• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

बालबालिका रिसाउँदा कसरी फकाउने ?


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • बालबालिकाहरु प्राय: रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् ।

    Advertisement

    सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु रुने, कराउने, हातपात गर्ने, अग्लो ठाउँबाट हामफाल्ने जस्ता क्रियाकलाप गर्न पुग्छन् । जसलाई मेडिकल भाषामा यसलाई ट्यान्ट्रोम पनि भनिन्छ । तर यो सामान्य नै हो ।

    बालबालिकाले यसरी नै आफ्नो कुरा राख्न र व्यवहार गर्न सिकेका हुन्छन् । तर उमेर बढ्दै जाँदा पनि यस्तै व्यवहार जस्तै झनक्क रिसाउने, चित्त नबुझे जसलाई पिटिहाल्ने छ भने यसलाई अस्वस्थ व्यवहार भनिन्छ । यी लक्षण सामान्य नभई मानसिक रोगको कारणले पनि हुन सक्छ ।

    उमेर बढ्दै जाँदा पनि किन रिसाइरहन्छन् बालबालिका ?

    बालबालिका धेरै कारणले रिसाउने गर्छन् । त्यसमा मानसिक स्वास्थ्य पनि एक कारण हो । एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) कारणले पनि बालबालिका रिसाउने गर्छन् । यसका लक्षणहरूमा ध्यानकेन्द्रित गर्न नसक्ने, आवगेमा आउने, छिट्टै निर्णय लिने, कुरा दोहोर्‍याइरहने हुन्छ ।

    सेपेरेसन एन्जाइटीका कारण पनि बालबालिका रिसाउँछन् । जस्तै, स्कुलबाट घर फर्किने बेलामा रिसाउने, झर्किने, चिट्चिट हुने यसको लक्षण हो । आफ्ना आमाबुबासँग बिहान छुटेका उनीहरु स्कुल छुट्टी भएपछि भेट्न पाउने भएकाले उत्साहित हुन्छन् । त्यो उत्साह व्यक्त गर्न नजानेर उनीहरु रिसाउने, झर्किने गर्छन् ।

    पारिवारिक कलह, झैझगडा, आफ्नो इच्छा पूरा नहुँदा र स्कुलमा भएको बुलिङका कारण पनि उनीहरु आफ्नो भावना प्रष्टसँग बुझाउन नसक्दा रिसाउँछन् ।

    बालबालिकालाई फकाउने तरिका के त ?

    प्राय: बालबालिकामा स-साना कुरामा पनि रिसाउने, मन दुखाउने बानी हुन्छ । यस्तो बेलामा उनीहरुलाई गाली गर्ने, कुट्ने र हपार्ने गर्नुहुँदैन । यसले उनीहरूमा मानसिक रुपमा नराम्रो असर पार्न सक्छ । बरु धेरै रिसाउँछन् भने उनीहरूको भावना बुझ्ने प्रयास गर्नुपर्छ ।

    प्यारेन्ट म्यानेजमेन्ट टेक्निक (पीएमटी) लागू गरेर बालबालिकालाई फकाउन सकिन्छ ।

    सुरुमा उनीहरुलाई भावना प्रस्तुत गर्ने तरिका सिकाउने गर्नुपर्छ । रिस उठ्दा के कुरामा रिस उठेको हो लेखेर भन, रिस उठ्दा रातो कार्ड देखाउने, दुवै हात बाँधेर बस्ने नियम तयार पार्न सकिन्छ ।

    कुनै चीज मन पर्दैन भने रिस नदेखाइकन, लामो श्वास फेर्ने, आँखा चिम्म गर्ने, गीत गाउने गराउन सकिन्छ । जसले उनीहरुको रिस कम हुन मद्दत गर्छ ।

    उनीहरुलाई फकाउने भाषामा परिवर्तन ल्याउन सकिन्छ । जस्तै, रिसाएको छ भने किन रिसाएको, होमवर्क गर्‍यो कि गरेन ?, स्कुल जाने बेला भएन ? यसरी सोध्दा उनीहरु झन् रिसाउन सक्छन् । यसको साटो फरक किसिमको भाषाशैली प्रयोग गर्ने जस्तै बालबालिकालाई ‘आज म रिसाउँछु तिमी मलाई फकाउन ल’ भन्न सकिन्छ । यसले रिसाउँदा यसरी फकाउने रहेछ भनेर सिक्छ । रिस पनि कम हुन्छ ।

    त्यस्तै घरभित्र वा घरबाहिर खेल्न, घुमाउन लैजान सकिन्छ । जस्तै, बालुवामा खेल्न लगाउने, फुटबल खेल्ने, दौडाउने इत्यादि गराउन सकिन्छ । जसले उनीहरुको रिसाउने इनर्जी ‘रिलिज’ गर्न मद्दत गर्छ ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer