• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कसको मुठीमा छ कृषि अनुदान ?


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • विराटनगर। कृषि अनुदान लक्षित वर्गसम्म नपुगी पहुँचवालाको हालीमुहाली भएको निष्कर्ष निकाल्दै कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषिमा आधारित अनुदान मन्त्रालय र निर्देशनालयमार्फत वितरण नगर्ने भएकाे छ ।

    Advertisement

    मन्त्रालयका सूचना अधिकारी लिलाबल्लभ चापागाईंले गत आर्थिक वर्षमा १२ करोडभन्दा बढी रकम बीउविजन, उपकरण, कृषि पूर्वाधार विकास र उत्पादनमा अनुदान दिएको बताए । उक्त अनुदानकाे अधिकांश हिस्सा वास्तविक किसान भन्दा बाहिरका व्यक्तिले पाएको मन्त्रालयको ठहर छ ।

    मन्त्रालय स्रोतका अनुसार कृषि अनुदानका नाममा दलका नेता–कार्यकर्ताको हालीमुहाली भएको पुष्टि भएपछि मन्त्रालय र निर्देशनालयबाट वितरण हुँदै आएको अनुदान जिल्ला तहका कृषि ज्ञान केन्द्र, भेटेरेनरी तथा पशु सेवा केन्द्रमार्फत वितरण गर्ने तयारी गरेकाे हो ।

    यसअघि वितरण गरिएको अनुदान लिने वास्तविक किसान नभएको पुष्टि भएपछि मन्त्रालयबाट सञ्चालित सबै कार्यक्रम रोकेर जिल्लाका सम्बन्धित निकायलाई परिचालन गर्ने तयारी गरिएको चापागाईले बताए ।

    मन्त्रालयले हरेक वर्ष कृषि क्षेत्रको विकास र विस्तारका लागि कृषि उद्यमी, समूह, सहकारीलाई अनुदानका वाफत करोडौं रकम बाँड्दै आएको छ । ‘वास्तविक किसानसम्म रकम नपुग्दा हरेक वर्ष बाँडिने अनुदानबाट चित्त बुझ्दो प्रतिफल पाउन सकिएको छैन,’ चापागाईले भने, ‘अब मन्त्रालयले विनियोजन गरेको रकम जिल्लास्थित निकायबाटै वितरण गरिने भएको छ ।’

    कोशी प्रदेशमा तराई, पहाडी र हिमाली गरेर १४ जिल्ला छन् । विकट जिल्लाका कृषक र त्यससँग सम्बन्धित पक्ष पनि अनुदानकालागि निवेदन दिन र आवश्यक प्रक्रिया पूरा गर्न विराटनगर धाउनुपर्ने र त्यसरी धाए पनि अनुदान टाठाबाठाको हातमा परेर वास्तविक किसान बञ्चित हुँदै आएको गुनासो व्याप्त थियो ।

    चालु आर्थिक वर्षकालागि प्रदेश सरकारले किसानलाई अनुदान दिन १६ करोड ७७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । जिल्लानै तोकेर विनियोजन गरिएको रकम मध्ये दुग्ध उत्पादनका आधारमा झापाका लागि ५ करोड ५१ लाख, मोरङलाई २ करोड ७० लाख, धनकुटालाई २ करोड ६१ लाख, सुनसरीलाई ६२ लाख र पाँचथरका नाममा १५ लाख रुपैयाँ छ ।

    सेतो भटमास खेती बिस्तारका लागि ७५ प्रतिशत बीउ अनुदान दिन धनकुटालाई ८ लाख र ओखलढुंगालाई ५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा चियाको गुणस्तरीय हरियो पत्ती उत्पादनका आधारमा २ करोड ७० लाख विनियोजन गरिएको छ ।

    उदयपुरमा एक हजार लिटरको चिलिङ भ्याट जेनेरेटर सहायताकालागि ८ लाख ५० हजार, मिल्किङ पार्लर स्थापनाकालागि ७५ प्रतिशत अनुदानकालागि ५० लाख, मिल्किङ मेसिन अनुदानकालागि १२ लाख ५० हजार विनियोजन गरिएको छ ।

    त्यसैगरी झापामा माछापालन गर्ने किसानलाई सौर्य वोरिङ जडानमा अनुदान दिन ९ लाख, मोरङमा उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदानका नाममा ३९ लाख ८० हजार र सुनसरीमा पशुपन्छीमा हुने प्राकृतिक विपत्तिमा पीडित किसानलाई अनुदान दिने नाममा ६ लाख रुपैयाँ छुट्याइएको मन्त्रालयले जनाएको छ ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer