• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

बच्चाको आँखामा गाजल लगाउने कि नलगाउने ? जानी राखौं


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • काठमाडौं । जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो हुन्छ भन्ने सोच समाजमा देखिन्छ । तर यो कति सही छ त ?

    Advertisement

    शिशुको आँखामा गाजल लगाइदिन जरुरी नभएको बाल नेत्ररोग विशेषज्ञ डा. सुजाता भण्डारी बताउँछिन् । । ‘आँखा त्यसै सुन्दर हुन्छ, बच्चाको आँखामा गाजल लगाउन जरुरी हुँदैन । यसले आँखामा विभिन्न समस्या ल्याउन सक्छ,’ उनी भन्छिन् ।

    पछिल्लो समय भएका अध्ययनले पनि नवजात शिशुको आँखामा गाजल लगाउनु हानिकारक हुनसक्ने देखाएका छन् ।

    ‘आँखामा गाजल लगाउँदा चिसो नपस्ने भन्ने कुरामा पनि सत्यता छैन,’ डा. भण्डारी भन्छिन्, नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्‍याउन सक्छ ।’

    गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने डा. भण्डारी बताउँछिन् । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ ।

    अझ बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अंगमा पनि क्षति गर्न सक्ने डा. भण्डारी बताउँछिन् ।

    कोर्नियल अल्सरको जोखिम

    डा. भण्डारीका अनुसार गाजल लगाउने क्रममा कर्निया पनि ड्यामेज हुने सम्भावना हुन्छ । कर्नियामा लगातार क्षति पुगेमा कोर्नियल अल्सरको जोखिम हुन्छ ।

    गाजलमा हुने लिड कार्बन जस्ता केमिकल हुन्छ, जसलाई टिकाउन तेल पनि प्रयोग हुन्छ । ‘यो आँखाको लागि जोखिमयुक्त मानिन्छ,’ डा. भण्डारी भन्छिन् ।

    घरेलु गाजल सुरक्षित हुन्छ ?

    कतिपयले घरमा प्राकृतिक सामग्रीबाट बनेको काजल सुरक्षित हुने विश्वास गर्छन् । तर घरमा बनाएको प्राकृतिक गाजल होस् वा बाहिरको कुनै पनि किसिमको गाजल बच्चाको आँखाको लागि सुरक्षित नहुने डा. भण्डारी बताउँछिन् । ‘वास्तवमा बच्चाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि संक्रमण हुन सक्छ । गाजल लगाउँदा हात वा सिन्काकै प्रयोगबाट पनि कीटाणु आँखामा पर्न सक्छ,’ उनी भन्छिन् ।

    त्यसैले आँखालाई राम्रो बनाउने चक्करमा आँखा बिग्रिन सक्ने हुँदा गाजल नलगाउन उनी सुझाउँछिन् ।

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer