• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

यसरी काटियो ध्रुवे हात्तीको दाह्रा


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • चितवन । चितवनमा र पर्सा क्षेत्रका बस्तीमा पसेर पटक- पटक वितण्डा मच्याउँदै आएको ‘ध्रुवे ’ हात्तीमा रेडियोकलर मेसिन जडान गरिएको छ ।

    Advertisement

    चितवन राष्ट्रिय निकुञ्जले हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखिभार क्षेत्रको घासे मैदानमा डार्ट गरेर हात्तीको घाँटीमा रेडियोकलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

    रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने तिवारीले बताउनु भयो। ‘अब हात्तीको अवस्थाबारे जानकारी लिन सहज हुने छ । रेडियोकलर जडान गरिसकेपछि हात्ती बस्तीमा प्रवेश गर्न लागेको खण्डमा स्थानीयलाई जानकारी गराउन सकिने भएको छ,” तिवारीले भन्नुभयो ।

    रेडियोकलर जडान गर्ने क्रममा हात्तीको दाह्रा पनि काटिएको छ । दाह्रा काटेसँगै हात्तीले गर्ने क्षतिमा पनि कमी आउने तिवारीले बताउनु भयो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे गएको तिहारको समययता बस्तीमा पस्न थालेपछि निकुञ्जले त्यसलाई डार्ट गरी रेडियोकलर जडान गरेको हो । रेडियो कलर जडानका लागि निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली र पाँचवटा पालुवाहात्ती परिचालन गरिएको थियो ।

    यस्तो छ ध्रुवेको विगत

    ध्रुवेको उपद्रो करिब १५ वर्ष अघिदेखि नै सुरु भएको हो । २०६६ देखि २०६९ सालसम्म यो हात्ति निकै चर्चा थियो । स्थानीयलाई निकै ‘दु:ख’ दिएको ध्रुवे हात्तीले त्यो चार बर्षको अवधिमा मात्र १५ जनाको ज्यान लिएको थियो । ध्रुवे हत्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जको अनुमान छ ।

    २०७५ सालमा यसले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले साङ्लो चुँडाएर जंगलतर्फ लगेको थियो ।

    यो हात्तीले पटक पटक बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गरेर स्थानीयलाई पटक पटक हैरानी दिदै आएको छ । सारै दु:ख दिएपछि एकदसक अघिनै सरकारले धुर्बे हात्ती मार्न भनेर १६ लाख रुपैयाँसम्म खर्च गरेको थियो। सरकारको निर्देशन अनुसार सेनाले कैयौँ पटक कोसिस गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन। त्यसयता केही समय शान्त जस्तो देखिएको यो हात्ति गएको तिहारयता वस्ती पस्न थालेपछि स्थानीय भयवीत बनेका छन् ।

    अब हात्तीमा रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ? के गर्दैछ ? भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने भएको छ । रेडियोकलर जडान गरेसँगै हत्ताी बस्ती पस्न लागेको जानकारी स्थानीयलाई दिन सकिने भएको छ ।

    विशेष गरी चितवन र पर्सा क्षेत्रमा ‘ध्रुवे’, ‘गोबिन्दे’ र ‘रोनाल्डो’ नामका हात्तीले विध्वंस मच्चाउँदै आएका छन्। गोबिन्दे र रोनाल्डो हाल शान्त देखिएका छन् भन्ने ध्रुवे उन्मत्त देखिएको निकुञ्जका अधिकारीहरु बताउछन् ।

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer