• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

नेपालले पठायो रोजगार गन्तव्यलाई ५ सन्देश


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । झन्डै १५ लाख नेपालीलाई रोजगारी दिइरहेका खाडी मुलुकलाई सिपयुक्त जनशक्तिको उत्पादन, उत्पादकत्व वृद्धि गर्न श्रम बजारलाई व्यवस्थित गर्ने, श्रमिक र तिनका परिवारको हित।को रक्षा गर्न सामाजिक सुरक्षा प्रदान गर्ने लगायत विषयमा जोड दिन नेपालले आग्रह गरेको छ ।

    Advertisement

    साउदी अरबको राजधानी रियादमा आयोजित विश्व श्रम बजार सम्मेलन (जिएलएमसी) मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम जनशक्तिको उचित व्यवस्थापनका लागि ती पाँच वटा विषयमा आफ्नो धारणा राखेका हुन् ।

    नेपालीको प्रमुख गन्तब्य रहेका साउदी, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमनका श्रममन्त्रीहरु रहेको सम्मेलनमा भण्डारीले बजारको बद्लिँदो मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न निकै आवश्यक रहेको वताए । खाडी देशले नेपालबाट अदक्ष जनशक्ति लगिरहेको छ । नेपाली श्रमिकले उपयुक्त सीप नपाउदा न्युन तलव पाउन बाध्य छन् । अदक्ष जनशक्तिलाई सिपयुक्त बनाउन रोजगारदाताले लगानी गरेका छैनन् । नेपालले सिपयुक्त जनशक्ति उत्पादन गर्नको लागि प्रमुख गन्तव्य देशहरुलाई लगानी गर्न बारम्बार अनुरोध गर्दै आइरहेको छ ।

    श्रममन्त्री भण्डारीको दोस्रो सन्देश श्रम बजार सूचना प्रणालीको स्थापनामा जोड छ । खाडीमा कार्यरत नेपालीले उचित सुचना नपाउँदा आफ्नो सिप र योग्यतासम्बन्धी उपयुक्त रोजगारी पाउनबाट वञ्चित छन् । ‘हामी श्रम बजार सूचना प्रणालीको स्थापना गर्न पैरवी गरिरहेका छौं । यो प्रणालीले श्रम बजारलाई गतिशिलता दिन उचित समयमा तथ्यांक (सूचना) प्रदान गर्छ । यसले रोजगारदाता र श्रमिकलाई उचित निर्णय लिन सक्षम बनाउँदछ’, उनले भने, ‘यस्तो सूचनाले आर्थिक परिदृश्यलाई सहजै रुपमा परिवर्तन गर्न सघाउ पुर्‍याउँछ ।’

    श्रममन्त्री भण्डारीले खाडीका सरकारहरुलाई लचिलो श्रम नीति अपनाउन आवश्यक रहेको सुझाव दिए । ‘हामी लचिलो श्रम नीतिको शक्तिमा विश्वास गर्छौ । अनुकूलताको आवश्यकतालाई पहिचान गर्छौं । हामी हाम्रो श्रम नीतिलाई चुस्त बनाउन पुनर्विचार गर्छौं’, उनले भने । खाडीले सरकारले लिएका श्रम नीतिहरु अझै लचिलो भइसकेको छैन । नेपाली श्रमिकसहित आप्रवासी श्रमिकले आफूले चाहेको रोजगारदाता छनोट गर्न निकै कठिन छ । करार पत्र समाप्त भइसकेपछि रोजगारदाताको अनुमति नभएसम्म मुलुक छोड्न वा आफूलाई मन पर्ने रोजगारदातासँग गएर काम गर्न कठिन छ ।

    श्रममन्त्री भण्डारीको चौथो सन्देश सहकार्य र सामाजिक संवादमा जोड थियो । उनले सरकार, रोजगारदाता, श्रमिकबीच विश्वासको वातावरण बनाई आपसी सहकार्य भएमात्रै उत्पादकत्व बढ्नुको साथै औद्योगिक सम्बन्धमा हार्दिकता आउने बताए । खाडीमा अझै श्रमिकलाई सौदाबाजी गर्ने अधिकार छैन । जसले गर्दा श्रमिकहरु बाध्यकारी श्रम गर्न बाध्य छन् । रोजगारदाता र श्रमिकवीच समधुर सम्बन्ध स्थापित हुन सकेको छैन ।

    श्रममन्त्री भण्डारीले श्रमिक र परिवारको सुरक्षाको लागि सामाजिक सुरक्षामा जानुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरे । खाडीका देशहरुले नेपालसहित आप्रवासी श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरेको छैन । कार्यस्थलमा पेसागत सुरक्षा, स्वास्थकर बसाइ, खाना र उचित औषधि उपचारको अभावमा खाडीमा वर्षमा कम्तीमा ८ सय नेपालीको ज्यान गइरहेको छ । श्रमिकको सामाजिक सुरक्षा नहुदाँ परिवारहरु बिचल्ली हुनुपरेको छ । ‘हामीले सामाजिक सुरक्षाका लागि नवीन विकल्पहरू खोज्नुपर्छ । बलियो सामाजिक सुरक्षा स्थापना गर्नुपर्छ । हरेक परिवारलाई सहयोग गर्ने सुनिश्चित हुनुपर्छ’, उनको भनाइ थियो ।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer