• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कृषिप्रधान देशमा बार्षिक १४ अर्वको आलु र प्याजमात्र आयात


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • काठमाडौँ । पछिल्लो समय आलु र प्याजको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण यी दुई कृषि उपजको बहस सिर्जना भएको छ । स्वदेशमै उत्पादित आलु करिब दश महिना र प्याज तीन महिना खाना पुग्ने देखिएको छ ।

    Advertisement

    स्वदेशी आलुले करिब दश महिना नेपाली माग धान्छ भने बाँकी दुई महिना आयातित आलु खाने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलको अनुमान छ । उनका अनुसार देशभर ३४ लाख मेट्रिक टन आलु वार्षिक उत्पादन हुन्छ । स्वदेशमा उत्पादित आलुले ८८ प्रतिशत माग धान्ने गरेको छ । १२ प्रतिशत आलु आयात हुने पौडेलको भनाई छ ।

    ‘देशको टोटल खपतको १२ प्रतिशत जति आयात र ८८ प्रतिशत जति नेपाली आलु देखेको छु,’ उनले भने, ‘आलु आयात नगरिए पनि करिब १० देखि साढे १० महिना आलु खाना पुग्ने जस्तो देखिन्छ ।’ नेपालमा उत्पादन हुने आलुमध्ये बजारमा के–कति आइपुग्छ भन्ने यकिन तथ्यांक नभएको उनी सुनाउँछन् । ‘दुर्गम जिल्लाहरुको, हिमाली भेग र उच्च पहाडी भेगको आलु बजारसम्म आइपुग्दैन,’ उनले भने, ‘त्यहाँका मान्छेले आफैँ उपभोग गर्छन् ।’

    स्वदेशी आलुको उत्पादन र क्षेत्रफल बढ्दो

    मुलुकमा स्वदेशी आलुको उत्पादन र क्षेत्रफल बढ्दो छ । आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ९८ हजार क्षेत्रफलमा गरिएको आलु खेतीबाट ३४ लाख १० हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यस्तै, आव ०७७/०७८ मा १ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा गरिएको आलु खेती ३३ लाख २५ हजार मेट्रिक टन उत्पादन भएको थियो । यस्तै, आव २०७६/०७७ मा १ लाख ८८ हजार हेक्टर क्षेत्रफलबाट ३१ लाख ३१ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यी उत्पादनबाट बजार के–कति आलु आउने यकिन तथ्यांक नरहेको जनाइएको छ ।

    नेपालमा उत्पादित आलुको विवरण


    स्वदेशमा उत्पादित आलुले करिब १० महिना नेपाली माग धान्न सक्ने सरोकारवाला निकायको दाबी छ । आन्तरिक उत्पादनले यहाँको मागधान्नसक्ने तरकारीबाली विकास केन्द्रका सूचना अधिकारी तथा बागवानी विकास अधिकृत डोलराज पाण्डेले दाबी गरे । ‘आन्तरिक उत्पादनले हामीलाई खाना पुगेको छ, जम्मा खपत हुने आलुमध्ये ९० प्रतिशत आन्तरिक उत्पादन र १० प्रतिशत आयातित छ,’ उनले भने,‘आयात हुने आलु औद्योगिक प्रयोजनको लागि हो ।’

    पाण्डेका अनुसार आयात हुने आलु मुख्य गरी रेष्टुरेन्टमा फ्रेन्ज फ्राईको लागि प्रयोग भएको छ । सो आलु वार्षिक करिब ८ अर्ब रुपैयाँ बराबरको आयात गरिने उनले बताए ।

    नेपाली प्याजले कति महिना धान्छ ?

    नेपालमा उत्पादित प्याजले वर्षभरको नेपालको मागको एक तिहाइ मात्रै पुग्ने केन्द्रका अधिकृत पाण्डेले बताए । उनका अनुसार नेपालमा १३ हजार एक सय ८९ हेक्टर क्षेत्रफलमा मात्रै प्याज खेती गरिन्छ । यसबाट एक लाख ६६ हजार नौ सय चार मेट्रिक टन प्याज उत्पादन हुन्छ ।

    यो प्याजले करिब तीन महिनामात्रै खाना पुग्ने उनले बताए । नेपालको वार्षिक प्याज माग चार लाख एक सय मेट्रिक टन छ । आन्तरिक उत्पादन प्याजले करिब तीन महिना पुगेपनि बाँकी नौ महिनाका लागि प्याज आयात गर्नुपर्ने उनले उल्लेख गरे । ६ अर्ब रुपैयाँ बराबरको प्याज वार्षिक आयात हुने उनले बताए

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer