• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रातारात अस्पताल नै गायब


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • विराटनगर । “बिहान एकाएक अस्पताल त खाली भएछ भनेर खबर आएपछि हामी सबै हतारिएर हेर्न गयौँ । रातबिरात अरूको सुरक्षा गर्ने प्रहरीले आफ्नै अस्पताल नगरबासी निदाएका बेला मध्यरातमा सारेर लगेछन्,” मोरङ बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले भनिन् ।

    Advertisement

    बेलबारी नगरपालिका–३ मा नेपाल प्रहरीले सञ्चालन गरेको कोसी प्रदेशस्तरीय अस्पताल रातारात सारेर सुनसरीको इनरुवा सारिएपछि उपमेयर थापाजस्तै धेरै नगरबासी बिलखबन्दमा परेका छन् । के कति कारणले नगरबासी निदाएका बेला मध्यरातमा अस्पतालका झिटीगुन्टा इनरुवा पुर्‍याइयो भन्दै प्रश्न गरिरहेका छन् । स्थानीयसहित राजनीतिकर्मी, जनप्रतिनिधि र सरोकारवालाले अस्पताल साविककै स्थानमा पुनःस्थापित गराउन माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

    नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारी सञ्चालित अस्पताल एक्कासि सारिएपछि मंगलबार साँझ त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर थापा र स्थानीय राजनीतिकर्मीको टोलीले मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । अस्पताल साविककै स्थानमा कायम गराउन पहल लिइदिन ध्यानाकर्षण गरेको सांसद सुवेदीले बताए ।

    “रातको समयमा सरसामान लगिएपछि हामी सबै छक्क परेका छौँ । केही विषय भए छलफल गर्दा हामी निकास निकाल्ने थियौँ । तर, त्यस्तो केही भएन,” उनले भने ।

    अस्पताल सारिएको बारे ज्ञापनपत्र दिएर मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गर्दै बेलाबारीकी उपमेयर र सांसदहरू ।

    २०७९ फागुन ११ गते तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पताल उद्घाटन गरेका थिए । खासमा त्यसबेला ट्रमा सेन्टरको रूपमा अस्पताल सञ्चालन गर्ने तयारीसाथ राजमार्गसँगै खोलिएको सिंहले बताएका थिए । इलाका प्रहरी कार्यालय बेलबारी नयाँ भवनमा सरेपछि राजमार्गसँगै रहेको प्रहरी भवनमा अस्पताल सञ्चालन गरिएको थियो ।

    तर, सञ्चालनको एक वर्ष पनि नपुग्दै सुनसरी जिल्ला समन्वय समितिको भवनमा अस्पताल सारिएको छ ।

    उपमेयर थापाले यसअघि नगरपालिकाले एसी जडान गर्नेदेखि अन्य सहयोग समेत गरेको बताइन् ।

    “यसपटक अस्पतालको संरचनादेखि अन्य सुधारका लागि सहयोग होस् भनेर रातो किताबमै उल्लेख गरी १० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका थियौँ,” थापाले भनिन् ।

    अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकारसमक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोसी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिने सहमति जनाएका थिए ।

    यसबारे सुवेदीले भने, “मैले आफ्नै जग्गा दिने भनेको हुँ । त्यो नभए अहिले नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालमै प्रहरी अस्तपाल सञ्चालन गर्न प्रस्तावसमेत गरिएको थियो । तर उहाँहरूले सल्लाह नै नगरी रातारात भाग्नुभएछ ।”

    बारे कोसी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलासँग बुझ्दा केन्द्रीय कार्यालयबाट निर्देशन भएबमोजिम नै अस्पताल सारिएको जवाफ पाएको सांसद सुवेदीले सुनाए ।

    स्थानीय दिनेश गिरीले आफूहरूले यसबारे मुख्यमन्त्री केदार कार्कीलाई समस्या राखेको र सरकारले अस्पताल सारिएको विषयमा छलफल गर्ने आश्वासन दिएको बताए ।“बेलबारीमा अस्पतालको आवश्यकताबारे हामीहरूले भन्नुपर्दैन किनभने जनताले लामो समयदेखि माग गरिरहेको विषय हो । तर, भएकै अस्पताल समेत सरेर जाँदा हामीलाई समस्या भएको छ,” उनले भने ।

    मुख्यमन्त्रीले यसबारे प्रहरीको माथिल्लो निकायसँग समेत छलफल गर्ने बताएको गिरीले सुनाए । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले पहिले पनि अस्पताल आफ्नो ठाउँमा स्थापना गर्न खोजेको र यसपटक उनकै जोडबलमा अस्पताल सारिएको भन्ने खुल्न आएको गिरी बताउँछन् ।

    उनले भने, “अहिले उता दुई बिघा तीन कठ्ठा जग्गासमेत उपलब्ध गराएर अस्पताल सारिएको भन्ने सुनिएको छ ।”

    प्रहरीले बेलबारीमा भएको संरचनास्थल साँघुरो भएको भनी पहिले पनि गुनासो गर्ने गरेको गिरीले सुनाए ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer