• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पशुपतिनाथको धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । आराध्यदेव शुपतिनाथका नाममा धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ ।

    Advertisement

    पशुपति क्षेत्र विकास कोषले पशुपति हिन्दु विश्वविद्यलय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा श्री पशुपति हिन्दु विश्विद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरुङले नेपाल सरकारको अनुदान नलिई धर्मभकारी थापेर भगवान् भोलेनाथले वर्षाउनुहुने स्रोतले नै विश्विद्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

    कोषले गठन गरेको समितिले शिवसङ्कल्पका आधारमा विश्विद्यालय स्थापना हुने गरी तयारी गरिएको जानकारी सो गराइएको हो ।
    “पशुपति र हिन्दु दुई शब्दले विश्वमा नेपालको आकर्षण बढाउँछ, विश्वका हिन्दु नेपाल आउने वातावरण बन्छ, यसले नेपालको शिर उच्च बनाउँछ, गोठाटारमा रहेको कोषको जग्गाको ईशान कोणमा विश्वविद्यालय बनाउने गरी अध्ययन भएको छ”–उहाँले भन्नुभयो ।

    समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नेपालका संस्कृतिपरक दर्शनको अध्ययन अनुसन्धान गर्ने गरी विश्वविद्यालय स्थापना हुने बताउनुभयो । मानवमात्रको विश्वविद्यालय बनाउनेगरी कानुनको मस्यौदा भइरहेको उहाँले जानकारी दिनुभयो ।

    विश्विद्यालयलाई राजनीतिक छायाका रुपमा नभई स्वतन्त्र प्राज्ञिक संस्थाका रुपमा स्थापित गर्ने समितिले गृहकार्य गरेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।

    कोषका सदस्य सचिव राजुकुमार केसीले पशुपतिका नाममा स्थापना हुने विश्वविद्यालयलाई गोठाटारमा रहेको जग्गाबाट ठाउँ दिने व्यवस्था गुरुयोजनामा गरिएको जानकारी गराउनुभयो । सांस्कृतिक अध्ययन अनुसन्धानको नमूनास्थलका रुपमा विश्वविद्यालयलाई अघि बढाइने उहाँको प्रतिबद्धता थियो ।

    कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पछिल्लो समय पशुपतिनाथलाई सहयोग गर्ने भन्दा माग्नेको सङ्ख्या बढिरहेको बताउनुहुँदै विश्वविद्यालयका लागि भने सहयोग जुटाउन काम गरिने जानकारी गराउनुभयो । ८२ प्रतिशत हिन्दु रहेको देशमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना गर्दा देशको गौरव बढ्ने उहाँको भनाइ थियो ।

    कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले विश्वविद्यालयले कसैलाई सम्बन्धन नदिने गरी यसको स्वरुप निर्धारण गर्न लागिएको जानकारी गराउनुभयो । कोषले गठन गरेको कार्यदलले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएपछि विश्वविद्यालय स्थापनाका लागि समिति गठन गरिएको उहाँले बताउनुभयो ।

    कार्यदलले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अध्ययन गरी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक खतिवडाले गराउनुभयो ।

    शिक्षा मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer