर परेन । त्यसैले दुर्घटना भयो ।’ उनले विद्युतको तार कतै जोखिमपूर्ण अवस्था रहेको भए तत्काल व्यवस्थित गरिने समेत बताए ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer