• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

छोराको चिन्तामा गलेकी आमा


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • दाङ । विद्यार्थी भिसामा रुस पुगेका छोरा युक्रेनी सेनाको कब्जामा परेको खबर सुनेपछि उनले आइतबारदेखि आफूलाई सम्हाल्न सकेकी छैनन् । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीकी तिलकुमारी पुनका एक्ला छोरा कमल भनिने प्रतीक गत असार ७ मा १० लाख रुपैयाँ खर्चेर रुस पुगेका थिए । पछि उनी रुसी सेनामा भर्ती भएर युक्रेन विरुद्धको लडाइँमा होमिएका थिए ।

    Advertisement

    परिवारका अनुसार घर बनाउँदा, बुबाको उपचार गर्दा र विदेश यात्राको ३० लाखभन्दा बढी ऋणको भारी प्रतीकलाई सेनामा भर्ती हुने पृष्ठभूमि बन्यो । दुई महिनासम्म पढ्दै काम गर्दै गरेका उनले मासिक ५० हजार कमाइबाट ऋण तिर्न सम्भव देखेनन् । असोजतिर पढाइ छाडेर रुसी सेनामा भर्ती भए । ‘सेनामा भर्ती भए एक वर्षको २० लाख रुपैयाँ पाइने रैछ, त्यति भए ऋण घटाउन सजिलो होला भन्थ्यो,’ जेठी दिदी समीक्षाले भनिन्, ‘अरु नेपालीहरू पनि भर्ती भैरहेका छन्, म पनि हुनु पर्‍यो भनेर फोन गरेको थियो । त्यसपछि बीचमा कुरा भएन, एकैचोटि असोज १६ गते फोन गरेर म त भर्ती भइसकें भन्यो ।’

    पछिल्लो पटक मंसिर १६ गते बिहान १० बजेतिर प्रतीककी कान्छी बहिनी विपनासँग फोनमा कुरा भएको थियो । ‘घरमा के कस्तो छ, सबैलाई सञ्चै छ भनेर सोध्नुभएको थियो,’ विपनाले भनिन्, ‘हामी विभिन्न ठाउँमा जानुपर्छ । अब फेरि अर्को नयाँ ठाउँमा जाँदैछौं, अनलाइन अलि कम नै हुन्छ होला भन्नुभएको थियो ।’

    उक्त दिन राति १२ बजेतिर अब लामो समय अनलाइन आउन पाउँदैन भनेर विपनाको मोबाइलमा मेसेज आयो । त्यसपछि सम्पर्क हुन पाएन । आइतबार मात्रै मलेशियामा रहेका रोल्पाका एक आफन्तले विपनालाई तिम्रो दाइजस्तो देखिने व्यक्ति युक्रेनी सेनाको कब्जामा रहेको भिडियो आएको छ भनेर पठाए । युक्रेनी सेनाको कब्जामा परेका आफ्नै दाइ भएको थाहा भएपछि विपनाले आमा तिलकुमारीलाई सबै कुरा बताइन् । उक्त खबर पाएदेखि तिलकुमारीको होस उडेको छ । तारन्तार आफन्तहरूको फोन आइरहन्छ । खबर के हो भनेर सोध्छन् । ‘खै भाग्यले कता कता डोर्‍याउँछ । छोरो फर्कन्छ कि फर्कन्न थाहा छैन,’ उनी फोनमै भक्कानिन थाल्छिन्, ‘ऋण तिर्ने भनेर छोराले धेरै दुःख पायो, ऋण जेसुकै होला, अब छोरा फर्किए हुन्थ्यो ।’

    तिलकुमारीका श्रीमान् ताराको तीन वर्षसम्म मृर्गौलाको रोगबाट थलिएर गत वर्ष साउन १ मा मृत्यु भएको थियो । रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मगरगोरीबाट २०७२ मा दाङ झरेपछि तिलकुमारीले एकपछि अर्को दुःख खेप्न थालेकी थिइन् । श्रीमान्को उपचार, दाङमा जग्गा किनेर घर बनाउँदाको खर्च र छोराछोरीको पढाइ खर्चले उनको ऋण थपिंदै गएको थियो । यो सब दुःख देखेर प्रतीक १२ कक्षा पास गर्नेबित्तिकै विदेश जाने सुरसारमा लागेका थिए ।

    ‘सुरुमा पोर्चुगल जान्छु भनेर लाग्यो । सिधै पोर्चुगल जान नपाएपछि रुस हुँदै पोर्चुगल जान सजिलो हुन्छ भनेर गएको हो,’ उनले भनिन्, ‘त्यसपछि तीन जना साथीहरूसँगै रुस गएका हुन् । अरु साथीहरू अझै पनि अरु नै काम गरिरहेका छन् । मेरो छोरा ऋण तिर्न भन्दै सेना भएछ ।’

    सार्वजनिक भिडियोमा प्रतीकले आफू विद्यार्थी भिसामा रुस आएकामा एक एजेन्टमार्फत रुसी सेनामा भर्ती भएको र सेनामा भर्ती हुँदाका सम्झौताबारे आफूलाई केही पनि थाहा नभएको बताएका छन् । उनले धेरैलाई युद्ध सकिन्छ र कमाइ हुन्छ भन्ने लागेको तर रुस र युक्रेनमा त्यस्तो अवस्था नभएकाले यता नआउन उनले आह्वान पनि गरेका छन् ।

    सरकारले पहल गरेर छोरालाई घर फर्काउने वातावरण बनाइदिनुपर्ने आमा तिलकुमारीले बताइन् । ‘छोरा रहरले सेना भएको होइन । ऋणको चिन्ताले नेपाल बस्न सकेन । विदेश गएर पनि कसरी ऋण तिर्न सकिन्छ भन्ने भयो,’ उनले भनिन्, ‘ऋणैऋण सम्झेपछि पैसा कमाउने ठाउँ खोज्दै खतरा काममा लाग्यो । अहिले उसकै ज्यान खतरामा पर्‍यो । सरकारले मेरो छोरालाई छिट्टै घर फर्काइदिनुपर्‍यो ।’

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer