• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

घर र गोदाम सम्मै पुगेर जफत गरिने सुर्तीजन्य पदार्थ


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । हाललाई पूर्णरुूपमा निषेध गरी नियमनमा कडाइ गरिने महानगरले जनाएको छ ।

    Advertisement

    महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थको नियमनका लागि नगर प्रहरी, सादा पोसाकका प्रहरी र कर्मचारीसमेत तैनाथ गर्ने जनाएको छ ।

    कहाँ के बेच्न र प्रयोग गर्न पाइँदैन ?

    महानगर क्षेत्रभित्र कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ बिक्री, वितरण, भण्डारण र प्रयोग गर्न पाइने छैन । त्यसमा सुर्ती, खैनी, बिँडी, तम्बाखु, गुट्खा, पानपरागलगायत समेटिएको छ ।

    साथै सार्वजनिकस्थलको एकसय मिटर वरपर यस्ता पदार्थ प्रयोग गर्नसमेत पाइने छैन । मठ मन्दिर, विद्यालय क्षेत्रलगायतका सार्वजनिकस्थलको एकसय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र भण्डारणसमेत गर्न पाइने छैन ।

    यस्ता क्षेत्रमा खुलारूपमा (खिल्लीमा) चुरोट बिक्री वितरण र प्रयोग गर्न पाइने छैन । “महानगर क्षेत्रभित्र कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ बिक्री वितरण भण्डारण गर्न पाइएन र चुरोटको हकमा कहीँ कतै पनि खुला बिक्री गर्न नपाइने नियम बनाइएको हो,” महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने ।

    नगर प्रहरीले निगरानी गर्ने सादा पोसाकमा समेत प्रहरी खटिने

    सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा नियमन गर्न महानगरले नगर प्रहरीलाई ३२ वटै वडामा खटाउने भएको छ । भोलिदेखि नै महानगरका चारवटा दिशामा १०–१० जनाका दरले नगर प्रहरी खटाइने महानगर प्रवक्ता नवीन मानन्धरले बताए ।

    नियमविपरीत बिक्री वितरण भएको पाइए, पसल र गोदाम र भण्डारण गरिएका स्थानमा समेत छापा मारी कारबाही गरिने उनको भनाइ छ ।

    सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा उल्लेख भएबमोजिम स्थानीय सरकारको ऐनले प्रतिबन्ध लगाउन सक्ने व्यवस्थालाई टेकेर यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।

    सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा सार्वजनिक स्थलमा धूम्रपान वा सुर्तीजन्य पदार्थको प्रयोग गरेमा त्यस्ता व्यक्तिलाई सो स्थानबाट निकाल्ने, एकसय रुपैयाँ जरिवाना गर्ने वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

    त्यस्तै, धूम्रपान वा सुर्तीजन्य पदार्थको प्रयोग गरेमा त्यस्ता व्यक्ति सार्वजनिकस्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा उसलाई विभागीय कारबाही समेत हुने व्यवस्था छ ।

    नियमविपरीत सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगसम्बन्धी कार्य गरेको पाइएमा तत्का महानगरको हटलाइन नम्बर १८१०५०००६० वा ०१५९०१७६३, ०१५९०१७६४ मा सूचना उपलब्ध गराउन पनि महानगरले अनुरोध गरेको छ ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer