• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ? जानी राखौं


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • गिजा हाम्रो दाँतको लागि सुरक्षात्मक कवच हो । यदि गिजामा कुनै प्रकारको रोग लागेमा यसले हाम्रो दाँतको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस कारणले गर्दा गिजा स्वस्थ रहनु धेरै महत्वपूर्ण छ ।

    Advertisement

    गिजा पाक्ने, दुख्ने समस्या दाँतको उचित हेरचाह नगर्दा हुने समस्या हो । गिजाको रोग पहिल्यै पत्ता लगाउन सकिँदैन तर केही समयपछि गिजा दुख्न थाल्छ ।

    गिजाको समस्या किन हुन्छ ?

    गिजाको समस्या निम्तने प्रमुख कारण दाँत तथा गिजामा अड्किएको फोहोर हो । हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ । केही सेकेन्डमा नै पातलो तह बन्दछ । यस प्रक्रिया २–४ घण्टादेखि सुरु भएर करिब ४ दिन सम्ममा दाँतबाट ननिस्किने दन्ते लेउमा परिवर्तन हुन्छ । यही दन्ते लेउ नै गिजा सम्बन्धी समस्याको मूल कारण हो ।

    यदि दन्ते लेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा ‘क्याल्कुलस’ दन्ते पत्थरमा बद्लिन्छ, जुन एकदमै कडा हुन्छ । उक्त दन्ते पत्थरले अझै धेरै दन्ते लेउ जम्मा गराउन मद्दत गर्छ । जसले गर्दा गिजाको संक्रमण देखा परेर गिजाबाट रगत आउने, गिजा दुख्ने हुन्छ । जुन पेरियोडोन्टाइटस नामको रोगको मुख्य कारण बन्न सक्छ । त्यो रोगले गिजा यति कमजोर हुन्छ कि, दाँत हल्लिने र झर्ने समस्या समेत आउँछ ।

    गिजाको समस्या हुँदा देखा पर्ने लक्षणहरू

    गिजाको रंग बिस्तारै बद्लिदै रातो हुनु, गिजा चलाउँदा वा ब्रस गर्दा रगत आउनु, पछि पछि संक्रमण बढ्दै जाँदा गिजा नचलाउँदा पनि आफैं रगत आउनु, गिजा क्रमशः सुन्निदै जानु आदि गिजाको समस्याको लक्षणहरू हुन् ।

    यसको उपचार के छ ?

    यदि गिजा सम्बन्धी कुनै समस्या देखा परे दन्त चिकित्सककोमा गएर गिजामा जम्मा भएको दन्त लेउ र दन्ते पत्थरलाई सफा गर्नुपर्छ । जम्मा भएर बसेको फोहोर सफा भएपछि गिजाको समस्या ठिक हुन्छ ।

    गिजासम्बन्धी जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ । गिजाको आकार एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठुलो सुन्निएको, आदि अवस्थाहरूमा शल्यक्रिया गर्नुपर्छ । यसको लागि गिजा रोग विशेषज्ञ दन्त चिकित्सक सँग परामर्श गर्नुपर्दछ ।

    गिजालाई स्वास्थ्य राख्न के गर्न सकिन्छ ?

    दिनको दुई पटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्नुपर्छ । दाँत माझ्दा फ्लोरिडेटेड पेस्टको प्रयोग गर्नुपर्दछ जसले दाँतलाई मजबुत बनाउँछ । दाँत माझ्नुको साथै हरेक पटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्ते लेउ जस्तो फोहोर बस्न दिँदैन ।

    दाँतको बिच-बिचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ त्यसैले डेन्टल फ्लसको प्रयोग गरेर निकाल्नुपर्छ ।

    खानेकुराहरूमा पनि ध्यान दिनुपर्छ । दाँतमा टाँसिने वा गुलिया खानेकुराहरू एकदमै कम मात्रामा खानुपर्छ ।

    सकेसम्म वर्षको दुई पटक ६-६ महिनाको फरकमा वा कम्तीमा पनि वर्षमा एक पटक दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुको साथसाथै दाँत सफा गराउनु पर्छ ।

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer