अछाम । प्रभा धम्कोट माध्यमिक विद्यालयका शिक्षक रतनराज रेग्मी क्यान्सरबाट पिडित छन् । उनी अछामको प्रभा धम्कोट माध्यमिक विद्यालयका लामो समय देखी पढाउछन् । हाल उनी चितवनको क्यान्सर अस्पतालमा उपचाररत छन् । आफ्ना गुरुको मायाले, गुरु चाडैं निको भएर विद्यालय फर्किन सक्नुहोस् भन्ने कामना गर्दै उक्त विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको रकम करिब साढे ११ हजार रुपैयाँ शिक्षकको लागि सहयोग जुटाएका छन् ।
Advertisement
शिक्षक हुन भन्दा असल शिक्षक हुन निक्कै गाह्रो छ । असल शिक्षकले असल विद्यार्थी उत्पादन गर्छ । असल विद्यार्थी ति हुन, जसले समाजका लागी काम गर्छन् । यस्तै असल र सामाजीक वनेका छन्, प्रभा धम्कोट माध्यमिक विद्यालय अछामका विद्यार्थीहरु ।




