• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

सुन तस्करीमा कर्मचारीको पनि संलग्नता हुन सक्ने आशंका


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • काठमाडौं। मुलुकमा सुुचारु रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनदिनै जसो अबैध सुन भित्रन थालेको छ। यात्रुले शंकास्पद वस्तु ल्याएको छ-छैन भनेर चेकजाँच गर्ने एक्सरे मेसिन हुँदा हुँदै पनि सुन भित्रिन थालेको हो।

    Advertisement

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ दुुवै भएपनि तस्करले सुुन ओसार्न छाडेका छैनन्। त्यहाँ रहेका मेसिनमा पास भएर पटक-पटक तस्करीको भित्रन थालेको छ। जसले गर्दा विमानस्थलका कर्मचारीको मिलेमतोको आशंकासँगै मेसिनको प्रभावकारितामा पनि प्रश्न उठेको छ।

    शनिबार राति ११ः५१ मा फ्लाई दुबईको उडानबाट इजिप्टका नागरिक ३३ वर्षीय मोहम्मद लासिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे। अन्य यात्रुसँगै उनी विमानस्थलस्थित भन्सार कार्यालयको चेक पोइन्टमा पुगे।

    ‘एक्सरे मेसिन’अगाडि उभिए, चेकजाँचमा उनी पास भए। त्यसपछि सरासर ‘वाक थ्र गेट’तिर लागे। त्यहाँ पनि उनको शरीरमा शंकास्पद वस्तु रहेको रहेको कुनै संकेत दिएन। त्यसपछि उनले ल्याएको सुन बाहिरियो। तर प्रहरीले उनका साथबाट सुुन बरामद भयो।

    उनले लुकाएको अवस्थामा ६.५६५ केजी अर्धठोस अवस्थाको सुन फेला पर्‍यो। शुक्रबार राति फ्लाई दुबईको एफजेट ५७३ जहाजमा गोरखाका चन्द्र घलेले बोकेर ल्याएको १४ केजी सुन भने पूर्वसूचनाका आधारमा भन्सार कर्मचारीले नै बरामद गरेका थिए।

    गत २ साउनमा पनि विमानस्थल भन्सारको ‘चेक पोइन्ट’ पार गरेपछि मात्रै ६०.७१६ केजी सुन बरामद भयो। स्कुटर र मोटरसाइकलको ‘ब्रेकसु’भित्र लुकाइएको उक्त सुनलाई भन्सारमा राखिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले थाह पाएन।

    सोही तरिका अपनाएर दुई महिनाको अवधिमा सोही ‘चेक पोइन्ट’ हुँदै थप ३०२.०६२ केजी सुन पास भएको अनुसन्धानबाट खुल्यो। यति ठूलो परिमाणको सुन तस्करी हुँदा ती मेसिनले थाह पाएनन्।

    त्यसअघि गत पुस १० मा पनि फ्लाई दुबईको जहाजबाट झरेका चिनियाँ नागरिक ली हानसोङ ई-सिगरेट (विद्युतीय चुरोट) बोकेर भन्सार पास गर्ने क्रममा रोकिएका थिए तर उनले सुन ल्याएको आशंका भएको थिएन।

    त्यसको दुई दिनअघि ८ पुसमा अर्धठोस अवस्थाको १९ केजी सुन विमानस्थल भन्सारबाहिर बरामद भयो। फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा स्प्रे गरेर ल्याएका थिए।

    विमानस्थलमा रहेको एक्सरे मेसिन कमजोर भएको थाह पाएकैले सुुन तस्करी गर्न सहज भैरहेको स्रोतको दावी छ। नेपाल प्रहरीका डिआइजी अर्जुन चन्दले विमानस्थलको पाटोमा आफूहरुले ध्यान दिन नमिल्ने भएकाले भन्सार बाहिर आएपछि मात्रै सुन बरामद हुने गरेको बताउँछन्।

    कतिपय सन्दर्भमा भन्सार पास भएर आएपछि मात्रै सुन बरामद भएको उनको स्वीकारोक्ति छ। ‘शंकास्पद व्यक्तिबारे कतिपय अवस्थामा पूर्वसूचना आउने भएकाले प्रहरीले निगरानीमा राख्ने र खानतलासी गर्दा सुन भेटिएको छ’, डिआइजी चन्दले भने।

    भन्सार विभागका प्रमुख शोभाकान्त पौडेलले एक्सरे मेसिन अन्य देशको तुलनामा हाम्रो देशको केही कमजोर रहेको बताएका छन्। भन्सार विभागका महानिर्देशक पौडेल त्रिभुवन विमानस्थलमा जडित प्रविधि कमजोर भएको स्वीकार गर्दे खरिद गर्ने तयारी गरेको बताउछन्।

    ‘हाम्रो एक्सरे मेसिनले सुन डिटेक्ट नगर्ने कुरा साँचो हो। सुन तस्करहरूले लेपन लगाउनेदेखि अनेक विधिको प्रयोग गर्छन्, त्यसअनुसारको हाम्रो प्रविधि छैन,’ महानिर्देशक पौडेलले भने। उनका अनुसार अर्को एक्सरे मेसिन खरिद गर्ने तयारी भैरहेको छ।

     

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer