• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

मोटोपना बढाउने खानेकुरा


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । मोटोपना अहिले निकै गम्भीर समस्या बनेको छ । असन्तुलित जीवनशैली अनि खानपानका कारण तौल बढ्नु नौलो कुरा होइन । यसमाथि मधुमेह र उच्च रक्तचाप जस्ता रोगले पनि मोटोपना बढाउँछ ।

    Advertisement

    खानपिनमा अङ्कुश नलगाउने अनि आहार व्यवहारसम्बन्धी नियम नमान्ने गर्दा पछिल्लो समय धेरैको तौल बढिरहेको हो । उच्च क्यालोरी भएको खाना खाने तर व्यायाम गर्न अल्छी गर्दा पनि मोटोपनाको शिकार भइन्छ ।

    स्वास्थ्य विज्ञहरूका अनुसार केही वस्तु लगातार खाइरहँदा पनि मोटोपना बढ्न थाल्छ । आज हामी आवश्यकताभन्दा धेरै खाँदा खाँदा मोटोपना बढाउने पेय पदार्थ र खानेकुराबारे कुराकानी गर्नेछौँ ।

    प्याकेटमा आउने स्न्याक्सः
    चिप्स, क्रेकर र कुकीजलगायत प्याकेटमा आउने खानेकुरामा प्रशोधित कार्बोहाइड्रेट्स, अस्वस्थ फ्याट र एडेड सुगरको प्रयोग गरिएको हुन्छ । यी खानेकुरामा क्यालोरी निकै धेरै मात्रामा हुन्छ । यसलाई लगातार खाँदा बिस्तारै तौल बढ्न थाल्छ ।

    पेय पदार्थः
    सोडा, एनर्जी ड्रिङ्क र बजारमा पाइने केही फ्रुट जुसमा चिनी र क्यालोरीको मात्रा निकै धेरै हुन्छ । पोसिलो र शरीरलाई चाहिने विभिन्न तत्त्वहरूले भरपुर भनेर विज्ञापन गरिने यी पेयमा पोषक तत्त्व मरिसकेका हुन्छन् । यी पेय पदार्थ सेवन गर्दा तपाईं बिस्तारै मोटाउन थाल्नु हुन्छ । त्यसैले यी पेय पदार्थबाट सकेसम्म टाढै रहनु होला ।

    तारेको खानेकुरा:
    तेलमा तारेको खानेकुरा, फास्ट फूड अनि चिल्लो स्न्याक्समा अस्वस्थ फ्याट र क्यालोरीको मात्रा धेरै हुन्छ । यस्ता खानेकुरा लगातार खाँदा छिटो छिटो तौल बढ्न थाल्छ ।

    प्रशोधित अनि गुलिया चिज:
    धेरैजसो मानिसहरूलाई प्रशोधित अनि गुलियो खानेकुरा निकै मन पर्छ । यी सबै वस्तुमा एडेड सुगर, सोडियम र प्रिजर्भेटिभ्स र क्यालोरी निकै धेरै मात्रामा पाइन्छ । यस्ता खानेकुरा देखेर मन थाम्नै सक्दैनन् । तर यस्ता खानेकुरा लगातार खाइरहँदा मोटोपना बढ्छ ।

    कफीको सेवन:
    धेरैजसो कफी ड्रिङ्क्समा चिनी, क्रिम र हाई फ्याट मिल्क मिसाइएको हुन्छ । जसका कारण कफीको क्यालोरीको मात्रा ह्वात्तै बढ्छ । यी ड्रिङ्क्सको सेवनका कारण पनि तौल छिटो छिटो बढ्न थाल्छ ।(साभार)

     

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer