• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २१, २०८३
☰
आइतबार, भदौ २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

कठै! वीर अस्पताल, सामान्य ल्याव परीक्षण पनि गर्न नसक्ने अवस्थामा


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • काठमाडौं । वीर अस्पतालमा पछिल्लो समय सामान्यदेखि महत्त्वपूर्ण ल्याब परीक्षण सेवा प्रभावित भएका छन् । दैनिक अत्यावश्यकीय सामग्री अभावको असर अस्पतालको सरसफाइदेखि ल्याब सेवासम्म परेको छ । ओपीडीमा बाँडिने टिकटदेखि बिरामीलाई लगाइने अक्सिजनसम्म अभाव हुने अवस्था अवस्था वीरमा देखिएको छ ।

    Advertisement

    सामान्यदेखि अत्यावश्यकीय ल्याब सेवा बन्द हुने अवस्थामा

    शल्यक्रियाअघि गरिने महत्त्वपूर्ण परीक्षण पीटीआईएनआर वीरमा १० दिन बन्द रह्यो । बुधबार र बिहीबार अस्पतालमा रगतको सीबीसी परीक्षण पनि बन्द रह्यो । केही दिनका लागि पुग्ने रिएजेन्ट ल्याइएपछि बिहीबारबाट यी दुई परीक्षण पुनः सुचारु गरिएको प्रयोगशालाका एक कर्मचारीले बताए ।

    तर, रिएजेन्ट पर्याप्त नहुँदा रगतसम्बन्धी विभिन्न परीक्षणहरू फेरी रोकिने अवस्थामा पुगेको छ । “दुई तीनवटा रिएजेन्ट ल्याइएको छ । तर, पर्याप्त छैन । यही अवस्था हो भने अबको केही दिनमा सबै परीक्षण बन्द गर्नुपर्ने अवस्था आउँछ,” ती कर्मचारीले भने । अस्पतालमा रगतको सामान्य परीक्षणसमेत नभएपछि बिरामी ट्रमा र नजिकका अन्य अस्पताल पठाउनुपरेको ती कर्मचारीले सुनाए । वीरमा दैनिक करिब तीन हजार बिरामी आउने गरेकोमा सात सयदेखि आठसय जनाको ल्याब परीक्षण गर्नुपर्ने हुन्छ ।

    जनरल र मेडिकल सामग्रीको चरम अभाव

    एक महिनाअघि वीरमा एक्सरे र एमआरआईका लागि फिल्म अभाव भएको थियो । केही समयका लागि जोहो भए पनि अहिले पुनः फिल्म सकिन लागेको स्टोरका एक कर्मचारीले बताए । “आयातकर्ताले थप सामान ल्याएका छैनन् । सीटी स्क्यान र एक्सरेमा प्रयोग हुने फिल्म अब एक सातालाई मात्रै बाँकी छ, नयाँ टेन्डर भएको छैन,” उनले भने । ल्याबमा नै प्रयोग हुने बार कोडसमेत अभाव हुने अवस्था आएको छ । अस्पतालमा सफाइ सामग्रीको अभाव हुँदा वार्डहरू पानीले मात्रै सफाइ गरिरहेको एक सफाइ कर्मचारीले बताइन् । जनरलतर्फ मंसिर महिनामा कुनै सामान निकासा गरिएको छैन ।

    ओपीडी टिकट र अक्सिजन समेत अभाव हुने अवस्थामा

    वीरमा पछिल्लो समय ओपीडीमा आउने बिरामीलाई काटिने टिकटसमेत अभाव हुने अवस्था आएको छ । अस्पतालले विशेष र सामान्य गरी दुईखाले टिकट प्रदान गर्दै आएको छ । वार्षिक पाँचदेखि सात लाख थान ओपीडी टिकट चाहिने भए पनि चालु आर्थिक वर्षमा खरिदका लागि ढिलो टेन्डर आह्वान हुँदा टिकट अभाव हुने अवस्था आएको जनरल स्टोरका एक कर्मचारी बताउँछन् । टिकट छपाइका लागि मंसिर २४ गते टेन्डर आह्वान गरिएको छ । नयाँ टिकट खरिदका लागि गत आर्थिक वर्षको असारदेखि नै माग गरिए पनि हालसम्म नयाँ खरिद हुन सकेको छैन । अब एक–दुई दिनलाई पुग्ने टिकट मात्रै स्टक रहेको स्टोरका कर्मचारी बताउँछन् ।

    आयातकर्ताको ठूलो रकम भुक्तानी गर्न नसक्दा रोकियो सामान

    स्रोत सुनिश्चित नभएको भन्दै अस्पतालले नयाँ टेन्डर खुलाएको छैन । जनरल र मेडिकल सामग्री आयतकर्ताले गत वर्षकै बक्यौता रहेको भन्दै थप सामग्री ल्याउन मानिरहेका छैनन् । नियमित बजेट साउनमा अउनुपर्ने भए पनि आउन ढिलाइ भएकाले टेन्डर नै अवरोध भएको र सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका प्रशासन प्रमुख बाबुराम घिमिरे बताउँछन् । स्रोत सुनिश्चित नभएकै कारण थप टेन्डर आह्वान गर्न नसिकएको उनको भनाइ छ । आयातकर्तालाई गत वर्षकै बक्यौता रकम १५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अस्पताल प्रशासनका एक अधिकारीले जानकारी दिए । “सप्लायर्सको ठूलो रकम भुक्तानी गर्न बाँकी छ, पुरानो भुक्तानी मागिरहेका छन्, दिन सकिएको छैन । जेनतेन काम चलाइरहेका छौँ,” ती अधिकारीले भने । घट्दो आय, बढ्दो आर्थिक भारले अस्पताल मारमा घट्दो सरकारी अनुदान र बढ्दो खर्चले पनि वीर अस्पताललाई चरम आर्थिक संकटमा धकेलेको छ । अस्पताल प्रशासनका अनुसार सरकारबाट गत आर्थिक वर्षमा २६ करोड रुपैयाँ अनुदान दिइएकोमा चालु आर्थिक वर्षमा यो रकम एक करोड १६ लाख रुपैयाँमा सीमित भयो । नियमित अस्पताल सञ्चालनका लागि गत वर्ष एक अर्ब ४३ करोड रुपैयाँ छुट्याइएकोमा चालु आर्थिक वर्षमा यो रकम ७३ करोडमा झारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

    अस्पतालको आन्तरिक आय गत वर्ष ६३ करोड रुपैयाँ रहेको तथ्यांक छ । अस्पतालको ७० प्रतिशत खर्च कर्मचारी व्यवस्थापनमा हुने गरेको छ । अस्पतालका जनरल बेड निःशुल्क गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको घोषणाले पनि अस्पताललाई आर्थिक भार थपिएको कर्मचारीहरू बताउँछन् । अस्पतालका सबै जनरल बेड निःशुल्क गर्दा सर्जिकल भवनमा थपिएका सबै बेड सञ्चालनमा ल्याउन नसकिएको कर्मचारी बताउँछन् । सर्जिकल भवनमा थपिएकासमेत गरी ९०६ बेड सञ्चालन क्षमता भए पनि हाल वीरमा ७०० बेड मात्रै चलिरहेका छन् । वीरमा बिरामीले जनरल बेडबापत दैनिक दुईसय रुपैयाँ शुल्क तिर्दै आएका थिए ।

    कोभिडकालमा नियुक्त गरिएका २२४ जना नर्स तथा चिकित्सक गत असोज २१ गते हटाउने निर्णय गरेका मन्त्री बस्नेतले ६९ जना कर्मचारी अस्पतालकै मातहतमा थप्न निर्देशन दिए । ती कर्मचारीको पारिश्रमिकको व्यवस्था चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले गर्नुपर्ने छ । यसले वीरलाई थप आर्थिक भार परेको छ । त्यतिमात्र नभई बिदाइ गरिएका २२४ जना कर्मचारीको तलब रकम अस्पतालकै शोधभर्नाबाट दिनु भनी मन्त्रालयले पत्राचार गरेको थियो । तर, सोबापत्‌को रकम अहिलेसम्म अस्पतालको खातामा नआएको लेखा शाखाका कर्मचारी बताउँछन् ।

    समस्या समाधानको पहल गरिरहेका छौँ : निमित्त निर्देशक

    अस्पतालका सेवा प्रभावित हुनुमा आर्थिक अभाव नै मुख्य कारण रहेको अस्पतालका निमित्त निर्देशक डा. श्रवण कुमार थापा बताउँछन् । “केही केही सेवा प्रभावित भएको हो । तर, बन्द हुने अवस्था आएको छैन । यसको पछाडि आर्थिक कारण नै मुख्य हो, बजेट व्यवस्थापन र नयाँ खरिदका लागि सक्दो पहल गर्दै छौँ,” डा. थापा भन्छन्

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer