• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राति मोबाइल चलाउनु हुन्छ ? देखिन्छन् यस्ता समस्या


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । आजभोलि स्मार्टफोन नचलाईकन कसैको पनि दिन कट्दैन । अवस्था यस्तो छ कि राति सुत्ने बेलामा पनि धेरैजसो मानिसहरू फोनमै टाँसिएर बसिरहेका हुन्छन् । तर यस्तो गर्नु स्वास्थ्यको लागि राम्रो होइन । विशेषगरी राति सुत्ने बेलामा स्मार्टफोन प्रयोग गर्नबाट सकेसम्म आफूलाई जोगाउनु होस् ।

    Advertisement

    स्मार्टफोनबाट ब्लु लाइट (निलो प्रकाश) निस्किन्छ । यसले शरीरको सर्काडियन रिदममा अवरोध उत्पन्न गराएर मेलाटोनिनको उत्पादनमा दबाब सृजना गर्न सक्छ । मेलाटोनिन निद्रालाई नियमन गर्ने हर्मोन हो । सुत्ने बेलामा ब्लु लाइटको एक्सपोजरले निद्रामा बाधा पुर्‍याउँछ र निद्राको स्तरमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

    सुत्नु अघि स्मार्टफोनको प्रयोगका कारण दिमाग सक्रिय भइरहन्छ र सुत्न समस्या हुन थाल्छ । तपाईँले फोनमा इमेल चेक गरिरहनु भएको छ वा सामाजिक सञ्जाल चलाइराख्नु भएको छ वा गेम खेलिरहनु भएको छ भने यस्तोमा तपाईँको दिमाग सक्रिय भइरहन्छ । रिल्याक्स भएर सुत्नमा समस्या हुन सक्छ ।

    बढ्न सक्छ तनाव:

    सुत्नुअघि फोनमा झुन्डिरहँदा प्रयोगकर्ताको तनावको स्तर बढ्न सक्छ । विशेषगरी सामाजिक सञ्जालमा कसैसँग कुरा गरिरहनु भएको छ वा कुनै नकारात्मक कन्टेन्ट हेरिरहनु भएको छ भने यसले तपाईँको तनावको स्तर बढाउन सक्छ । एङ्गजाइटी गराउन सक्छ ।

    आँखाको समस्या:

    तपाई लामो समयसम्म फोन चलाउनु हुन्छ । खास गरी सुत्नुअघि अलि कम उज्यालो वा अँध्यारोमा मोबाइल चलाउनु हुन्छ भने स्क्रिन र आसपासको कन्ट्राष्टलाई एड्जष्ट गर्न आँखाले सामान्य भन्दा धेरै मेहनत गर्नुपर्छ । अँध्यारोमा ढिलासम्म स्मार्टफोन चलाउँदा आँखा सुख्खा हुने, चिलाउने, पोल्ने जस्ता अनेकौँ समस्या निम्तन सक्छ ।

    निद्रा नलाग्ने समस्या:

    ओछ्यानमा स्मार्टफोनको प्रयोगले अनिद्राको खतरा बढ्छ । फोनमा एकपछि अर्को गर्दै फरक–फरक खालको जानकारी हेरिरहँदा दिमाग शान्त हुन पाउँदैन । यस्तोमा निद्रा नआउने समस्या बढ्न थाल्छ ।

    स्लिप हाइजिनलाई राम्रो बनाउन विज्ञहरुले सामान्यतः किताब पढ्न, मनतातो पानीले नुहाउन वा रिल्याक्सेशनका तरिका अपनाउने जस्ता गतिविधिमा संलग्न हुन सुझाव दिने गरेका छन् ।

     

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer