• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कानून बनाउनेले नै यसरी उडाउछन् कानूनको धज्जी : संघीय संसद्का कार्यवाहक महासचिवको नागरिकता


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । पद्मप्रसाद पाण्डेयको नागरिकतामा ६ वर्ष उमेर घटाएर १० वर्ष प्रयोग गरेपछि पुनः पुरानै कायम गरेको पाइएको छ ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् प्राप्त टिप्पणी र आदेशअनुसार उनको पहिलो नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते कायम गरिएको छ । तर, पछि उनले २०६६ साल भदौ ८ गते पाल्पाबाटै लिएको अर्को नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते रहेको उल्लेख गरिएको छ ।

    पछिल्लो नागरिकता उनले १० वर्षसम्म कायमै राखे । त्यसबीचमा उनले लिने तालिम, भ्रमणलगायतका काम गरेको स्रोतले जानकारी दिएको छ । १० वर्षपछि फेरि उनले पुरानै नागरिकता कायम गराए ।

    “यो नागरिकता प्रतिलिपि भनेर माग गरिए पनि यसमा केही गडबडी भएको हामीलाई आशंका लागेको छ,” जिल्ला प्रशासन कार्यालय पाल्पाका एक अधिकृतले भने, “उहाँले उक्त नागरिकता प्रयोग गरी लिएको अनुचित लाभबारे सरोकारवाला निकायले अनुसन्धान गर्नुपर्ने देखिन्छ ।”

    उनले आफ्नो नागरिकता पुरानै कायम गरिपाऊँ भनी नयाँ नागरिकता लिएको नौ वर्षपछि निवेदन दिएका थिए । तर, त्यसबेला जिल्ला प्रशासन कार्यालय पाल्पाले करिब ६ महिनासम्म उनको निवेदन रोकेर राखेको पाइएको छ ।

    २०६६ भदौ ८ गते नयाँ नागरिकता लिएका पाण्डेले २०७५ फागुन ३० गतेमात्रै निवेदन दिएको जिल्ला प्रशासन कार्यालय पाल्पाको रेकर्डमा उल्लेख छ । पछि २०७६ भदौ २३ गते प्रशासकीय अधिकृत रमा श्रेष्ठको हस्ताक्षरमा पुरानो नागरिकता प्रमाणपत्र रद्द गरेर नयाँ कायम गरेको देखिएको छ ।

    २०७५ फागुनमा निवेदन दिए पनि पाण्डेयले २०७६ भदौ २३ गते पुरानै नागरिकता कायम गरेका छन् । उनले पुरानै नम्बरको नागरिकता कायम गरेका हुन् । उक्त १० वर्षको अवधिमा उनले छ वर्ष उमेर घटाइएको नागरिकता प्रयोग गरेका थिए ।

    जिल्ला प्रशासन कार्यालय पाल्पाले तत्कालीन द्वन्द्वका क्रममा प्रशासन कार्यालयमा रहेका सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कारणले कुनै पनि अभिलेख नरहेको र दुवै सक्कली नागरिकताको प्रमाणपत्रसहित भुलवश विवरण फरक परेको भनी निवेदकबाट निवेदन प्राप्त भएकाले २०६६ भदौ ८ गते जारी भएको नागरिकता खारेज गरेर पुरानै कायम गरिएको उल्लेख गरेको छ ।

    उनले लिएका दुवै नागरिकता नम्बर पनि फरक फरक रहेका थिए । पहिलोपल्ट लिएको नागरितामा उनको नागरिकता प्रमाणपत्र नम्बर ३५ रहेको छ भने पछिल्लोपल्ट लिएको नागरिकतामा ३९१०११/१५५ उल्लेख गरिएको छ ।

    यस विषयमा बाह्रखरीले राखेको जिज्ञासामा पाण्डेयले ‘बाई मिस्टेक’ नागरिकतामा जन्ममिति फरक परेको बताए । उनले आफ्नो नागरिकता हराएको र पछि कोठा सर्दा पुरानै नागरिकता भेटिएकाले सोही कायम गरिएको बताए ।

    “हो, मेरो नागरिकता हराएकै हो । बीचमा निकाल्न जाँदा बाई मिस्टेक गाविसको सिफारिसमा गलत तथ्य परेछ । म यता जागिर खान्थेँ । अंकललाई सिफारिस ल्याउन पठाएँ । उहाँले नै सिफारिस पेस गरिदिनिुभएछ । नागरिकता निकाल्दाखेरी जन्ममिति फरक परेछ । पछि कोठा सर्दा मेरो पुरानो नागरिकता पनि भेटियो । मैले भेटिएको र पुरानोसमेत रियालिटी बताएर लगेर प्रशासनमा बुझाएँ । सबै बुझाएपछि जिल्ला प्रशासनले कुरा बुझेपछि ठिकै रहेछ भनेर दुवै नागरिकता राख्यो । अनि मलाई नयाँ नागरिकता दियो । जिल्ला प्रशासनले सबै बुझ्यो, पुरानो रद्द गर्‍यो । अनि मलाई पुरानै नागरिकता दिइयो । अहिले तपाईं जिल्ला प्रशासनमा गएर पनि रेकर्ड हेर्न सक्नुहुन्छ ।”

    संघीय संसद्का महासचिव डा. भरत गौतमले पदबाट राजीनामा दिएपछि पाण्डेयलाई कार्यवाहक महासचिव तोकिएको छ । अहिले राष्ट्रपति कार्यालयले उनलाई नियुक्ति नदिँदा संसद् र राष्ट्रिपति कार्यालयबीच मनमुटाव सिर्जना भएको छ ।

    उनै पाण्डेयलाई महासचिव नबनाइए आफू अदालत जाने चेतावनी सभामुख देवराज घिमिरेले दिएका छन् ।

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer