• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी, ३ महिनामा पासवर्ड परिवर्तन गर्नुस्: प्रहरी


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ ।

    Advertisement

    पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी बढेको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले रातोपाटीलाई बताए । उनले भने–‘ह्याकिङ सम्बन्धी उजुरी बढेको छ ।’ आजभोलि दैनिक ५० वटा फेसबुक ह्याक सम्बन्धी उजुरी ब्युरोमा दर्ता हुने गरेको छ ।

    प्रयोगकर्ताले फेसबुक अकाउन्ट खोलेर पासवर्ड बिर्सिने र रिकभरी गर्नका लागी आवश्यक इमेल आइडी पनि बिर्सिने समस्याका कारण ह्याकका घटना बढिरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    यस वर्ष साउनदेखि अहिलेसम्म ब्युरोमा ३ हजार ७८५ वटा फेसबुक ह्याक भएका उजुरी दर्ता भएका छन् । उजुरी दर्तापछि अनुसन्धान गरिने एसपी रायले जानकारी दिए । उनले भने–‘ टेक्निकल्ली अनुसन्धान गर्छौ, अनुसन्धानका लागी सेवा प्रदायक कम्पनीसँग पनि समन्वय गर्छौँ ।’

    फेसबुक ह्याक हुनबाट रोक्न कम्तीमा ३ महिनामा पासवर्ड परिवर्तन गर्न एसपी रायले सुझाव दिएका छन् । एसपी राय भन्छन्–‘३ महिनामा पासवर्ड चेन्ज गर्नुस् ।

    मङ्सिर १३ मा पर्साका एसपी कोमलबिक्रम शाहको फेसबुक ह्याक भयो । लामो प्रयासपछि ब्युरोले उनको आइडी रिकभर गराएको छ । कर्मचारी, राजनीतिक दलका नेताहरू र अन्य सामाजिक प्रतिष्ठा आर्जन गरेकाहरूको फेसबुक ह्याक भएको उजुरी दैनिक आउने गरेको छ । पछिल्लो दुई सातायता त्यस्ता उजुरी अत्यधिक बढेको एसपी रायले जानकारी दिए ।

    ह्याकरविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को परिच्छेद–९ अनुसार ब्युरोले मुद्दा चलाउने गरेको छ । तर, अधिकांश ह्याकरहरू भियतनाम लगायतमा देशमा बस्ने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

    सामाजिक सञ्जालबारे कानुन नहुँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    ब्युरोमा साउन यता १२ वटा प्राइभेसी सम्बन्धी उजुरी दर्ता भएको छ । एक जनाको फोटो वा भिडियो धेरै मानिसहरूलाई पठाएको घटनामा प्रहरीले ‘प्राइभेसी’ भङ्ग गरेको कसुरमा कारबाही गर्ने गरेको छ । ह्वाट्स एपमा सम्पर्क गरेर नाङ्गो बन्न आग्रह गर्ने र भिडियो बनाएर बार्गेनिङ गर्ने घटना पनि ब्युरोमा अनुसन्धान गरिरहेको छ । त्यस्तो घटनालाई प्रहरीले ‘सेक्सर्सन’ भनेको छ । २०८० साउन पछि ६६ वटा सेक्सर्सनका घटना दर्ता भएका छन् ।

    पछिल्लो ५ महिनामा सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिने ‘हेट स्पिच’ का घटना २२६ वटा दर्ता भएका छन् । हेट स्पिचमा संलग्नहरूलाई विद्युतीय कारोबार ऐन–२०६३ को दफा–४७ अनुसार कारबाही गर्ने गरिएको एसपी रायले जानकारी दिए ।

     

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer