• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

नेवानिको एउटा जहाज १५ दिनदेखि ग्राउन्डेड,दैनिक करोड बढी घाटा


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीले १५ दिनदेखि एउटा न्यारोबडी विमान काठमाडौंमा ग्राउन्डेड हुँदा निगमले दैनिक कम्तीमा १ करोडका आधारमा झण्डै १५ करोड रुपैयाँ बराबरको व्यापार गुमाइसकेको छ । इजरायल–हमास युद्धका कारण निगमको यो जहाज मर्मत हुने अझै टुंगो नभइसकेको व्यवस्थापकहरूले बताएका छन् ।

    Advertisement

    निगमले आफ्ना दुइटा न्यारोबडी मर्मत गर्न इजरायलस्थित सैनिक र गैरसैनिक विमानहरू सम्बन्धित प्राविधिक सेवा दिने इजरायल एरोस्पेस इन्डिष्ट्रीज (आईएआई) सँग सम्झौता गरेकाले अहिले भइरहेको द्वन्द्वका कारण काठमाडौंमा ग्राउन्डेड न्यरोबडी विमान पुस २४ अघि मर्मत हुने सम्भावना न्यून रहेको एक इन्जिनियरले बताए ।

    ‘त्यहाँ मर्मत गर्न दिइएको जगेडा इन्जिन निगमले प्राप्त गर्ने मिति जनवरी ९ (२४ पुस) को खबर प्राप्त भएको छ,’ निगम स्रोतले भन्यो ।

    निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार, एउटा न्यारोबडी विमान दैनिक औसत १० घण्टा उड्ने गरेको छ । निगमको आर्थिक तथ्यांकअनुसार, यसले प्रतिउडान १० हजार डलर (१३ लाख रुपैयाँ हाराहारी) आम्दानी गर्ने गर्छ । यस हिसाबले निगम यो जहाज ग्राउन्डेड हुँदा दैनिक कम्तीमा १ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आइरहेको छ ।

    दैनिक व्यापारका अलावा निगमले यो जहाजको अर्कोपट्टी (बायाँ) इन्जिन इजरायलको त्यहीँ आईएआई कम्पनीमार्फत दैनिक कम्तीमा ३ लाख रुपैयाँ भाडामा ल्याएर राखेको छ । यो जहाज नउड्दा लाग्ने अर्को अतिरिक्त घाटा हो । इन्जिनको भाडाबापत निगमले तीन दिनमा ४५ लाख रुपैयाँ अतिरिक्त गुमाइसकेको छ ।

    निगमका कार्यकारी अध्यक्षको सचिवालय स्रोतका अनुसार, यो विमान मंसिर १३ गते बैंककबाट फर्केपछि इन्जिनियरले तीन साइकल (उडान र अवतरण गरी ६ पटकमात्रै) प्रयोग गर्न मिल्ने तर यात्रु सेवा उडान गर्न नमिल्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरिदिएका थिए ।

    यो जहाज ग्राउन्डेड भएयता निगमले दैनिक दिल्लीका लागि गर्ने दुई उडानलाई कटौती गर्दै दिउँसोको एउटामात्रै गर्दै आएको छ । अन्यत्रका उडान पनि कटौती गर्दा टिकट काटिसकेका सयौं यात्रुहरूको उडान अनिश्चित हुँदै आएको निगमको मुख्यालयमा रहेको टिकट बिक्री कक्षका एक अधिकारीले बताए ।

    काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न निगमसँग चारवटा जहाज छन् । यीमध्ये एउटा बिग्रिएर थन्किएपछि निगमले न्यारोबडी पठाउने गन्तव्यमा घाटा व्यहोर्दै वाइडबडी विमान पठाइरहेको छ । त्यस्तै न्यरोबडी उडान गर्ने दिल्ली, मुम्बई, बैंलोर, हङकङ, बैंककका उडान हचुवामा रद्द गर्ने, दुइटा उडान मर्ज गर्ने, कतिपय यात्रुलाई विदेशी वायुसेवामा पठाउने, कतिपयलाई होटलमा राखेर अर्को दिन उडाने गर्ने गरेको विमानस्थलस्थित यात्रुसेवा विभागका एक कर्मचारीले बताए ।

    ‘मुम्बई, बैंलोर जाने यात्रुलाई हाम्रै दिल्लीको उडानमा सिट खाली भएमा पठाइरहेका छौं,’ निगमका ती कर्मचारीले भने,‘हङकङ जानेलाई क्याथे लगायतका विदेशी जहाजबाट टिकट किनेर पठाउदै छौँ ।’

    इन्जिनियहरूले दुई साताअघि नेपाल वायुसेवा निगमको न्यरोबडी अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको दायाँ इन्जिनभित्र पाइप राखेर गरीने बोरस्कोप जाचँ गर्दा हाई प्रेसर टरबाइन ब्लेडमा खिया लागेको देखिएको थियो । त्यसैबेला यो जहाजले गर्ने दोहा लगायतका उडान रद्द भएका थिए । निगमको वाणिज्य विभागले त्यसैबेला कार्यकारी अध्यक्षसहित सबै सरोकार राख्ने विभागलाई इमेल लेखेर न्यारोबडी अल्फा किलो एक्सरे (लुम्बिनी) जहाज तीनपटक भन्दा बढी उडान गर्न नमिल्ने भएकाले तत्कालै मर्मत गराउनु पर्ने भनेको थियो ।

    ‘निगमको व्यवस्थापनले जहाज काठमाडौं विमानस्थलमा घाममा सुकाएर राखेको छ, भारतीय वायुसेवाले दैनिक ८/१२ उडान गरिरहेका छन्,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘जहाज थन्किएर यात्रुहरुका उडान लथालिङ्ग भइरहँदा हाम्रा पर्यटनमन्त्री सुदन किरातीको ध्यान फेसबुकबाट बाहिर पुग्ने सकेन । त्यहाँ जहाज ग्राउन्डेड हुँदा पनि दैनिक लाखौँ रुपैयाँ भाडा इन्जिनको  बुझाउनुपर्छ ।’

    नेपालभरका टिकट बिक्रेताहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले पछिल्लोपटक निगमका उडान ढिलाईमा भइरहेका घटनाप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘नाट्टाले निगमको उडान संस्था र गन्तव्य विस्तारमा सधै पहल गरिरहन्छ । तर, पछिल्लोपटक निगम भएको विश्वसनियता पनि गुमाउँदै गइरहेको छ । अरु वायुसेवामा सयस्या आए/नआएको थाहै हुँदैन । उडान रद्ध गर्ने, गन्तव्यमा नपुग्ने, यात्रुहरू अलपत्र पार्नेमा निगमको जति गुनासो अरु वायुसेवाको सुनिएको छैन ।’ उनले यसबारे सरकार, पर्यटनमन्त्री सुदन किरातीको ध्यान नपुगेको गुनासो गरे ।

    निगम प्रवक्ता रमेश पौडेलले ग्राउन्डेड जहाज मर्मत गर्न विदेशी एमआरओ छनौटको काम भइरहेको बताए । ‘जहाज मर्मत गर्न द्वन्द्वग्रस्त क्षेत्र लैजानु पर्ने छ । एमआरओ छनौट हुँदैछ,’ उनले भने ।

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer