• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कमिशनमा लुप्त ट्रमा सेन्टरका चिकित्सक


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले बिरामीलाई त्रास देखाएर विस्तारित स्वास्थ्य सेवा (इएचएस) बाट कमिसन असुल्दै आएको पाइएको छ । कमिसनकै लागि नियमित समय तालिकामा उपचार हुन लामो समय लाग्ने भन्दै ट्रमाका चिकित्सकहरूले इएचएस सेवामा उपचार गराउन बिरामीलाई बाध्य पार्ने गरेको आरोप लागेको छ ।

    Advertisement

    ‘विस्तारित अस्पताल सेवा (इएचएस) कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि-२०७८’ बनाएर ट्रमा सेन्टरले इएचएस सेवा सुरु गरेको थियो । यो ऐच्छिक सेवा हो । त्यसैले यो सेवा चिकित्सकहरू र बिरामीहरूका लागि ऐच्छिक हुनु पर्ने हो । तर, कमिसन आउने भएपछि पछिल्लो समय चिकित्सकहरूका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ भने बिरामीहरूका लागि घरखेत नै बेच्नुपर्ने बाध्यात्मक ।

    प्रशासन डटकमलाई प्राप्त कागजात अनुसार नियमितमा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा हुने उपचारका लागि इएचएसमा बिरामीले पच्चिस हजार रुपैयाँसम्म तिरेको पाइएको छ । यसैगरी इएचएससँगै रिएजेन्टमा पनि कमिसनका लागि सेटिङ भएको छ । रगत जाँच गर्दा रिएजेन्टबाट गर्ने गरिन्छ ।

    पाता निकाल्नकै लागि बिरामीबाट २५ हजार रुपैयाँसम्म लिइएको छ । कमिसनका लागि बिरामीलाई नियमित सेवामा नराखी त्रास देखाएर इएचएसबाट पाता निकालेको पाइएको हो । ‘नियमित सेवामा लामो समय कुर्नु पर्छ, समय लाग्छ, पाता तुरुन्त निकाल्नु पर्छ भनेर तर्साउने गर्दछन्,’ स्रोतले भन्यो, ‘डराएका बिरामीले तत्कालै निकाल्न राजी हुन्छन् । बिरामीमाथि लुट नै छ ।’

    त्यसो त पाता ननिकाल्दा पनि फरक पर्दैन । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार भोलि स्वास्थ्य थप जोखिममा नपरोस् भन्नका लागि पाता निकाल्ने गरिएको हो । ‘एक डेढ वर्षपछि निकाल्दा पनि खासै फरक पर्दैन,’ उनी भन्छन्, ‘बिरामीको रुची मै पाता निकाल्ने गरिन्छ । बाध्य पारिँदैन ।’ तर, ट्रमामा साधारण बिरामीलाई पनि अत्त्याएर तुरुन्त अप्रेसन गराउने नियति नै बनेको स्रोतले बतायो । जसका कारण बिरामीहरू महँगो पर्ने इएचएस सेवा मार्फत अप्रेसन गराउन बाध्य छन् ।

    इएचएस सेवा मार्फत प्राप्त हुने शुल्कमध्ये ६० प्रतिशत डाक्टरहरूले र बाँकी ४० प्रतिशत अस्पताल, स्टाफ र अन्य ओटीको लागि छुट्याइएको हुन्छ । ट्रमामा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुने गर्दछ । जसमा दैनिक १५ वटासम्म इएचएसमा हुने गरेको छ । नियमित रुटिनमा नभ्याएका बिरामीलाई मात्र इएचएसमा अप्रेसन गर्ने गरिएको डा. रिजालको भनाइ छ । उनी भन्छन्, ‘ट्रमाको सबै केसहरू नियमित रुटिनमै हुने गर्छन् ।’

    अर्कोतर्फ अप्रेसनको २५ हजार तिरेको बिरामीले बाहिरबाट आउने सामानको डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । पाता, स्क्रु, घुँडाको ज्वाइन्ट फेर्न, कम्मरको ज्वाइन्ट फेर्न आवश्यक पर्ने पाताहरू अस्पतालको फार्मेसीमा पाइँदैन । ट्रमा सेन्टरका चिकित्सक र व्यापारीको मिलेमतोका कारण हाड जोर्नीको उपचारमा प्रयोग हुने प्रत्यारोपण सामग्रीलाई बिरामीहरूले बढी मूल्य तिर्न बाध्य छन् ।

    बिरामीले बाहिरबाट किन्ने सामानहरू पनि सेटिङमै सप्लाई र खपत हुने गर्छ । सेटिङ अनुसार बिरामी भर्ना भएपछि व्यापारी सामान बोकेर बिरामी कहाँ आइपुग्छन् । शल्यक्रिया कक्षमै डाक्टर र प्रत्यारोपण सामग्री बिक्रेताबिच साँठगाँठ हुने गरेको छ । स्रोतका अनुसार कुनै बेला बिरामीका आफन्तलाई प्रत्यारोपण सामग्री राख्न सुझाउने डा. बद्री रिजाल अहिले ट्रमा सेन्टरको प्रमुख छन् । आफूमाथि लागेका आरोप डा. रिजालले ठाडै अस्वीकार गर्छन् ।

    उनी भन्छन्, ‘निजी अस्पतालमा त्यही अप्रेसन गर्दा लाखौँ लाग्नेमा ट्रमामा हजारमा हुने गरेको छ । सरकारी अस्पतालमा धेरै बिरामीले सुविधा पाउँदा घाटा कसलाई ?’ प्रत्यारोपणका लागि आवश्यक पर्ने सबै सामग्रीहरू अस्पतालले राख्न नसक्ने भएकाले सूचीमा दर्ता भएका इम्प्लान्ट कम्पनीले मात्र सामग्री उपलब्ध गराउन पाउने उनले बताए । सामग्री उपलब्ध गराउने कम्पनीले अनिवार्य भ्याट बिल उपलब्ध गराउनु पर्ने अन्यथा कारबाही हुने डा. रिजालको भनाई छ ।

    इएचएस र रिएजेन्ट बारे गुनासो आएपछि प्रधानमन्त्री कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेसमेत स्पष्टीकरण सोधेको छ । दुर्घटनामा गम्भीर घाइते बिरामीको हाडजोर्नी सम्बन्धी उपचार गर्ने देशभरमै कहलिएको सरकारी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित छ ।

    स्वास्थ्य सेवा राज्यले सहजरुपमा नागरिकलाई उपलब्ध गराउनु पर्ने हो । सबैका लागि सरल, सहज र प्रभावकारी हुनुपर्ने स्वास्थ्य सेवा गरिब र विपन्न नागरिकहरूलाई त निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने हो । तर, नेपालमा भने सबैभन्दा ठूलो व्यापार नै स्वास्थ्यमा छ । निजी त व्यापारकै लागि खोलिएका छँदैछन्, सरकारीलेसमेत लुट्ने योजना बनाउँछन् भने कसलाई के भन्ने !

    जनशक्ति उत्पादन तथा व्यवस्थापनदेखि भौतिक पूर्वाधारलगायत उपकरण खरिद, जडान र प्रयोगसम्मै सेटिङमा चल्ने यो देशमा नीति निर्मातादेखि नेतृत्वसम्मै तै चुप मै चुपमा चलिरहेका छन् । बोल्छन् एउटा, गर्छन् अर्को ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer